३ आश्विन २०८१, बिहीबार

विचार

प्रदेश सरकारको नेृतत्वका लागि दलहरु सहमति नजिक

प्रदेश सरकारको नेृतत्वका लागि दलहरु सहमति नजिक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :प्रदेश सरकारको नेृतत्व भागबण्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको छ । अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबण्डा टुंगो लगाउने तयारी छ । सोमबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकमा प्रचण्डले भनेका छन्, ‘प्रदेश सरकारबारे भोलि बेलुकासम्म टुंगिन्छ ।’ एमाले : कोशी, गण्डकी र कर्णाली माओवादी : बागमती र लुम्बिनी जसपा : मधेश स्रोतका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने तयारी छ । एक नेताका अनुसार कोशीमा एमालेले नेतृत्व गर्ने विषय टुंगिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत पनि छ । प्रदेशको सबभन्दा ठूलो दल एमालेका ४० प्रदेश सांसद छन् भने माओवादी...
प्रचण्डले धाेका दिए, कांग्रेस अब बलियाे हुन्छ : पुर्ण बहादुर खड्का

प्रचण्डले धाेका दिए, कांग्रेस अब बलियाे हुन्छ : पुर्ण बहादुर खड्का

Breaking News, राजनीति, विचार
पाेखरा कास्की : नेपाली  कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएर नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् । पोखरामा भएको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रचण्डको धोकाले कांग्रेसको अभियानलाई अझै प्रभावकारी बनाउन सहयोग मिलेको बताए । प्रचण्डजीले धोका दिएर गठबन्धन भत्काउनुभएको छ । यसका रहस्यहरू बिस्तारै खुल्दै जानेछन् । आज म धेरै कुरा भन्न चाहन्नँ,’ उनले भने, ‘यसबाट कांग्रेस अब्बल भएर अभियानहरू चलाउने परिवेशको निर्माण भएको छ । आगामी दिनहरूमा अहिलेको भन्दा बलियो पार्टी बनाउन सहयोग मिल्नेछ ।’ उनले आफूहरू सरकारमा रहँदा सङ्घीयतालाई मजबुत बनाउने कानुनहरू निर्माण गरेर संसद्‌मा लगेको दाबी गरे । उनले भातृ सङ्गठनहरूले कांग्रेसको अभियानलाई तीव्रताका साथ जनस्तरमा पुर्‍याउनुपर्ने बताए । यस्तै, ...
सहकारी ठग गरेकाे प्रमाण देखाउ : गृहमन्त्री लामिछाने

सहकारी ठग गरेकाे प्रमाण देखाउ : गृहमन्त्री लामिछाने

Breaking News, अर्थवाणिज्य, राजनीति, विचार
काठमाडौं :उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । उनले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । गृहमन्त्री लामिछानेले भनेका छन् :‘तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं  आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला।’ लामिछानेले यो बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्-ः ‘सारा देशका अगाडी तपाईंहरुले  मल...
अखिल क्रान्तिकारीद्वारा-वर्तमान शिक्षा विधेयक र यसकाे निकास बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अखिल क्रान्तिकारीद्वारा-वर्तमान शिक्षा विधेयक र यसकाे निकास बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : माेहन वैद्य निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले "वर्तमान शिक्षा विधेयक र यसकाे निकास" बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।मिलन राई संयाेजक रहेकाे बिद्यार्थी संगठनले मंगलबार काठमाडौंकाे अनामनगर स्थित संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले विदेशी रिजाउने विधेयक भएको समेत आरोप लगाएका छन् ।सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य गुणराज लोहनीले सरकारले विधेयक नभएर शिक्षा ऐन ल्याउनु पर्ने धारणा राखेका छन् । सो विधेयक अवैज्ञानिक र जनविरोधी मात्रै नभएर त्यसले देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नु पर्ने धारणा राखेका छन् । ...
सन्दर्भ : १४१ आौं मार्क्स स्मृति दिवस : मार्क्सवादको आौचित्य र सान्दर्भिकता – हस्त बहादुर केसी

सन्दर्भ : १४१ आौं मार्क्स स्मृति दिवस : मार्क्सवादको आौचित्य र सान्दर्भिकता – हस्त बहादुर केसी

राजनीति, विचार, शिक्षा
 "उनको नाउँ र कार्य युगयुगान्तरसम्म जीवित रहनेछन् ।"                                            - फ्रेडरिक एंगेल्स सन १८८३ मार्च १४ का दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एउटा अपुरणीय क्षतिको घटना घटित हुन पुग्यो । त्यो घटना थियो - विश्व सर्वहारा वर्गका महान् नेता तथा मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको देहावसान भएको दिन । त्यस दिन  मानव समाजको , विश्व सर्वहारावर्गको सबैभन्दा शक्तिशाली मस्तिष्कले विचार गर्न छोडेर कुर्सीमा निदाएको थियोे । यसरी मार्क्सले यस धर्तीबाट बिदा लिएको आज १४१ वर्ष पुरा भएको छ । र विश्व सर्वहारा वर्गले आज महान् दार्शनिक कार्ल मार्क्सको १४१ आौं स्मृति दिवस भव्यताका साथ मनाउन गइरहेका छन् ।       कार्ल मार्क्स जन्म   ५ मई १८१८ मा जर्मनीको ट्रियर शहरको एक वकिल परिवारमा भएको थियो । सन १८४८ फेब्रुअरी २१ का मार्क्स र एंगेल्सद्वारा कम्युनिस्ट लिगको तर्फबाट लण्डनबाट ...
मार्क्सको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले निकाल्यो विज्ञप्ति

