११ श्रावण २०८१, शनिबार

कर्णाली तमाम संभावना बाेकेकाे शक्तिशाली प्रदेश हाे

लेखक : धनजित महर ( बिश्वचन्द )

ईतिहासलाई अध्यन गर्दै जादा कर्णाली लाई फर्केर हेर्ने हो भने तुलनात्मक रुपमा कर्णाली प्रदेश एक शक्तिशाली र समृद्ध थियो भन्ने बुझिन्छ ।
१२ औ शताब्दीमा नाग राजाले आफ्नो पालामा आफ्नो राज्य जितेपछी आफ्नो राज स्थान जुम्ला जिल्लाको सिंजा भन्ने ठाउँमा राखेका थिए । खस राजधानी सिंजा नेपाली भाषा संकृतीको उद्गमथलाेकाे  रुपमा चिनिन्छ । १३ शताब्दी तिरभने पुर्ब गोर्खा पश्चिम कास्मिर को लदाग उत्तर भोटको गुगे र दक्षिणमा लखनउको गोमती नदिसम्म फैलिएको थियो । नेपालकै लामो नदि भनेर चिनिने कर्णाली नदिको तिरै तिर हुँदै चिनको गुगे बरान्ङ्गबाट हुम्ला जुम्ला दैलेखको दुल्लु सुर्खेत हुँदै दक्षिण क्षेत्रमा पर्ने छिमेकी राष्ट्र भारत सम्मा आवत जावत हुने रेसम मार्गले कर्णालीको क्षेत्रलाइ अर्थिक हिसाबले मजबुत र बाणिज्य क्षेत्रमा ख्याती प्राप्त गरेको ईतिहास छ । २०४८ सालमा जुम्ला कर्णाली राज्यलाइ नेपाल एकीकरणमा गाभिसकेपछी केन्द्रिय सत्ताबाट कर्णाली प्रदेश ओझेलमा परेको हो भन्ने बुझाइ छ । कर्णाली क्षेत्र भौगली बिकटताका कारण आर्थिक सामाजिक राजनीतिक रुपमा पछि परेको हो । आज सम्मा पनि कर्णालीको समुदाय शिक्षा स्वास्थ्य रोजगार सूचना संचार यातायात विभिन्न राज्यको सेवा सुबिधा बाट टाढा र कस्टकर जीवन बिताइ रहेका छन भने अहिलेको दलाल संसदीय राज्य ब्यबस्थाले निम्त्याएको समस्या महँगिले आकाश छोएको छ । दलाल सुतखोर कालो बजारिले सिमा नागेको छ । यो कुरा कर्णाली का आम नागरिकले बेलैमा बुझ्नु पर्ने अहिलेको महत्वपूर्ण बिषय बनेको छ ।
कर्णाली प्रदेशको भौगलिक बनावट र शैक्षिक अबस्था :
कर्णाली प्रदेशमा जम्मा १० वटा जिल्लामा पर्दछन भने २५ वटा नगरपालिका ५४ वटा गाउँपालिका र ७२९ वटा वडाहरु यस प्रदेशमा पर्दछ्न । कर्णाली प्रदेश शैक्षिक हिसाबले साबिकको क्षेत्रीय शिक्षा निर्देशनालय मध्यपश्चिमान्च्ल सुर्खेतको स्थापना राष्ट्रिय शिक्षा आयोग २०२८ संगै भएको हो ।भने बि. सं २०४० सालमा कार्यालयहरु निर्माण गरि कामकार्यहरु प्रारम्भ गरियको थियो । नेपालको शिक्षा र बिधालयलाइ तेतिबेलाको समयमा १ भन्दा तलको शिक्षालाई पुर्बप्राथामिक १ देखि ५ सम्मलाइ प्राथमिक ६ देखि ८ सम्मलाई निम्नमाध्यमिक ९र १० कक्षा लाई माध्यमिक ११र १२ लाई उच्च माध्यामिक गरि पाँच तहमा बिभाजन गरि औपचारिक शिक्षा प्रदान गर्दै आइरहेको थियो ।अहिले पछिल्लो समयमा १ देखि ८ सम्मलाइ आधारभुत ९ देखि १२ सम्मलाइ माध्यामिक शिक्षा लाई दुई तहमा बिभाजन गरेको छ । यसो गर्दा पनि नेपालको शिक्षा क्षेत्रमा कुनै परकारको फेरबदल आएको छैना । अझत अहिले सरकारी सामुदायिक बिधालयहरु धरासायी पारेर निजि बिधालयहरु अधिकतम बजार लिएर शिक्षा लाई ब्याबसायीक मुखी बनाउदै केही मुठिभर दलालहरुले पुजि कुम्ल्याउने र हुने खाने र हुदा खाने बर्गलाइ अहिले को पर्तमा शिक्षाको कारण दुइवटा बर्गमा बिभाजन गरि दिएको छ । धनी र गरिब को दुरि आकाश पातलको फरक बनाइ दिएको छ । यो दुइटा बर्ग बिचको ठूलो खाडल नामेट पार्न । पहिले त यो ब्यबस्था बदलिनु पर्दछ ।