६ बैशाख २०८२, शनिबार

राजनीति

श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल : पाल्पामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको विशेष जिल्ला भेला सम्पन्न भएको छ । सनिवार  पाल्पाको तानसेनमा उक्त बिशेष जिल्ला भेला सम्पन्न भएको हाे। भेलामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय बिशेष भेलाले पास गरेको निति तथा कार्यक्रम कार्यवन्यन गरेर जाने निर्णय गर्दै सम्पन्न गरेको छ । बिशेष भेलाले हेमन्तकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति र युवा, महिला, मजदुर, विद्यार्थी, मगर लगायतका जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । साथै भेलाले २३ सदस्यीय जनसंघर्ष समिति समेत निर्माण गरेको छ । भेलाको अध्यक्षता हेमन्त, संचालन प्रकाश, प्रमुख अतिथि दिग्दर्शन र अतिथि केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष मानध्वज श्रेष्ठकाे उपस्थिति रहेको थियो ।...
भारती प्रधानमन्त्रीले दिय राजिनामा

भारती प्रधानमन्त्रीले दिय राजिनामा

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विचार, समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।राष्ट्रपति द्रौपडी मुर्मुलाई बुधबार दिउँसो भेटेर प्रधानमन्त्री मोदीले राजीनामा बुझाएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको छ। मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन्। राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन्।भारतमा जुन ८ तारिखसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री रहनेछन्। जुन ८ मा त्यहाँ भारतमा नयाँ सरकार गठन हुनेछ। भारतको लोकसभा निर्वाचनको मतपरिणाम मं‌गलबार सार्वजनिक भएको थियो।मतपरिणाम आएसँगै त्यहाँ नयाँ सरकार गठनका लागि दुई गठबन्धनबीच छलफल भइरहेको छ। भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउन सकेको छैन। तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ।बहुमत र सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ। सरकार गठनका लागि एनडिए गठबन्...
श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

श्रमिक कम्युनिस्ट पार्टी नेपाल,पार्टीकाे नाम घाेषणा, संयाेजकमा सिंह

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट बिद्रोह गरेका नेताहरुले विशेष भेला गरि  पार्टीको नाम घाेषणा गरेका छन । जेठ १७- १९ गते सम्मा काठमाडौंमा आयाेजना गरियकाे कार्यक्रममा पार्टीको नाम "श्रमिक कम्युनिस्ट पार्टी नेपाल" राखेका छन । पुर्व बिद्यार्थी अध्यक्ष तथा युवा नेता पुर्ण बहादुर सिंह समरजंगकाे संयोजकत्वमा ४५ सदस्यीय केन्द्रीय कमिटी र मानध्वज श्रेष्ठ रिमकाे संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय सल्लाहकार कमिटि निर्माण गरेका छन । कार्यक्रममा देशै भरिबाट प्रतिनिधिमुलक सहभागीता रहेकाे थियाे। "नव ओैपनिवेशिक पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गराै ! वैज्ञानिक समाजवादी जनक्रान्तिकाे दिशामा अघि बढाैँ!!भन्ने मुल नाराका साथ आगामी कार्यक्रम वैज्ञानिक समाजवादी जनक्रान्ति नै रहने एक नेताले बताय । २४ बुदे समसामयिक प्रस्ताव , -१३ बुदे आचारसंहिता एक दर्जन भ...
प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक  विस्वासकाे मत प्राप्त भयकाे छ

प्रधानमन्त्री प्रचण्डलाई संसदमा चाैथाे पटक विस्वासकाे मत प्राप्त भयकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् ।  प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास छ भन्ने पक्षमा -१५७ मत र बिपक्षमा -० मत खसेकाे हाे  ।१५८ जना सांसद मतदानमा सहभागी भएकोमा प्रधानमन्त्रीको विपक्षमा भने कसैले मतदान गरेनन् । एक जना सांसद तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम चौथो पटक विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो । तर योपटक विश्वासको मत लिन उनले विपक्षीको अवरोध झेल्नु पर्याे । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि ला...
नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

Breaking News, राजनीति, विचार, शिक्षा
काठमाडौं : नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार भएको अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय संयाेजक नवराज भट्टले बतायका छन् । जेठ १ गते विद्यार्थी दिवसका सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै भट्टले भने- "नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । विद्यार्थी आन्दोलनले राणा, पञ्चायत र राजतन्त्र बढार्याे ।" उनले थप भनेका छन -सर्वप्रथम ६० औं विद्यार्थी एकता दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।माेहन वैद्य नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका संयोजक भट्टद्वारा जारी वक्तव्य जस्ताको त्यस्तै -"नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । व...
वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र शन्त बहादुर नेपाली नेतृत्वको नेकपा मशाल बिच पार्टी एकता सम्पन्न भयकाे छ । बुधबार मई १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन काठमाडौंमा दुई पार्टी बिच एकता भई पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने घाेषणा गरियकाे छ। एकता अधिवेशनबाट पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पारित गरिएको छ । पार्टीको नेतृत्वमा संयोजक र सहसंयोजक रहने प्रणाली बनाएको छ । एकता अधिवेशनले नव गठित पार्टीको संयोजकमा मोहन वैद्य किरण, बरिष्ठ नेतामा सिपी गजुरेल र सहसंयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला रहने सहमतिलाई पनि पारित गरेको छ । एकता अधिवेशनले २५ जनाको कार्यालय सदस्य , १०८ जनाको सचिवालय र ३१९ जनाको एकता महाधिवेशन आयोजक समिति बनाएको छ भने कार्यालय सदस्यहरुबाट सात जना रहेको ‘कार्य सम्पादन मण्डल’ पनि बनाएको छ ...
वैद्यकाे एकतालाई अस्वीकार गर्दै भारतमा पनि फुट, ४१ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन

