स्वास्थ्यमा समायोजन काज,यसका असर र समाधानका बिकल्पहरु:
समायोजन काज के हो?
खासमा यो समायोजन काज के हो? -भन्ने बिषयमा नै बिबाद रहेको छ। समायोजन ऐन २०७५ बमोजिन समायोजन भएर कुनै स्वास्थ्यकर्मी संघ तीर लागे,कोही प्रदेश तिर लागे,कोही मन नलागी नलागी भएपनी स्थानीय तह तिर लागे । समायोजन मा बिबिध समस्या देखा परे,ति समस्या केही हद सम्म समायोजन मिलान ले समाधान गर्दै थियो । समायोजन ले निम्त्यायका समस्याहरु पुर्ण रुपमा समाधान पनि भएका थियनन् । समायोजनमा नै फाजिल पारीयका हरुको ब्यबस्थापन भएकै थियन । त्यसपछी नंया समस्या समायोजन काज ले निम्त्यायो ।समस्याहरुको समाधान प्राथमीकताका आधारमा गर्दै जानु पर्नेमा बिगतका समस्याहरुलाइ यथाबत राखेर नंया समस्या को सिर्जना गरीयो त्यो हो समायोजन काज।
खासमा हरेक कर्मचारी घरपाएक अथवा सुगममा सरुवा भएर जान चाहान्छ ।घर परिवार ब्यबस्थित गर्दै सेवा लाइ निरन्तरता दिन चाहान्छ । घरमा आमा बाबु हरुको स्याहार सुसार गर्दै छोरा छोरीहरुको ...