काठमाडौं :सिके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन्।
उनले मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेखेकी छन्।
उक्त पत्र सभामुखकहाँ पुगिसकेको छैन। तर सामाजिक सञ्जालतिर उनले दिएको राजीनामा पत्रको चर्चा छ।
राजीनामाबारे सोध्न खोज्दा सांसद गुरूङसँग सम्पर्क हुन सकेन, उनको फोन अफ छ।
गुरूङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्।
सांसद गुरूङले सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ।