१० असार २०८१, सोमबार

बाम शक्तिलाई एकताबद्ध गरेर लिनु पर्छ : माधवकुमार नेपाल

 

प्रस्तुत छ; सत्ता गठबन्धन, चुनाव र चुनावपछि हुने सत्ता गठबन्धनबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश

चुनावको तयारी कस्तो छ ?

चुनावको तयारी अगाडि बढिरहेको छ । गठबन्धन दलहरूबीचमा कतिपय विषयमा छलफल चलिरहेको छ । आइतबार मात्रै हामीले चुनावको सम्बन्धमा हाम्रो मान्यता के हो ? हाम्रो प्रतिबद्धता के हो ? हामी कुन सोचका साथ अघि बढ्न चाहन्छौं ? विकास निर्माणको कामलाई कसरी गति दिन्छौं ? भनेर तीन दलको तर्फबाट साझा प्रतिबद्धता जारी गरेका छौं ।

हामीले गठबन्धनका साझा उम्मेदवार तय गरेका छौं । कतिपय ठाउँमा विद्रोहीहरू खडा भएका छन् भने कतिपय ठाउँमा एकभन्दा बढी उम्मेदवार भएका छन् । काठमाडौं १० (ख) मा रमा आलेलाई दिने भनेर टुंगो भएको हो, फेरि अर्का उम्मेदवार खडा भएका छन् । थुप्रै ठाउँमा मिलाउनुपर्ने छ । तर उम्मेदवारहरू मैदानमा उत्रिसक्नुभएको छ । म आफैं पनि जनताको माझमा पुगेको छु । मैले अहिलेसम्म रौतहट र काठमाडौंलाई छनोट गरेको छु, दुवै ठाउँबाट जितेको पनि छु । यसपटक रौतहटवासीले आग्रह, मायालाई ध्यानमा राखेर काठमाडौं–२ ओनसरी घर्तीलाई सुम्पिएर रौतहट–१ मा चुनावी मैदानमा छु ।

तपाईंकै चुनावी भिडियो हेरेका थियौं, जनताको जीवनस्तर सुधार्ने, गरिबी निवारण गर्ने जस्ता नारा दिनुभएको रहेछ । यस्ता नारा २०४८ सालमा पनि थिए, अहिले पनि छन् । कहिलेसम्म यस्तै नारा दिएर चुनाव लडिरहने ?

जनताका चाहना अनन्त हुन्छन् । तर हामीले त्यसको प्राथमिकता क्रम छुट्याउनुपर्छ । प्राथमिकता छुट्याउँदा पहिला आउँछ— भोकमरीबाट मुक्ति । अन्तरिम संविधान २०६३ मा खाद्य संप्रभुताको विषय प्रवेश गराउने म नै हुँ ।

२०५१ सालमा म सरकारमा थिएँ । त्यतिखेर केके गर्‍यौ भनेर सोध्न सक्नुहुन्छ । सरकारको प्रधानमन्त्री भएर के–के जिम्मेवारी पूरा गर्नुभयो भनेर मलाई सोध्न सक्नुहुन्छ । दुनियाँले सम्झिने वृद्धभत्ता नेपालमा प्रवेश गराउने पार्टीको नेता म आफैं थिएँ । सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गरेको मात्रै होइन, ६९ हजार मानिसलाई जग्गा वितरण गर्ने काम हामीले गरेका थियौं । हामीले नै अपाङ्गता भएका र एकल महिलालाई भत्ता सुरु गरेका थियौं । आफ्नो गाउँ आफैं बनाऊँ भन्ने अभियान सुरु गरेका थियौं ।

२०६६ सालमा प्रधानमन्त्री भएपछि शान्ति प्रक्रिया, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माणमा मैले गरेको काम सोध्न सक्नुहुन्छ । निजगढ विमानस्थल बनाउनुपर्छ भनेर निर्णय गर्ने प्रधानमन्त्री म नै हुँ । काठमाडौंबाट तराईसम्म फाष्ट ट्रयाक रोड शिलान्यास भएको मेरै समयमा हो । लुम्बिनी र पोखरामा विमानस्थल निर्माण अघि बढाउने काम मेरै बेलामा भएको हो । त्यसैले हामीले यसै समय विताएर बसेका थिएनौं, घुस खाएर बसेका होइनौं । जे गरेका छौं; देश र जनताका लागि गरेका छौं ।

>काठमाडौं–२ को साँखु–जोरपाटी सडकखण्डका नागरिकले दुःख पाउन पनि छोडेका छैनन् !

