७ बैशाख २०८२, आईतवार

राष्ट्रिय

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

Breaking News, अर्थवाणिज्य, पर्यटन, राष्ट्रिय, समाचार, सुचना संचार
            २१ कात्तिक, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको छ । १३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभिएका दुई वटा, २२.५ एमभिएको एक वटा पावर ट्रान्सर्फमरहरु रहने छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने छन् । हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल स...
माओवादी केन्द्र का पाेलिटब्युराे सदस्य रामदिप काे चुनावी अपिल , सार्वजनिक

माओवादी केन्द्र का पाेलिटब्युराे सदस्य रामदिप काे चुनावी अपिल , सार्वजनिक

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार रामदिप आचार्यले चुवानी अपिल सार्वजनिक गरेका छन् । अपिलमा आर्चायले जाजरकोट विकासका लागि चुनावी एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् । यस्ताे  छ अपिलकाे पूर्णपाठ : हार्दिक अपिल ! आदरणीय जाजरकोटबासी जनसमुदाय ! मैले प्रतिनिधिसभा समानुपातिक तर्फको उम्मेद्वारको रूपमा आफ्ना विचारहरू, धारणाहरू र प्रतिवद्धताहरू संक्षेपमा व्यक्त गर्न यो अपिल जारी गरेको छु । १. हाम्रो अवलोकन योग्य ब्रह्माण्ड बनेको १३.८ अर्ब वर्ष र हाम्रो पृथ्वी बनेको ४.५ अर्ब वर्षको इतिहासमा एउटा साधारण धुलोको कण बौद्धिक प्राणीको रूपमा विकसित भयो । हाम्रो प्रजाति होमो सेपियन्स निर्जीव वस्तुबाट एक कोषीय जीव, बहुकोषीय जीव, सरिसृप, स्तनधारी जनावर र अन्तमा पशुजगतबाट अलग भएर मान्छे बन्यो । यो मान्छे निरन्तर परिवर्तन र विकासको प्रक्रियामा छ । २. ...
चार दलीय सभा कैलालीको धनगढीमा

चार दलीय सभा कैलालीको धनगढीमा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडाैँःनेपाल कम्युनिस्ट पार्टी(बहुमत) नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ दलको संयुक्त आयोजनामा कैलालीको धनगढिमा भव्य सभा सम्पन्न भएको छ । सभा हुनुपूर्व धनगढिको चौराहदेखी पार्कमोडसम्म संसदीय निर्वाचन बहिस्कार गरौँ भन्दै विशाल ¥याली निस्केर सभामा परिणत भएको थियो । आगामी मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचन नेपाली जनतालाई केवल धोका मात्र भएको र यसले देशलाई आर्थिक तथा राजनैतिक संकटतर्फ लैजाने भन्दै ४ दलले संसदीय निर्वाचन अवज्ञा तथा बहिष्कार कार्यक्रम गरेका हुन् । उक्त बिरोध सभामा ४ पार्टीका नेताहरु क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपा (मशाल)का केन्द्रीय सदस्य लाल बहादुर जाग्री, माओवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा(क्रान्तिकारी म...
भाषण गर्दैमा  लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

भाषण गर्दैमा लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
१९ कार्तिक, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् ।  प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । शनिबार  डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको  हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’ कांगेस सभापति समेत रहेका देउवाले ओलीले दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा नआउने बताए । उनले भने– ‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाड...
हुम्लामा  हेलिकप्टरबाट  पुग्यो मतपत्र ।

हुम्लामा हेलिकप्टरबाट पुग्यो मतपत्र ।

निर्वाचन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
१९ कात्तिक, हुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टर मतपत्रबाट हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । मतदान केन्द्रमा आवश्यक पर्न ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खरिद गरिसकेको निर्वाचन अधिकारी रानाले बताए । २६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने उनले बताए ।...
जिएमआरबारे सर्वोच्चको आदेश राष्ट्रहितमा छ: अधिवक्ता भण्डारी

