१९ माघ २०८१, शनिबार

राष्ट्रिय

रकम दियर पन्छाउने हाेईन , उत्पादनशील क्षेत्रमा जोडिदेऊ : बहिर्गमित जनमुक्ति सेना

रकम दियर पन्छाउने हाेईन , उत्पादनशील क्षेत्रमा जोडिदेऊ : बहिर्गमित जनमुक्ति सेना

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ । सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बहिर्गमित जनमुक्ति सेना नेपालले भने उत्पादनशील क्षेत्रमा जोडिदिन आग्रह गरेको हो । ‘सरकारलाई हामीले सुरू देखि नै ‘पूर्व बाल सेना’ को दीर्घकालीन रूपमा नै समस्या सम्बोधन गर्न तथा जीविकोपार्जनका लागि उत्पादनशील क्षेत्रमा सहभागिता गराउन भन्दै आएको छौँ,’ संयोजक लेनिन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः हामीलाई रकम मात्रै दिएर पन्छाउने होइन, उत्पादनशील क्षेत्रमा जोडिदिन अनुरोध गर्दछौँ । शनिबार संयोजक लेनिन बिष्ट ,सहसंयाेजक प्रमेश्वर खड्का ,र महासचिव किरण दंगालद्वारा  जारी विज्ञप्ति अनुसार बर्हिगमित सेनालाई जम्मा बाटो खर्च स्वरूप १० हजार तथा एउटा झोला मात्रै दिएर क्यान्टोन्मेन्टवाट बाहिर पठाइएको थियो । सो रकम बाहेक अहिले...
संघीय संसदको सचिवमा पाण्डे र अर्यालकाे नाम सिफारिस

संघीय संसदको सचिवमा पाण्डे र अर्यालकाे नाम सिफारिस

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं ।संघीय संसदको सचिव पदमा पदमप्रसाद पाण्डे र डाक्टर सुरेन्द्र अर्याल  को नाम सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन् । संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रिय सभाको सचिवमा अर्यालको नाम सिफारिस भएको छ । सचिवको कार्यकाल पाँच वर्षको हुनेछ । संघीय संसदका सचिवको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था छ । संविधानको धारा १०६ मा संघीय संसदको सचिव सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपतिले सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभा अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछन् । सचिव पदका सिफारिस भएका अर्याल संसद सचिवालयकै सहसचिव हुन् । पदमप्रसाद पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायधिवक्ता हुन् ।यसअघि संघीय स...
बार एशाेसियसनले ८ वटा माग राख्दै आन्दोलनमा उत्रिने

बार एशाेसियसनले ८ वटा माग राख्दै आन्दोलनमा उत्रिने

Breaking News, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।वकिलहरूको साझा संगठन नेपाल बार एसोसिएशनले  आज देखी आन्दोलनमा गर्ने जनायकाे छ  । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो । वैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको कुरा  महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् । स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्व गर, संवैधानिक परिषदको बैठक अविलम्व बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो । देशैभरि आन्दोलन गर्नका लागि केन्द्रीय बारले माताहातका समितिहरुलाई निर्देशनसमेत दिएको छ ।...
चट्याङ लागेर पाँचथरमा एकजना घाइते र ५४ वटा भेडा मरेका छन

चट्याङ लागेर पाँचथरमा एकजना घाइते र ५४ वटा भेडा मरेका छन

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
पाँचथर। पाँचथरमा चट्याङ लागेर  एकै गोठका ५४ वटा भेडा मरेका छन् ।सनिवार साझ ४ बजे  जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् । चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ । उक्त गोठमा १३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछ...
सुनचाँदी व्यवसायी संघ जाजरकोटको अध्यक्षमा बिनोद शाह

सुनचाँदी व्यवसायी संघ जाजरकोटको अध्यक्षमा बिनोद शाह

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट ।सुनचाँदी व्यवसायी संघ जाजरकोटको अध्यक्षमा बिनोद शाह सर्वसम्मत निर्वाचित भएका छ्न् । सदरमुकाम खलंगामा शनिवार भएको प्रथम साधारण सभा तथा अधिवेशन बाट शाह सर्वसम्मत निर्वाचित भएका हुन। यस्तै उपाध्यक्षमा जगत शाह, सचीवमा ललित सुनार, सह- सचिवमा अमृत सुनार, कोषाध्यक्षमा सर्वजित शाह सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मनकला सुनार,भागिरथ सुनार गरि ७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।...
दुई कम्युनिस्ट पार्टीको संयुक्त एकताअधिवेशन सम्पन्न

