११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी युवा संगठनले गर्याे नेपालका प्रमुख प्रशासकीय भवन अगाडि अर्धनग्न भयर विराेध प्रदर्शन

काठमाडौं :माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज नेपाल सरकारकाे प्रमुख प्रशासकीय भवन भित्रै प्रवेश गरेर निषेधित क्षेत्रमा अर्धनग्न भएर विराेध प्रदर्शन गरिएकाे छ।साेमबार दिउसाे २ बजे तिर क्रान्तिकारी युवा संगठन, नेपालका नेता कार्यकर्ताहरुले सिंहदरबार भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेट, प्रधानमन्त्री निवास बालुवाटार परिसरभित्र सचिवालयकाे मूल गेट, सर्वाेच्च अदालतकाे मुलगेट, नयाँ बनेश्वर स्थित संसद भवनकाे मूलगेट, मन्त्री निवास हरिहरभवनकाे मूलगेटमा एकसाथ अर्धनग्न भएर विराेध प्रदर्शन गरेका थिय।

पाँचै स्थानमा गरिएका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर सिंहदरबारभित्रबाट ३ जना, सर्वाेच्च अदालतबाट २ जना, संसद भवनबाट तीनजना, हरिहरभवन मन्त्रीक्वार्टरबाट ३ जना, बालुवाटारबाट ३ जना गरी १४ जना युवाहरुलाई प्रहरीले अर्धनग्न अवस्थामा गिरफ्तार गरेकाे छ ।विराेध प्रदर्शनकाे क्रममा उनीहरुले “युवा मार्न पाइदैन, दलाल संसदीय व्यवस्था चाहिदैन” भन्दै नाराबाजी गरेका थिए ।

विराेध प्रदर्शनकाे केही समय पछि प्रहरीले गरेकाे हस्तक्षेप र गिरफ्तारीकाे विषयमा युवा संगठनले प्रेस विज्ञप्ती जारी गरेकाे छ ।

संयोजक भट्टले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “अन्यथा हाम्रो सङ्गठन थप सशक्त सडक सङ्घर्षमा होमिन बाध्य हुनेछ ।”

वक्तव्यमा भनिएको छ, “गिरफ्तार हुने कमरेडहरूमा सङ्गठनका कार्यालय सदस्य क. भुवन रम्तेल, सचिवालय सदस्यहरू क. वसन्त भण्डारी, क. दीपेन्द्र ऐर, क. निश्चल गर्तौला, क. सुलभ तिमिल्सिना, क. प्रकाश शर्मा, क. पद्म हमाल, क. विकल्प लामा तथा केन्द्रीय सदस्यहरू क. तिलक वयक, क. बिलबहादुर तामाङ, क. सूर्य परियार, क. गोपाल विक, क. राजकुमार तामाङ, क. हरि घर्ती र क. आकाश कार्की हुनुहुन्छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा गिरफ्तार नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको माग गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन थप सशक्त सडक सङ्घर्षमा होमिन बाध्य हुनेछ ।” वक्तव्यमा भनियकाे छ ।

विज्ञप्ति हेर्नुहाेस :