दुःख पाइरहेका छन् । म आफैंले मन्त्रीलाई लगिन कि; सचिव, डिजी र ठेकेदारलाई लगिन ? कोर्रा लगाउँदा पनि काम हुँदैन भने के गर्ने ? जति काम भएको छ, सजिलै भएको छैन । प्रत्येक पटक दबावले भएको छ । कतिपय ठेकेदारले राम्रै पनि गरेका छन्, ढिलाइ गर्ने ठेकेदारलाई के भन्नु ? निन्दा गर्न चाहन्छु भन्नु कि के भन्नु ? हाम्रो शासन प्रणालीमा भ्रष्टता व्याप्त छ । भ्रष्टीकरणका कारण कानुनको राम्रो कार्यान्वयन भएको छैन । किनकि ती व्यक्तिबाट पैसा खाइन्छ, उनीहरूलाई कारबाही गर्ने आँट गरिएन ।

तपाईं पनि त कानुन बनाउने, कार्यान्वयन गर्ने सत्ता र शक्तिकै वरिपरि त हुनुहुन्थ्यो ?

त्यही भएर त पार्टीमा विवाद गर्नुपर्‍यो । केपी ओलीले चासो नदिएपछि संसद्मै गीत गाउनुपर्‍यो । साँखुदेखि चाबहिलसम्मको बाटोको हालतबारे मैले संसद्मा आवाज उठाएको होइन र ? त्यो आवाज उठाएबापत ओलीले ममाथि वक्रदृष्टि लगाएको होइन र ? उनीमा निरंकुशता बढ्दै गएपछि पार्टीमा द्वन्द्व बढ्यो । हामी यसै बसेका थियौं र ? राजनीतिक भविष्य दाउमा राखेर सुशासन, परिवर्तन, जनताका निम्ति आवाज बुलन्द गरेका थियौं ।

विगतमा एमालेमा रहँदा गरेको कामलाई उपलब्धिका रूपमा सुनाउनुहुन्छ, चुनाव चाहिं पहिलो पटक सूर्य बाहेकको चिह्नबाट लड्नुपरेको छ, होइन ?

२०४८ को चुनाव संचालन समितिको संयोजक म नै थिएँ । निर्वाचन आयोगमा गएर सूर्य चिह्न पाउनुपर्छ भनेर संघर्ष गर्ने मान्छे म नै हुँ । विडम्बना ! आफ्नो घर अरूले खोसिदियो । संविधान नै मास्न खोजियो, लोकतन्त्रका मूल्य र मान्यतालाई कुल्चिने काम भयो, देशलाई अस्थिरतातर्फ लैजान खोजियो । यस्ता प्रवृत्ति विरुद्ध दृढताका साथ उभिंदा पार्टीबाट निष्कासन गर्न खोजियो ।

मेरासामु दास भएर बस्ने, सन्यासी भएर वनतिर लाग्ने या विद्रोही भएर विकल्पमा जाने तीनवटा विकल्प थिए । मैले जहाँ बसिन्छ, स्वाभिमानका साथ बसिन्छ भनेर व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह रोजेको हुँ । आफ्नो घर छोड्दा कसलाई पीडा हुँदैन र ? तर प्रमुख नेतामा व्यक्तिवाद हावी हुँदा गाह्रो हुने रहेछ । एउटा नेताले गर्दा देश टुक्रिंदो रहेछ । त्यसैले नेताहरूलाई ठाउँमा पुर्‍याउँदा विचार पुर्‍याउनुपर्ने रहेछ ।

>तपाईंहरूले बनाएको नेता हो क्यारे केपी शर्मा ओली…

म त प्रतिद्वन्द्वी हुँ, मैले त चुनौती दिएको हुँ । जुन–जुन साथीहरूले साथ दिनुभयो, उहाँहरू पछुताउँदै हुनुहुन्छ । त्यसबेला मलाई साथ नदिएका कतिपय नेता पछुतो मान्दै हुनुहुन्छ । त्यसबेला वामदेव गौतमले मलाई साथ दिएको भए कुनै हालतमा पार्टी बिग्रिने थिएन । पछिल्लो समय निर्वाचन आयोगले गलत भूमिका नखेलेको भए केपी ओलीलाई टर्च बालेर खोज्नुपर्थ्यो ।
अहिले म ठूल्ठूला कुरा गर्न चाहन्नँ, हामी हाम्रो हैसियतलाई कायम राख्छौं । चौथो दलको हैसियत कायम राख्नुपर्छ भन्ने लाग्छ !
तर यहाँहरू फुटेर गए पनि एमालेको शक्ति त उस्तै देखिन्छ नि !