दुई कम्युनिस्ट पार्टीको संयुक्त एकताअधिवेशन सम्पन्न

Breaking News, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं ।  माेहन वैद्य  नेतृत्वको  नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको  नेकपा (बहुमत) बिच पार्टी एकता अधिवेशन सम्पन्न भयकाे छ । काठमाडौंकाे अनामनगर ,घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे सभाहलमा शनिबार  नयाँ राजनीतिक कार्यदिशा , अन्तरिम विधान , नयाँ सांगठनिक संरचना र समसामयिक प्रस्ताव पास गर्दै पार्टीको  नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र अध्यक्ष माेहन वैद्य किरण , प्रवक्तामा धर्मेन्द्र बास्तोला कन्चन लाई चयन गरेकाे छ । अधिवेशनबाट  १५ जनाएको कार्यलय सदस्य, ८७ जना  सचिवालय सदस्य र २६७ जनाकाे  महाधिवेशन आयाेजक कमिटी रहने गरि, पार्टी एकता अधिवेशन सम्पन्न भएको हाे । आगामी बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन खुल्ला मन्च काठमाडौंमा पार्टीको नाम र कार्यक्रम हरु सार्वजनिक गरिने बताईयकाे छ ।  ...
दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी बिच एकताकाे तयारी पूरा

दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी बिच एकताकाे तयारी पूरा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच वैशाख १८ गते मेई दिवसका दिन घोषणा हुने एकता कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेकपा (बहुमत) को केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार मजदुर दिवसका दिन  जनसहभागिताबीच खुला मञ्चमा ऐतिहासिक घोषणा सभा हुनेछ । घोषणासभामा यसअघि दुई पार्टीका रूपमा रहेका शीर्ष नेताहरूले पार्टीको नयाँ नामसहित नयाँ नेतृत्व र कार्यक्रम सार्वजनिक गर्दै एकताको घोषणा गर्नेछन् । पार्टी एकता घोषणासभामा शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । प्राप्त जानकारीअनुसार दुवै पार्टीका शीर्ष नेतृत्व र एकता संयोजन समितिका बैठकहरू बसेर दर्शन, विचार, राजनीति, कार्यक्रम, योजना र सङ्गठनका विषयमा भएका छलफलहरू करिब टुङ्गि सकेका छन् । १७ गतेसम्म दुवै पार्टीका एकल र संयुक्त बैठक÷अधिवेशनहरू बसेर १८ गते पार्टी एकता घोषणाका लागि प्रस्तावहरू तयार पार...
अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह सवार दुर्घटना परि घाइते

अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह सवार दुर्घटना परि घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवार दुर्घटनामा परि घाइते भयकि छिन  । शुक्रबार सिंह सवार स्कुटर दुर्घटनामा परेको थियो । विहान १०ः३० बजे कोटेश्वरमा दुर्घटनामा भएको श्रीमान केशव शाहीले जानकारी दिएका छन् । शाहीका अनुसार उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।...
बाजुरा दहकाेट केन्द्रबिन्दु भयर भुकम्प

बाजुरा दहकाेट केन्द्रबिन्दु भयर भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ । यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।...
कुशे गाउपालिका जाजरकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कुशे गाउपालिका जाजरकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । कर्णाली प्रदेश जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयकाे छ । बिहिवार गाउँ पालिकाे काे कार्यलय थर्पु भार्माकाे प्राङ्गणमा  सुन्दर शान्त र समृद्ध गाउँ कुशे गाउपालिकाकाे सान , बिकासका पुर्वाधार निर्माण गर्ने हाम्राे अभियान ! भन्ने मुल नारा सहित आर्थिक वर्ष २०७९/ ०८० काे बार्षिक कार्यक्रमहरुकाे उपलब्धि र सिमा समस्याका बिषयमा सुनुवाइ गरियकाे गाउँ पालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताय । अध्यक्ष बस्नेतले भने कुशे गाउँ पालिकालाई शिक्षा ,स्वास्थ र बिकासका पुर्वाधारका क्षेत्रमा बजेटलाई प्राथमिकतामा राखि काम गरियकाे र प्रदेस र संघीय सरकारबाट आउने बजेटलाई पनि बिशेष गरि यहि शिर्षकमा प्राथमिकता दियकाे र आगामी आव २०८०/०८१का लागि सबै क्षेत्रमा समानुपातिक ढंगले बजेट ब्यवस्थापन गर्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा गाउपालिका अन्तर्गतका सबै कर्मचार...