५ माघ २०८१, शनिबार

संस्कृति

प्रियलाई चिठी

पर्यटन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
महासमरको गर्विलो यात्राबाट क्रान्तिको वक्ररेखाबाट रगत र आँसुका बीचबाट रक्तिम अभिवादन र असीम माया अनि मीठो सम्झना मेरो प्रिय ! सबै कुरा वर्गीय भएझैँ प्रेम–विवाह पनि त्यसबाट अछूत रहँदैन त्यसैले पनि हामी महान् क्रान्तिको महान् लक्ष्य पूरा गर्ने महान् अभियानका क्रममा सर्वहारावादी विश्व–दृष्टिकोण र मालेमावादलाई साक्षी राखी वर्गीयता, एकनिष्ठता र क्रान्तिकारिताका आधारमा संवेगबाट उठान र विवेकबाट नियन्त्रित प्रेमको उच्च रूप वैवाहिक जीवनको डोरीमा बाँधिन पुग्यौँ त्यो जीवनको अविस्मरणीय सम्झौता थियो त्यसैले मेरो प्रिय ! त्यो हर्षदायी अविस्मरणीय क्षणमा हाम्रो प्रतिज्ञा र प्रतिबद्धता थियो– जीवनको अन्तिम घडीसम्म पनि मालेमावादको आलोकमा सहिदको रगतबाट निर्मित निधारमा पहिरिएको अबिरलाई कहिल्यै पनि नभुलेर २१ औँ शताब्दीको क्रान्तिको महान् लक्ष्यलाई दह्रोसँग पकड्दै पार्टी–क्रान्तिलाई...

प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ/

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
काठमाडौं : प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको छ।     नेपालमा भने आइतबार यो फिल्मले डेढ करोडको कमाइ गरेको छ। भारतबाहेक यो फिल्मले २ करोड ३९ लाख भारतीय रुपैयाँ कमाएको छ। यो फिल्मले पहिलो दिन ७ करोड ७५ लाख बढी कमाइ गरेको थियो। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको छ। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।...

कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा जाजरकोट–टालेगाउँ

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
युद्धको बलियो हाइपोस्ट र किल्लाजस्तो तीन तहको दुर्गमा छ पुरानो शैलीको ढुङ्गाको छानो र ढुङ्गामाटाको गारो भएको पूर्व–दक्षिणतिर फर्किएको पारिलो घर । आँगनमा ढुङ्गा छापिएको छ । लस्करै बिछ्याइएका छन् मान्द्रा र गुन्द्रीहरू । आँगनमा लस्करै मकैका लागि गाडिएका थाँक्राबाट मकै झिकिसकिएका छन् तर थाँक्राका खाँबाहरू अर्को वर्षका मकै थेग्नका लागि तत्पर भएर बसिरहेझैँ देखिन्छन् । हामी सातजना मात्र छैनौँ आज । क. परमेश्वर शाह, केबी शाह र अरूहरूसमेतको लर्को छ । यो कमरेड पूर्णबहादुर सिंहको घरको आँगनको सानो परिदृश्य हो । आँगन र गारोमा चकटी र गुन्द्रीहरू बिछ्याइएका छन् । दुई दशकभन्दा लामो समयदेखि रोगले गाँजेर शरीर अस्वाभाविक रूपले फुले पनि जुझारु, आशावादी किसान गोरखबहादुर सिंह र भाउजूसँग भलाकुसारी हुन्छ । उहाँहरू कमरेड पूर्णबहादुर सिंहका दाजुभाउजू हुनुहुन्छ । भतिजहरू विनोद र विशालको चहलपहल बढेको छ । उतासँगै ज...

बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गित आरोह नेपाली नामक युटुव च्यानलबाट सार्वजनिक भएको हो । शब्द रचनाकार शाह विद्यार्थी नेता तथा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी प्रगतिशील गित सहित कवित, गजल, लेखहरु मार्फत राष्ट्रियताको पक्षमा तथा देश र समाजभित्रका अन्याय, अत्याचार र व्यथितीका विरुद्धमा आफ्ना विचारहरु सप्रेसण गर्ने गरेका छन् । देशको अस्थिर समग्र राजनिती व्यवस्था र नेतृत्वको कारण नेपालका लाखौँ युवाहरु विदेशीनु बाध्य भएका युवाहरुको पिडाको यथार्थ र तिनै युवाहरुलाई आफ्नो दे...
प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्- नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ

प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्- नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ

पर्यटन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार
 असोज १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग प्रचण्डले फिल्म हेरेका हुन् । पूरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिर निस्कँदा सञ्चारकर्मीसँग फिल्मको प्रशंसा गरे । फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको भन्दै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘मसालेदार’ भन्दै उनले फिल्मको समीक्षा पनि गरे । फिल्म हेरेपछि प्रचण्डको भनाइ : ‘धेरै समयपछि फिल्म हलमा आएर फिल्म हेर्ने अवसर जुट्यो । काठमाडौंबाट आउने बित्तिकै साथीहरुले कुरा गर्नुभयो । विश्वभरि चलेको छ, चर्चित भएको छ भनेपछि हामीले फिल्म भोलि हेर्ने भनेर आज हेरियो । फिल्म हेर्दै गर्दा पहिले-पहिलेको याद पनि आयो...
हनुमानढोकाको दशैं घरमा राखियो जमरा

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार
१० असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी बताउँछन् । उनका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त...