९ बैशाख २०८३, बुधबार

राष्ट्रिय

जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट: जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ। जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीमाटिबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो। डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । दुर्घटनामा २ जना घाइते भएका छन्।...
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा माेहन वैद्य “किरण”

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा माेहन वैद्य “किरण”

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा  माेहन वैद्य किरणलाई नै चुनिएको छ। काठमाडौंमा १० दिन सम्म चलेकाे महाधिवेशनले वैद्यलाई महासचिवमा चुनेकाे हाे।पार्टीका नेता सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली सुदर्शनको समर्थनमा मोहन वैद्य किरणलाई महासचिवमा निर्वाचित गरिएको हो। महाधिवेशनले मोहन वैद्य किरणको नीति र नेतृत्वलाई सर्वसम्मत रुपमा पारित गरेको छ । महाधिवेशनको बन्द सत्रले ११७ सदस्यीय पूर्ण र ८० सदस्यीय वैकल्पिक रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ। नव निर्वाचित महासचिवको तर्फबाट किरणले आफूले सकेसम्म क्रान्तिको तयारीमा पूर्ण रुपले लागिपर्ने प्रतिबद्धता गरेका छन। मंसिर १३ गते काठमाडौं न्यूरोडको भूगोल पार्कमा  उद्घाटन कार्यक्रम सम्पन्न गरी कीर्तिपुरको स्मृति हलमा बन्द सत्र सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्य किरणले प्रस्तुत गरेको मूल र...
जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत जाजरकोटको भेरी नगरपालिका -१० नुवागाऊमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । शर्मा सिंह एण्ड ब्रदर्श निर्माण सेवा प्रालिको प्रदेश नम्बर ३-०१०२३ च ४७१९ बोलेरो जीप नुवागाउँको घुम्तिमा दुर्घटनामा परेको हो ।जीपमा सवार ३ जना मध्य २ जनाको घटनास्थलमा मृत्यु भएको र १ जना घाइते भयकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनायकाे छ । दुर्घटना के कसरी भयाे भन्ने बारे बुझ्न प्रहरीको टाेली घटनास्थल तर्फ पठाईयकाे जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रमख पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयकाे छ ।...
उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : देशका विभिन्न पालिकामा भएकाे उप निर्वाचन २०८१ काे मत परिणामले फेरि पनि पुरानै दलकाे बर्चस्व देखियकाे छ । दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद निर्विरोध भय पछि  आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् । उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्...
माेहन वैद्यका झापा जिल्ला कमिटी सदस्य लामाले राेजे श्रमिक कम्युनिस्ट पार्टी