मार्क्सको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले निकाल्यो विज्ञप्ति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : चैत्र १ गते अर्थात् मार्च १४ तारिक मार्क्सवादी दर्शनका आविष्कारक कार्ल मार्क्सको निधन भएको दिन हो । त्यसैले आजको दिनलाई संसारका किसान र मजदूरहरुले स्मरण गर्दै आएका छन् । यसै अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कार्ल माक्र्सलाई स्मरण गरेको छ । सो संगठनका तर्फबाट अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै कार्ल मार्क्सको निधन भएको १४१औं जन्मदिनको अवसरमा स्मरण गर्दै मार्क्सको योगदानलाई स्मरण गरेका छन् । यस्तो अध्यक्ष केसीद्धारा जारी गरिएको विज्ञप्ति : १४ मार्च १८८३ । आज मार्च १४ हो । आजकै दिन अर्थात् सन १८८३ मार्च १४ दिन वैज्ञानिक साम्यवादका सिद्धान्तकार, सर्वहारा वर्गको मुक्तिको सिद्धान्त  मार्क्सवादका प्रतिपादक, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका अन्वेषक कार्ल  मार्क्सको देहावसान भएको थियो । आज  मार्क्सको देहावसान भएको १४१ वर्ष पुरा भएको छ । उह...
आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, शिक्षा
बिषय प्रवेश :अहिले जाजरकोट सदरमुकाम खलंगाको बजारमा अतिक्रमित जग्गामा बनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता नम्वरहरुमा रहेका जग्गाहरुको क्षेत्र तोकेर ती क्षेत्रमा वनेका घरटहराहरु भत्काउन सार्वजनिक सुचना जारी गरेपछि यहाँ विभिन्न थरिका हल्लाहरु फैलिएका छन् ।स्थानीय प्रशासनको सुचना, अख्तियारको फैसला,गृहमन्त्रालयको पत्र र विभिन्न समयमा वसेका जिल्ला स्तरका सर्वदलीय तथा सर्वपक्षीय वैठकहरुले पनि विकल्प नदिएर गरेका निणर्यहरुका आधारमा स्थानीय प्रशासन अघि वढेको छ । जाजरकोट सदरमुकाम खलंगाको वजार क्षेत्रमा अहिले भर्खरै भन्दा पनि तीस चालिस वर्...
तिमी आइरहनु है :- सत्या पहाडी

तिमी आइरहनु है :- सत्या पहाडी

कविता, विचार, शिक्षा
कविता : आमा प्रति समर्पित । आज पनि देखिरहेकी छु दुर क्षितिजमा फैलिएको घना बादलकालाई च्यातेर टिलपिलाइरहेछ एउटा तारा स्मृतीको चिमनीबाट मनभरी चियाउँदै कल्पना गर्छु तिम्रो अनुहार जस्तै चम्किलो छ हरेक अन्धकारलाई चिर्न सक्ने निरासताको पर्दा छेडेर हरेक मन मस्तिष्कमा आशाको प्रकाश भई छुन सक्ने ओइलाएका पुष्पहरुमा वहार छर्न सक्ने आँचलमा अगालेर बात्सल्यता भर्न सक्ने उज्यालोको अद्भुत अनुभुती मन भरी हुन सक्ने अजर अनि अमर तिमी त्यही तारा हौं हर मनहरुमा हर जंघारहरुमा जोस बनेर जगाइरहने स्मृतीको अमिट विम्व हौ तिम्रो प्रतिविम्व त के वन्न सकुला र तिम्रो अभावमा आउने ऐठनहरुलाई नियन्त्रण गर्दै तिम्रो यादको आगनमा सजाइरहेकी छु तिम्रो तस्वीर कहिले कहि जिन्दगीका भिर र पिर पखालेर दृढताको मन धोइरहेकी हुन्छु तिमीलाई गुमाएको पल मेरो खुशी खोसिएको क्षण भाव विहलताको औसी च्यातेर सम्झाना...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता ब्यक्त गरेकाे छ । केन्द्र का अध्यक्ष हस्तबहादुर केसिद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै ११४ ओैं अन्तर्राष्ट्रिय महिला दिवसप्रति ऐक्यबद्धता जाहेर गरेकाे हाे । विज्ञप्तिमा भनियकाे छ , "आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन । आज संसारभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरुले ११४ आौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस  अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको ११४ ओैं अन्तर्राष्ट्रिय महिला दिवसप्रति विश्वभर क्रियाशील हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दछ ।" आजसम्म पनि विश्वभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरु एकातिर वर्गीय रुपले र अर्कोतिर जातीय , क्षेत्रीय  लिंगीय , धार्मिक तथा पृति...
म बाँचुन्जेल उथलपुथल भईराख्छ : प्रधानमन्त्री -प्रचण्ड

म बाँचुन्जेल उथलपुथल भईराख्छ : प्रधानमन्त्री -प्रचण्ड

Breaking News, राजनीति, राष्ट्रिय, विचार
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल"प्रचण्ड"ले आफू नमर्दासम्म उथलपुथल भइराख्ने बतायका छन् । सोमबार काठमाडौंको भृकुटीमण्डपमा स्थित राष्ट्रिय सभा गृहमा सहिद प्रतिष्ठान नेपालले आयाेजना गरेकाे "शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति" विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताए । प्रधानमन्त्रीले भने-"आजको दिन विशेष दिन, नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ"। उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै भने,‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।’ उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको पनि बताए ।‘निरन्तरतामा रमाएर स्थिरता...