११ श्रावण २०८१, शनिबार

निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु, तपाईं नि? : केपि शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेन्डामा आधारित लाइभ डिबेटका लागि आफू तयार रहेको बताएका छन्।

अमेरिकासहितका पश्चिमा राष्ट्रहरुमा हुँदै आएको ‘लाइभ टेलिभिजन लाइभ’ का लागि आफू पनि तयार रहेको ओलीले बताएका हुन्।

उनलले सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले यसका लागि आग्रह गरेको भन्दै आफू तयार रहेको उल्लेख गरेका हुन्।

सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ’, उनले भनेका छन्, ‘धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ।’

उनले निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको  बताएका छन्। ‘म त यसका लागि तयार छु, देउवाजी नि?’, उनले प्रश्न गर्दै भनेका छन्।