तानाशाही हुँकार छ, पतन नभएसम्म भइरहन्छ । कि सुध्रिनुपर्‍यो कि पतन । हामी सकारात्मक हिसाबले सोध्छौं, सुध्रिए राम्रो हुन्छ । किनकि हाम्रो लडाइँ व्यक्ति विरुद्ध होइन, प्रवृत्ति विरुद्ध हो ।

स्थानीय चुनाव हेर्दाखेरि त यहाँहरू छुट्टिए पनि एमालेलाई खास घाटा भएको देखिएन नि !

देखिएन र ! स्थानीय चुनावमा कस्तो हालत भयो थाहा छैन र ! अझै कांग्रेस र माओवादीमा अलि संकीर्ण नभइदिएको भए अहिलेको भन्दा पनि १०० पालिकामा घटेर लाजलाग्दो अवस्थामा पुग्नेथियो । त्यसैले हुँकारले हुँदो रहेनछ । नरम हुनु राम्रो हो, संस्थागत परिपाटी मान्नु, सामूहिकताको प्रणाली अपनाउनु राम्रो हो । नेता प्रधान होइन, नीति प्रधान भन्ने मान्यतामा रहनु राम्रो हो ।

>तपाईंहरू भएको गठबन्धन पनि जबरजस्तीकै देखिन्छ; नीति, सिद्धान्त केही मिलेको देखिंदैन !

एउटा विचार मिल्यो । प्रतिगमनको विरुद्धमा, लोकतन्त्रको पक्षमा दृढताका साथ उभिन चाहनेहरू एकठाउँमा पुगेका हौं । हामीले राप्रपासँग त गठबन्धन गरेका छैनौं नि ! प्रतिगमनकारीसँग त गठबन्धन गरेका छैनौं नि !

यो गठबन्धन कहिलेसम्म हो त ?

जबसम्म मान्यताहरूमा मेल हुन्छ तबसम्म ।

त्यो भनेको जबसम्म एमाले कमजोर हुन्न त्यतिबेलासम्म भन्या हो ?

एमालेलाई किन केन्द्रविन्दुमा राख्नु ? जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राख्नुपर्छ । एमालेका विषयमा कति रटान गर्नु ? प्रवृत्ति विरुद्ध जुध्ने कुरा नै मुख्य हो ।

बालुवाटारमा भइरहेको तपाईंहरूको म्याराथन बैठकमा जनता र राष्ट्रको कुरा कहिल्यै केन्द्रविन्दुमा पर्‍यो र ? खालि कसले धेरै सिट लिने, कसरी एमालेलाई जित्ने भन्ने हिसाबकिताब मात्र गरेको होइन र ?

सिटको बेलामा जनताको कुरा हुँदैन, जनताको कुरा हुँदा सिटको कुरा हुँदैन ।

जनताको कुरा केन्द्रमा राखेर कहिले छलफल गर्नुभयो ?

जनताको कुरा केन्द्रमा राखेर छलफल भएको छ । निजगढ विमानस्थलमा हाम्रो प्रधानमन्त्रीजीलाई मैले नै लिएर गएको छु । एयरपोर्टको निरीक्षण गर्न, त्यसपछि निर्णय गर्न लगाएको छु । हामीले गर्दै नगरेको होइन, यो तपाईंहरूलाई थाहा हुनुपर्‍यो । लुम्बिनीको मास्टर प्लानबारे मैले आफैं कुरा उठाएको छु । मैले त देश विकासको सन्दर्भमा आफ्नै मन्त्रीहरूलाई भनेको छु । स्वास्थ्य मन्त्रालयलाई होस् या पर्यटन मन्त्रालयलाई होस्; जनताको कुरा उठाएको छु ।

>स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यहाँहरूकै पार्टीको नेताले सम्हाल्नुभएको छ । डेंगुले यत्रो आक्रान्त भइसक्दा पनि सरकारले खास केही गरेन भन्ने गुनासो छ नि !

हामीले पनि नियन्त्रणका उपाय के–के छन्, सोच्नुस् भनेर पटक–पटक मन्त्रीलाई भनेका छौं । उपचारको बारेमा के छ, संसारमा कस्तो छ खोज्नुस् भनेर भनिएको छ ।

>चुनावमै फर्किंदा चाहिं स्थानीय तहको निर्वाचनका बेला गठबन्धनमा भएको सिटको बाँडफाँट यहाँहरूलाई चित्त बुझेको थिएन । अहिलेको चाहिं चित्तबुझ्दो भागबण्डा हो ?