जिएमआरबारे सर्वोच्चको आदेश राष्ट्रहितमा छ: अधिवक्ता भण्डारी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं: वरिष्ठ अधिवक्ता तथा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले भारतीय जलजलविद्युत कम्पनी गान्धी मालिकार्जुन राव(जिएमआर)लाई अपरकर्णाली जलविद्युत योजनाका लागि लगानी जुटाउन समय थप गर्ने निर्णय कार्यान्वयन नगर्नका लागि सर्वोच्चले गरेको निर्णय राष्ट्रहितमा भएको टिप्पणी गरेका छ्न् । शुक्रबार सञ्चारकर्मिसङ्गको कुराकानीमा भण्डारीले यस्तो टिप्पणी गरेका हुन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश इश्वर प्रसाद खतिवडाको एकल इजलासले रतन भण्डारी समेतको रिट माथी सुनुवाइ गर्दै जिएमआर कम्पनीलाई लगानी जुटाउन थप गरिएको समय सिमा नेपालको प्रचलित कानुन र जि एम आरसङ्गको द्विपक्षीय सम्झौताको प्रावधान विपरीत रहेकोले यसको कार्यान्वयन नगर्ने आदेश जारी भएपछि प्रस्तुत रिटको पक्षमा बहस गर्दै आएका अधिवक्ता भण्डारीले सर्वोच्चको निर्णय सकारात्मक रहेको उल्लेख गरेका हुन् । संसारकै सस्तो लागातमा बन्न सक्न...
प्रगतिशील तथा जनवादी गीत ‘चुनाव’ सार्वजनिक

प्रगतिशील तथा जनवादी गीत ‘चुनाव’ सार्वजनिक

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति
काठमाडौँ: प्रगतिशील तथा जनवादी गीतकार प्रेम सी र वरिष्ठ जनवादी तथा प्रगतिशील संगीतकार चिरन सीको संयुक्त प्रस्तुति ‘चुनाव’ सार्वजनिक सार्वजनिक  भएको छ । यही कार्तिक २० गते आइतबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा दिउसो १:३० देखि ४ बजेसम्म  उक्त समारोह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयकाे हाे । प्रगतिशील तथा जनवादी श्रष्टाहरुको उपस्थितिमा सार्वजनिक गर्न लागिएको उक्त “चुनाव” गीत सार्वजनिक समारोहमा जनवादी तथा प्रगतिशील श्रस्टालाई सम्मान गरियकाे थियाे ।...
दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका  कुमार पौडेलका भाइ गिरफ्तार

दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका कुमार पौडेलका भाइ गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ : तत्कालिन नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न भएको व्यक्तिलाई निर्वाचनमा उम्मेद्धार बनाईएकोले उक्त व्यक्तिको उम्मेद्धारी खारेजीको माग गर्दै अनसन वसेका हरिकृष्ण पौडेललाई आज प्रहरीले गिरफ्तार गरेको छ । आउदो मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट डिल्ली प्रसाद उप्रेति उम्मेद्वार बनेका छन् । उनै उप्रेतिको उम्मेद्वारी खारेजीको माग गर्दै सहिद कुमार पौडेलका भाई हरिकृष्ण पौडेल सर्लाही ३ नम्बर निर्वाचन क्षेत्रको कार्यालय अगाडि कार्तिक १ गतेदेखी अनसन बसेका थिए । उनलाई आज प्रहरीले बल प्रयोग गरेर गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ । कुमार पौडेलको परिवारले कुमारको हत्यामा संगल्न भएको अभियोग लागेका व्यक्तिहरु खुलेआम घुमिरहेको भन्दै कानुनी कार्वाहीको माग गर्दै आईरहेको सन्दर्भमा तिनै व्यक्तिहरु निर्...
हिमालि र पहाडी भेगमा वर्षाको सम्भावना

हिमालि र पहाडी भेगमा वर्षाको सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
अहिले (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम समाान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।’ यसैबीच आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे मापन गरिने उनले बताइन्। त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गरिनेछ।...
नेकपा  एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?

नेकपा एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१८ कात्तिक, काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट आक्रामक चुनावी अभियान सुरु भएको छ । चुनाव प्रचार सुरु भएको दोस्रो दिन शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला, वैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरेका छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कम्तीमा ४० जिल्लामा अध्यक्ष ओलीलाई पु¥याउने योजना छ । पार्टीका अधिकांश पदाधिकारी आफ्नो चुनाव क्षेत्रमा केन्द्रित रहेको र जिल्लाहरुबाट पनि अध्यक्ष ओलीकै माग भएको भन्दै नेता रिजाल भन्छन्, ‘सबै प्रदेश र पहाड–तरार्ईलाई मिलाएर कम्तीमा ४० जिल्लामा अध्यक्षलाई लैजाने कार्यक्रम छ ।’ एमालेले चुनावी सभाहरु गरिरहँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने योजनाविहीन देखिन्छ । २३ असोजमा उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनमा आवद्ध ५ दलले ७ वटै प्रदेशमा कार्यकर्ता भेला गरेको थियो । तर प्रचार सुरु भएपछि जिल्ला वा...