बिदा– मेरो प्यारो गुरु, रुँदै भन्छु– बिदा–बिदा !! “कविता” -अशाेक सुवेदी
कविता
खुसी छैन आज यो मन, हाँस्दैन यो रङ्गीन फूल
मनै चङ्गा नभए’छि जीवन बन्ने रै’छ शूल
प्रियजनको बिछोडले धर्की–धर्की रुन्छ यो मन
निर्जन लाग्छन् कोठा–चोटा, बैरागिँदा लाग्छन् यी बन !
उच्च थिए सपना हाम्रा, लक्ष्य थियो शिखरसम्म
जस्तासुकै कठिनाइ पार गर्ने क्षितिजसम्म
कहाँ लाग्यो, कहाँ दुख्यो, कति गर्यौ ऐयाऽआत्था ?
निष्ठुरी त्यो क्रूर मृत्यु किन आयो जस्तो लाग्छ !
‘भेटौँला नि छिट्टै हामी, कोरौँला नि नयाँ बाटो’
भन्दै मुस्काराउँदै हामी छुटेका थ्यौँ, घरैबाट
पत्याउन मुस्किल पर्ने, सहन झन् गाह्रो पर्ने
कस्तो बाटो हिँड्यौ तिमी ? प्रियजन नि शोकमै मर्ने !
दख्खल थियो दर्शन र भौतिकवादी सिद्धान्तमा
मार्क्सवादी सौन्दर्य र समीक्षा–समालोचना
सिर्जना र बौद्धिकता परिचय थियो तिम्रो
सरलता, इमानदारी, गम्भीरता छनक तिम्रो !
आफू कता बिलाई गयौ देखाई हाम्लाई एउटा बाटो
नपुरिने छ...