जब सम्म यो दलाल संसदीय ब्यबस्था को अन्त्य हुदैन तब सम्म यो आम जनसमुदायहरुको जीवन कुनैपनी परिवर्तन आउदैन र कर्णाली पिढा पनि ज्युका त्यु रहने छन त्यस कारण यो ब्यबस्था परिबर्तन गर्नको लागि शिक्षित बुद्धिजीवी व्यापारी मध्यम बर्गिय सम्पुर्ण राजनीतिक विशेषज्ञ हरुले यसलाइ छलफल र बहसको बिषय बनाउन आबस्यक देखिन्छ ।
नेपालको कुल शैक्षिक सास्था १००३६३ मध्यकर्णाली प्रदेश भित्रका शैक्षिक साँस्थाहरु ७८५८ वटा रहेकाछन ।जस मध्यका बिधालय र विद्यार्थी प्रगती हाम्रो अध्यन र अनुगमन अनुसार यसरी हेर्न सकिन्छ ।आधारभुत तहमा कुल भर्ना द्र ९०.७५ प्रतिशत ,सिकाइ उपलब्धि ४२.५ प्रतिशत रहेको छ । यो तहमा शिक्षेक विद्यार्थी अनुपात ५० % प्रतिशत रहेको छ । भने अनुत्तीर्ण विद्यार्थी संख्या १० प्रतिशत देखिन्छ । यसरी ३५ प्रतिशतले कक्षा दोहोराउने र ६ प्रतिशत विद्यार्थीले कक्षा छाड्ने गरेको पाइन्छ । सिकाइ उपलब्धि ४२ प्रतिशत छ भने शिक्षेक विद्यार्थी अनुपात ५८% प्रतिशत रहेको छ भने उच्च माध्यामिक बिध्यालयहरुमा कक्षा छाड्ने ५० प्रतिशत रहेको पाइन्छ । शाक्षेरताको दृस्टीकोणबाट सुर्खेत ,सल्यान ,जाजरकोट र रुकुम पश्चिम दैलेख ५० प्रतिशत साक्षेर जिल्ला भित्र पर्दछ्न । कर्णाली प्रदेश समुद्र सतहको सबैभन्दा होचो भु- भागमा पर्ने स्थान कर्णाली नदि र भेरी नदिको दोभान जामु र कुइने भन्ने स्थानमा पर्दछ । त्यो भाग समुद्र सतहको १८० मिटर उचाइको रहेको छ भने कर्णाली कै सबैभन्दा उच्च भु- भाग डोल्पा जिल्लाको चुरे हिमाल पर्दछ तेस्को उचाइ समुद्र सतहदेखी ७३४८ मिटर उचाइमा पर्दछ ।उत्तर दक्षिण २५० कि मि र पुर्ब पश्चिम २६५ कि. मि. सम्मा फैलिएको यो कर्णाली प्रदेश बिबिध हावापानीमा रहनुका साथै जैबिक बिबिधता र धरातलिय रुपमा रहेको पाइन्छ । यो प्रदेशको कुल क्षेत्रफलको हिसाबले ३०२११ बर्ग कि. मि. छ यो पर्देश नेपालका ७ वटै प्रदेश मध्य क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो प्रदेश हो । यो प्रदेशले नेपालको कुल भु- भाग को २१.७ प्रतिशत भु- भाग ओगटेको छ भने यहि प्रदेशको डोल्पा जिल्ला क्षेत्रफलका हिसाबले नेपालकै सबै भन्दा ठूलो जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल ७८८९ बर्ग किलो मिटर छ । नेपालको सबै भन्दा गहिरो ताल से फोक्सोन्डो ताल डोल्पा जिल्ला मै पर्दछ भने सबै भन्दा ठूलो ताल रारा ताल मुगु जिल्लामा पर्दछ ।
भु- उपयोग :
यस प्रदेशको कुल भु- भाग ६.३९ प्रतिशत कृषि उत्पादन हुने भुमी रहेको छ भने बन क्षेत्र ३४.१७ प्रतिशत छ भने बुट्यनाको क्षेत्रफल ३.२ प्रतिशत जम्म कुल बनको क्षेत्रफल ३७.१९ हुन आउँछ। हिमक्षेत्रले ओगटेको भु- भाग २४.५५ छ भने जलक्षेत्रले ०.१८ प्रतिशत भुमी ओगटेको छ । बाजो जमिन भने ३१ प्रतिशत रहेकोछ ।

