सन्दर्भ,१३१ ओैँ माओ जयन्ती :
सन १९६६ देखि १९७६ सम्म एक दशक अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता , चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष , नयाँ जनवादी क्रान्तिका विचारक तथा पहिलो प्रयोगकर्ता एवम् माओवादका प्रवर्तक माओ त्सेतुङको नेतृत्वमा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरियो । यसको मुख्य उद्श्य चिनियाँ कम्युनिस्ट पार्टीको माथिल्लो तहमा सत्ताको पदमा पुगेका दक्षिणपन्थी संशोधनवादी एवम् ख्रुश्चोवका चेलाहरुलाई परास्त गर्नु रहेको थियो । अर्थात् महान् सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वलाई सुदृढ तोल्याउन , पुँजीवादको पुनर्स्थापनालाई रोक्न वैज्ञानिक समाजवको निर्माणलाई समयानुकूल अगाडि बढाउन र विकास गर्ने रहेको थियो । र , सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिलाई निरन्तर जारी राख्ने उद्श्यले सञ्चालन गरिएको थियो ।सन १९४९ मा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । महान् चिनियाँ नयाँ क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक युगान्तकारी परिघटना थियो । त्यसपछि चीनमा जनताको जनवादी अधिनायकत्व कायम गरियो । त्यस चरणमा नयाँ जनवादी क्रान्तिको चरण मुख्य रुपले समाप्त भयो । त्यसपछि वैज्ञानिक समाजवादी क्रान्तिको चरण शुरु भयो ।