११ श्रावण २०८१, शनिबार

नेकपा(बहुमत) लुम्बिनी ब्युरोले गर्याे पहिलो कार्यशाला

 

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) लुम्बिनी ब्युरोले आफ्नाे पार्टी जिवनभित्रै पहिलोपटक कार्यशाला सम्पन्न गरेको छ ।शुक्रबार उक्त कार्यशालामा          नेतृत्व,संगठन,व्यवस्थापन,कार्यदिशा,कार्यनीति,कार्यक्रम र अनुशासनका बारे व्यापक छलफल गरिएको थियोे । पार्टी निर्माण पछि स्कुलिङ्ग,प्रशिक्षण र खाेजअनुसन्धानका कामहरू भएता पनि कार्यशाला भने पार्टी जीवन भित्र पहिलोपटक गरिएको हाे ।

उक्त कार्यशालामा लुम्बिनी ब्युरो भित्र रहेका पार्टी जिल्ला प्रमुखहरुकाे मात्रै उपस्थितिमा A र B दुई समुहहरु निर्माण गरि प्रत्येक जिल्लाकाे सिट प्लान निर्माण गरि व्यवस्थित तरिकाले गरिएको थियोे । उक्त समुहहरुले नेतृत्व,संगठन,व्यवस्थापन,कार्यदिशा,कार्यनीति,कार्यक्रम र अनुशासनका बारेमा सुझाव समेत पेश गरेका छन् । कार्यशालाकाे प्रमुख अतिथि नेकपा(बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज,सभाअध्यक्ष नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज प्रवेश र संचालन केन्द्रीय सदस्य तथा अर्घाखाँची-कपिलवस्तु जिल्ला शेरमानले गर्नु भएको थियोे ।