प्रदेश् को कुल जनसंख्या :

२०७८ को जनगणना अनुसार प्रदेशको प्रारम्भिक नतिजा अनुसार जम्म १६ लाख ९४ हजार ८ सय ८९ छ । जस अनुसार पुरुषको संख्या ८ लाख ६६ हजार ३०७ छ भने महिलाको संख्या ८ लाख ६६ हजार ५८ जना महिला छन । भने प्रदेश को घरधुरी संख्या ३ लाख ७१ हजार १६५ घरद्गुरी छन ।

जडीबुटीको खानी :

यो प्रदेशको सांस्कृतिक र प्राकृतिक जडीबुटी मात्रै सही रूपमा उपभोग गर्न सक्यो भने पनि यो प्रदेशको समृद्धि हुने सम्भावना छ । रोग निको गर्ने विभिन्न किसिमका जडीबुटी यही प्रदेशका सम्पत्ति हुन । कर्णाली जडीबुटीकै खानी मानिन्छ । पाँचआँैले, जटामसी, कुड्की, अतिस, सेतो चिनी, वनलसुन, गुन्दाइनो, गुच्ची च्याउ, देवदार, निरमसी, धुपी, सल्लो, लौठसल्लो, भोजपात, यार्चागुम्बालगायत जडीबुटी यहाँ प्रशस्त पाइन्छन् । यसको व्यवस्थित उपयोगतर्फ बैज्ञानिक उत्खनन गर्न सकियो भने देशकै अर्थतन्त्रलाइ बलियो र आत्मनिर्भर बनाउन सक्ने ठूलो सम्भावना छ ।
पर्यटनको हिसाबले यो प्रदेश भित्र थुप्रै हिम सिखर बनजंगल बुकि पाटन खोलानाला झर्ना रारा ताल से फोशुन्डो ताल लगाएत विभिन्न बन्यजन्तु बिश्वकै लोपन्मुख जनावर रेडपाण्ड पनि तेस क्षेत्रमा पाइन्छ । भने जाजरकोट जिल्लाको चाखेर लेखमा  प्राकृतीक फुलहरुको सर्बेक्षेण अनुसार १०० भन्दा बढी विभिन्न प्रजातिका तेहि चाखुरे लेखमा पाइन्छन जुन भाद्र र असोजको महिना त्यो पाटन क्षेत्रमा गएर त्यहाँको मनमोह सुन्दर दृश्य हेर्न र अबलोकन गर्न सकिन्छ । त्यो हिसाबले कर्णाली धेरै सम्भावना भएको ठाउँ हुनाले । कर्णालीको शैक्षिक गुणस्तरलाई बढाउन र बिकाश गर्न त्यहाँको प्राकृती सुवादो हावापानी माटो भुगोल अनुसारको शिक्षा र त्यो प्रकारको पाठ्यसामाग्रीको बिकाश गरि शिक्षालाई सस्तो सर्वसुलभ आत्मनिर्भर बनाउन सकिन्छ । यो कुराको बिकाश गर्न तमाम विद्यार्थी ,  शिक्षा विद अबिभावक सम्बन्धित निकाय राजनीतिज्ञ , विष्लेषक बुद्धिजीवी तमाम सचेत नागरिकहरुले भाबी सन्ततिको भाग्य र भबिस्यको निम्ति आजैबाट व्यापक बहसको विषय बनाउन आबस्यक ठानिन्छ । याे नै वैज्ञानिक र ब्यवहारिक शिक्षा काे मुल मन्त्र हुन जान्छ ।

लेखक : नेपाल कम्युनिस्ट पार्टी ( बिप्लव) निकट अखिल क्रान्तिकारी कर्णाली का संयाेजक हुन ।