११ श्रावण २०८१, शनिबार

चिनियाँ राजदूत यान्छीले राष्ट्रपतिसँग गरिन् बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्।

राष्ट्रपति भवनमा भएको शिष्टाचार बिदाइ भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

होउ सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन्।

चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किन लागेकी उनले नेपालमा उच्चस्तरीय भेटघाट गरिरहेकी छन्।