११ श्रावण २०८१, शनिबार

अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको  साधारण सभामा बाेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्री भए लगत्तैदेखि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएकाे प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।लगानीकाे वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको प्रधानमन्त्रीले बताए ।

‘बाह्य कारणबाट अर्थतन्त्रकाे आन्तरिक अवस्था केही समस्या परेकाे थियाे । अब हामी सहज अवस्थातर्फ जाँदै छाैं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बैंकको ब्याजदर घटाएर लगानीको मनाेबल बढाउन, पूँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेका छन् ।’