माेहन वैद्यका झापा जिल्ला कमिटी सदस्य लामाले राेजे श्रमिक कम्युनिस्ट पार्टी

Breaking News, राजनीति, राष्ट्रिय, विचार
काठमाडौं : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल झापा जिल्ला सचिवालय सदस्य भिम लामाले पार्टी परित्याग गरि श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन । उनले गत शुक्रबार एक वक्तव्य जारी गर्दै भनेका छन ´२०६०/६१ सालमा तत्कालीन जनमाेर्चा नेपाल र त्यसकाे माउ पार्टी नेकपा एकता केन्द्र मसालकाे जिल्ला समितिमा गर्दै २०६४ सालमा नेकपा माओवादी संग पार्टी एकता गरि जिल्ला समितिमा काम गर्दै आयकाे र अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी काे सचिवालय कमिटिमा काम गर्दै आयकाे अवस्थामा पार्टी भित्र केन्द्रीयता र बाहुनबाद लादेकाेले यश पार्टीले क्रान्तिका कुरा गर्ने तर ब्यक्तिवादि गतिविधि गर्दै आयकाे आराेप लगायका छन्।` माओवादी घटक भित्रका सम्पुर्ण पार्टी अबिस्वासका पार्टी भयकाले  समरजंग नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नै अबकाे सच्चा र क्रान्तिकारी पार्टी भयकाेले आफू उक्त पार्टीमा प्रव...
जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटकाे उप मेयर पदमा देवका लामिछाने (शाेभा) विजयी भएकि छिन। आईतवार भयकाे उप मेयर पदका लागी नेकपा माओवादी केन्द्रकी उम्मेदवार लामिछानेले ४२७०मत ल्याएर विजय भएकि हुन,। उनकि निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकि ईन्द्रा सिंह चन्दले ३१४७ मत ल्याएकि थिइन भने नेकपा एमाले कि उम्मेदवार सुनिता बाेहराले २५४१,राष्ट्रिय स्वतन्त्र पार्टीकि पार्वती पुनले १७९,राष्ट्रिय प्रजातन्त्र पार्टीकि सुनिता पुन रावलले ५७, र  नेपाल समाजवादी पार्टीकि पवित्रा जैशीले १५ मत प्राप्त गरेकाे  निर्वाचन अधिकृतको कार्यलय जाजरकोटले जनाएकाे छ । यश अघि नेपाली कांग्रेसबाट निर्वाचित सरिता सिंह गत २०८०/ कार्तिक १७ गते राति गएकाे भुकम्पमा परि निधन भय पछि साे ठाउमा उप मेयर पदका लागि निर्वाचन भयकाे हाे । विजयी भयकी लामिछाने जनयुद्धकाल देखि भेरि कर्णाली एफ एफ रेडियाेमा काम गर्दै हाल नलगाड एफएममा र ...
जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कुशे गाउपालीका -७ मा नेपाली कांग्रेसका उम्मेदवार खम्ब प्रसाद सिंहले बिजय हासिल गरेका छन। सिंहले ३४७ मत ल्यायर विजय भयका छन भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गाेरख बहादुर नेपालीले ३३२ मत प्राप्त गरेका छन, नेकपा एमालेका डम्बर बहादुर घर्तीले २५२ मत प्राप्त गरेका छन र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७  मत प्राप्त गरेका थिय,भने १५ मत बदर भयका थिए।  एक हजार ३ सय २ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा ९ सय ५६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ । यो वडा माओवादी केन्द्रले अघिल्लो चुनावमा जितेको थियो  वडाध्यक्ष मन बहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उप निर्वाचन भएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्रीले ५९० मत ल्याएर...
जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जुनीचांदे  गाउँपालिका–२ देसीपाटामा सडक मर्मतका क्रममा माटोको ढिस्कोले पुरिएर चारजना घाइते भएका छन्। बिश्व खाद्य कार्यक्रमअन्तर्गत सुयडाबाट मजकोट जाने सडक निर्माण कार्यका क्रममा आज बिहान करिब १० बजे माथिबाट खसेको माटोको ढिस्कोले कामदारलाई पुरेको हो। घटनापछि स्थानीय तथा प्रहरी टोलीको सहयोगमा घाइतेलाई ढिस्कोबाट बाहिर निकालिएको छ। ढिस्कोले पुर्दा जुनीचाँदे -२ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही,२२ वर्षीया पुलमाया लुहार,३५ वर्षीय नर बहादुर वड गम्भीर घाइते भएको जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले बताए । गम्भीर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली अस्पताल सुर्खेत पठाएको छ ।...
श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपालले उप निर्वाचन बहिष्कार गर्ने घाेषणा गरेकाे छ । पुर्ण बहादुर सिंह ´समरजंग`नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नेपालले यहि मंसिर १६ गते हुने उप निर्वाचनलाई सशक्त बहिष्कार गर्ने बतायकाे छ । पार्टीका संयाेजक सिंहले एक बिज्ञप्ती जारी गर्दै उक्त चुनाव लाई बहिष्कार गर्ने घाेषणा गरेका छन । याे संसदीय ब्यवस्था सबै हिसाबले असफल, नकाम र बदनाम भईरहेकाे र जन्ताकाे पक्षमा नभयकाे भन्दै सम्पुर्ण नेपालीले बहिस्कार ,अवज्ञा,बहिष्कार तथा खारेजी गर्नु पर्ने बिज्ञप्तिमा उल्लेख छ । यहि मंसिर १६ गते देशका विभिन्न ठाउमा विभिन्न कारणले रिक्त भयका जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख उप प्रमुख,गाउँँपालीका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुकाे पदका लागी देशै भरिका ४४ ठाउहरुमा निर्वाचन आयाेगले चुनाब गर्न लागेकाे छ । पार्टी द्वारा जारी विज्ञप्ति यस्तो छ : ...
काठमाडौंकाे नयाँ बसपार्क,बिष्णुमति नदिकाे छेउमा रहेका पसलहरु आज देखि हटाईएकाे छ

काठमाडौंकाे नयाँ बसपार्क,बिष्णुमति नदिकाे छेउमा रहेका पसलहरु आज देखि हटाईएकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं : काठमाडौं काे नयाँ बसपार्क नजिकै, बिष्णुमति नदिकाे छेउमा रहेका अस्थायी टहरामा रहेका पसलहरु आज देखि हटाईएकाे छ ।बिगत लामाे समयदेखि संचालनमा रहेका पसलहरु काठमाडौं महानगरले हटायपछि उक्त ठाउमा पसल गर्दै आयका ब्यापारी हरु निराश भयका छन्,। विभिन्न जिल्लाबाट उक्त ठाउमा बिगत लामाे समयदेखि कपडा पसल संचालनमा गर्दै आयका ब्यापारीहरु अहिले सामान आफू बस्ने काेठामा थन्क्याएर बसेकाे बताउछन, "महानगरले याे गर्नु स्वभाविक हाे तर हामीलाई कतै ब्यापार गर्ने ठाउँ दियकाे भय खुसि हुने थियौं "। महानगरले अहिले सबै ठाउमा अवैधानिक रुपमा ब्यापार गर्दै आयका र सार्वजनिक ठाउहरुलाई ब्यक्तिगत रुपमा विभिन्न प्रयाेजनका लागि भाेगचलन गरेका ठाउहरुमा तत्काल राेक्न समेत अल्टिमेटम दिएकाे छ,। उक्त ठाउहरुलाई तत्कालै ब्यवस्थापन गरेर सुन्दर र नमुना शहर बनाउने महानगरकाे उद्धेश्य रहेकाे छ । काठमाडौं मा जनघनत्व बढेपछि र सवारी...