वैद्यकाे एकतालाई अस्वीकार गर्दै भारतमा पनि फुट, ४१ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल समर्थित अन्तर्राष्ट्रिय विभाग अन्तर्गत भारतमा रहेको प्रवासी संगठनले एकता अस्वीकार गरेको छ ।अखिल भारत प्रवासी नेपाली एकता समाज फुटेर भक्त पुनकाे संयाेजकत्वमा ४१ सदस्यीय नेपाली एकता समाज भारत केन्द्रीय समिति पुनर्गठन गरेको छ ।बुधबार मई १ का दिन नेपालमा शन्त बहादुर नेपाली नेतृत्वको पार्टी नेकपा मशाल संग पार्टी एकता चलिरहेकै वेला उता भारतमा नेपाली एकता समाज भारत केन्द्रीय समितिको भेला तथा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भयकाे थियाे । केन्द्रीय उपाध्यक्ष शाेभाकर अधिकारीको अधक्ष्यतामा सम्पन्न  उक्त केन्द्रीय भेला सम्पन्न भएको पुनर्गठित संगठनका महासचिव सुरज कुमारले जानकारी दिय। उक्त संगठनका केन्द्रीय नेताले भन्ने "वैद्यले एकताकाे नाममा क्रान्तिकारी आन्दोलन भुत्ते बनाउन लागेका हामीले निरन्तर क्रान्तिका लागि साथ दिन यस...
पाल्पा जिल्ला संयाेजक सहित सिंगाे कमिटि वैद्य संग नरहने घाेषणा

पाल्पा जिल्ला संयाेजक सहित सिंगाे कमिटि वैद्य संग नरहने घाेषणा

Breaking News, राजनीति, विचार, समाचार
पाल्पा : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पा जिल्ला संयाेजक दिग्दर्शन सहित सिंगाे टिमले बिद्रोह काे घाेषणा गरेकाे छ ।मंगलबार एक विज्ञप्ति जारि गर्दै सिंगाे जिल्ला कमिटिले पार्टीकाे कुनै सदस्य समेत नरहने जनायकाे छ । पार्टीका सहसंयाेजक र बिद्यार्थी अध्यक्ष बाहेक सबैले बिद्रोह गरेकाे एक जिल्ला नेताले बताय । विज्ञप्तिमा भनियकाे छ :"व्यवहारले दर्शनलाई चुम्नेछ, दर्शनले सिद्धान्तलाई चुम्नेछ, सिद्धान्तले कार्यदिशालाई चुम्नेछ, कार्यदिशाले संगठनलाई चुम्नेछ, संगठनले विजयलाई चुम्नेछ, विजयले हामीलाई फेरि नयाँ व्यवहारमा पुनः फर्काउछ। हामी नत वस्तुवादि भयौ, नत व्यवहारिक भयौं, नत विजयी केही पनि हुन सकेनौं। पार्टीमा २०८० मंसिर देखि रुपान्तरणको महान प्रक्रिया शुरु गर्दै पुनः लिखित रुपमै ९ वटा जिल्ला र दुईवटा जबस मोचर्चामा रहेका ३१ जना प्रदेश संगठन समितिका सदस्य हामीहरुल...
माेहन वैद्यसंग अलगीए, सिंह लगायतका प्रभावशालि नेताहरु

माेहन वैद्यसंग अलगीए, सिंह लगायतका प्रभावशालि नेताहरु

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट सचिवालय सदस्य लगायतका शिर्ष नेताहरु अलगियका छन्। पार्टीका सचिवालय सदस्य तथा युवा नेता पुर्ण बहादुर सिंह ‘समरजङ’,स्कुलिङ्ग बिभागका प्रभावशाली नेता तथा लेखक खेम थपलिया, प्रकाशन बिभागका सह सयाेजक अशाेक सुवेदी, किसान संगठनका सह- सयाेजक हरि श्रेष्ठ , मजदुरका सह -संयाेजक बिनाेद थापा, बिद्यार्थी नेता नवराज भट्ट , केन्द्रीय सदस्य माधव गाैतम, रण बहादुर बि.क. सहितको टिमले बिद्रोह गरेको हो। साेमबार राजधानीमा आयोजित विशेष पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएकाहुन ।एक वर्ष अगाडी नेकपा बहुमत र क्रान्तिकारी माओवादी एकताबाट बनेको उक्त दल ठिक एक वर्षमा फुटेको हो । पार्टी एकतापछी जनताका मुद्दाहरूमा छलफल केन्द्रित नभएर अमुक नेताका आ-आफ्ना मान्छे सेटिङ्गगर्न किचलो र झगडा बढी भएको भन्दै नेता सिंहको नेतृत्वमा गत पौषमा ७ बुद्दे मागपत्र पा...
ईलाम २ काे उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी

ईलाम २ काे उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको हाे। नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प...