काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सुचिवाट हटायकाे छ ।आज निर्वाचन आयाेगकाे कार्यलयमा समानुपातिककाे नाम पेस गर्दा महराकाे नाम हटाईयकाे एक नेताले बताय ।
१७ असोज, काठमाडौं/
पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम ट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’
यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए ।
२०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’
चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राज...
१६ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।
इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।...
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सत्ता गठबन्धन काे सिटका लागि अझै टुंगोमा पुगेकाे छैन ।प्रतिनिधि सभाका लागि माओवादी केन्द्र काे दाबि छ भने , प्रदेश क. र ख. दुबै का लागि नेपाली कांग्रेस काे दाबि रहेकाे एक नेताले बताय ।
१४ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले मार्ग परिर्वतनको प्रस्ताव खारेज गरेको छ । शुक्रबार बसेको पार्टी बैठकले यो प्रस्ताव खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
१३ साउन २०७९ मा तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक मार्ग परिर्वतनको प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावमा संघीयता खारेज, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने उल्लेख थियो ।
सुरुमा मिश्रले बहसका लागि भन्दा यो प्रस्ताव ल्याएका थिए । तर मिलन पाण्डे पक्षले विरोध गरेपछि पार्टीमा बहुमतका आधारमा यसलाई अनुमोदन गराइएको थियो । मिश्र राप्रपातिर लागेपछि विवेकशील साझाले भने मार्ग परिर्वतनको प्रस्ताव नै खारेज गरेको छ ।
यससँगै मिलन पाण्डेसहित पार्टी बाहिर रहेको समूहसँग एकता गर्ने बाटो खुलेको एक नेताले बताए । यसका लागि बिहीबारदेखि नै छलफल सुरु भएको उनले सुनाए ।
 ...
सियोल, उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।जेसीएसले विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेका दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको जनाएको छ।
उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुई पटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। रासस/सिन्ह्वा
...
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ‘सिटिइभीटी’ उपाध्यक्ष र सदस्य सचिव सहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र भट्टराई र सदस्य सचिव जीव नरायण काफ्लेको कार्यकक्ष सहित स्तर उन्नती शाखामा समेत बुधवार तालाबन्दी गरेको हो ।
संगठनको तर्फबाट सिटिइभिटीलाई बुझाईएको आठ बुदे मागपत्रको बारेमा सुनवाई नगरेको, वर्ष दिब भैसक्दा समेत परिक्षाफल प्रकाशित नगरेको, स्तर उन्नतिका नाममा आर्थिक चलखेलका आधारमा ४१ ओटा कलेजमा Program Extension गरेकोले, पछिल्लो समय वैधानिक भ्रष्टाचारको केन्द्रको रुपमा स्थापित भएकोले तालाबन्दी गरिएको सङ्गठनका केन्द्रीय सचिब तथा विश्वविद्यालय-सिटिइभिटी विशेष क्षेत्र इन्चार्ज नवराज भट्टले जानकारी दिए ।
त्यस्तै छात्रवृत्तिमा व्यापक अनियमितता र अपारदर्शीता भएकोले...
चितवन : नेकपा (बहुमत) चितवनले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले बिचौलियाहरूको मिलोमतोमा भारतबाट दूषित माछा ल्याएर खुलेआम बेचिरहेको भन्दै त्यसका विरुद्ध नेपाल मत्स्य व्यवसायी सङ्घले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ ।
नेकपा (बहुमत) चितवनका संयोजक विजय शर्माले विज्ञप्ति जारी गरी नेपाली उपभोक्ताको माग र आवश्यकताअनुसार गुणस्तरीय माछा उत्पादनका लागि नेपाली मत्स्य व्यवसायीहरू सक्षम रहेको अवस्थामा भारतबाट निकासी हुने हानिकारक विषादीको प्रयोग भएका, बिचौलियाका आडमा आएको माछाले नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने निश्चित रहेकाले यस्ताखाले माछा प्रवेश नगराउन सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन् ।
संयोजक विजय शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) राष्ट्रियता, जनजीविका र जनतन्त्रका लागि निरन्तर सङ्घर्षरत रही दलाल संसदीय व्यवस्थाक...
काठमाडौँ : विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ताले क्रान्ति बिसाउने, धोका दिने वा क्रान्तिविरोधी सम्झौता गर्ने सर्तमा आफूहरू रिहा नहुने बताएका छन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टीका शीर्ष जिम्मेवारीका नेताहरू बिहीबार आफूहरूलाई भेट्न आउँदा विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका पार्टीका नेता–कार्यकर्ताले आफूहरू विचार र राजनीतिप्रति दृढ रहेको र पार्टी नेतृत्व पनि दृढ भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, कार्यालय सचिव गुणराज लोहनीलगायत पार्टी नेता राजबन्दीसँग भेटघाट गर्न बिहीबार काठमाडौँ र ललितपुरस्थित विभिन्न कारागारमा पुगेका थिए । नेकपा (बहुमत) का नेताहरूले काठमाडौँ सुन्धारास्थित केन्द्रीय कारागार, भद्र बन्दीगृह र ललितपुरस्थित नख्खु कारागारमा रहेका आस्थाका बन्दीलाई भेटेका हुन् । प...
१३ असोज, काठमा डौं। नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने ज्ञवालीले बताए ।प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ ।...