११ श्रावण २०८१, शनिबार

भारतमा हेलिकप्टर दुर्घटना :

मंगलबार विहान उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गरुडचटी भन्ने ठाउँमा हेलिकोप्टर दुर्टना भएको थियो। भारतीय राष्ट्रपतिद्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएकाहरुप्रति संवेदना प्रकट गरेका छन्
भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार दुर्घटनामा पाइलट र ६ जना यात्रुको मृत्यु भएको हो।
प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरका अनुसार मृत्यु हुनेमा पाइलट अनिल सिंह, पूर्व रामानुज, कृति, उर्भी, सुजाता, प्रेम कुमार र कलाको मृत्यु भएको हो।

दिल्लीस्थित आर्यन एभियसनको हेलिकोप्टर कम भिजिबिलिटीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको समाचार एजेन्सी एएनआईले जनाएको छ।