हामीलाई चित्त बुझेको छैन । तर यो धेरै गुनासो गर्ने बेला होइन, समस्याको हल गर्ने, मिलेर चुनावमा जाने र अधिकतम सिट जित्ने बेला हो ।

>यहाँको आकलन होला नि, चुनावपछि समाजवादी कत्रो दल बन्ला ?

अहिले म ठूल्ठूला कुरा गर्न चाहन्नँ, हामी हाम्रो हैसियतलाई कायम राख्छौं ।

>त्यो भनेको  ?

चौथो दलको हैसियत कायम राख्नुपर्छ भन्ने लाग्छ ।
संयुक्त घोषणापत्र लिएर जानुहुन्छ कि छुट्टाछुट्टै ?

साझा प्रतिबद्धतापत्र बनायौं, घोषणापत्र एक्लाएक्लै बनाउँछौं ।

त्यसो हुँदा नेकपा एकीकृत समाजवादीले जनताको माझमा के–के विषय लिएर जान्छ ?

देशको अर्थतन्त्रको आधारशिला भनेको कृषि क्षेत्र हो । मैले पटक–पटक भन्ने गरेको छु, चीनले आधुनिकीकरणको अभियानमा प्रवेश गर्दा कृषिलाई पहिलो प्राथमिकता दिएको हो । कृषिको जगमा उभिएर नै उद्योगधन्दाहरू फस्टाउन थाले । नेपालमा पनि ग्रामीण क्षेत्रको विकास र किसानको उत्थान, त्यससँग जोडिएका उद्योगधन्दाहरूको विकासको आधार नै नेपालको अर्थतन्त्रको आधारशिला हुन् । कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणबाट अघि बढ्नुपर्छ । राज्यको लगानी, राज्यले दिनुपर्ने ज्ञान, खेतीको उत्पादकत्व क्षमता बढाउनुपर्छ । उत्पादनमा वृद्धि गर्न मलको कुरा छ, सिंचाइको कुरा छ, बीउबिजनको कुरा छ, त्यसैको अभाव छ ।

दोस्रो, हाम्रो देशको अर्थतन्त्रका दुईवटा इन्जिन छन् । एउटा पर्यटन, अर्को जलविद्युत् । जलविद्युत्को विकास गर्ने हो भने अहिले यति थोरै हुँदा त दुई खर्ब आम्दानी वर्षको हुन्छ भने यदि हामीले १० हजार मेगावाट बिक्री गर्न थाल्यौं भने कति खर्ब बिक्री होला ! भारतमा विशाल बजार छ, बंगलादेश र चीनले माग गरिरहेको छ । ८५ हजार मेगावाट उत्पादन क्षमता भएको देशमा हामीले १५०० मेगावाट पनि उत्पादन गर्न सकेका छैनौं । म प्रधानमन्त्री हुँदा १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने प्रस्ताव ल्याएका थियौं, तर काम अघि बढ्न सकेन । तर पनि नेपालले आफ्नो बिजुली आफैं उत्पादन गर्न सक्छ भनेर तामाकोशी हाइड्रोपावर सुरु मैले नै गरेको हो । साना–साना जलविद्युत्हरू हाम्रै पालामा सुरु भएको हो । त्यसो भएको हुनाले यी सबै कुराहरू जनतालाई हामीले बताउन सकेका छैनौं । अहिले पनि हाम्रो ध्यान त्यस कुरामा छ ।

यस्तै विज्ञान प्रविधिको अधिकतम उपयोगमा हाम्रो ध्यान छ । अनुसन्धान र अध्ययन गर्ने प्रणालीको दिशामा अघि बढ्नुपर्छ । हचुवामा कुनै निर्णय गर्नुहुँदैन । आवश्यकता अनन्त हुन्छ, त्यसको प्राथमिकीकरण गर्नुपर्छ । प्रत्येक लगानीको प्रतिफलको सुनिश्चितता गर्नुपर्छ ।

एमालेभन्दा यहाँहरूको सोच बिल्कुल फरक रहेन नि !

एमालेतिर ध्यानै छैन मेरो । कसले के गरिरहेको छ, थाहा छैन । अरूको बारेमा किन भन्नु ?

एमाले बिर्सिसक्नुभयो ?

आफ्नो काममा ध्यान दिने हो नि !

तपाईंले ध्यान नदिएर के गर्नू ? एकीकृत समाजवादीका नेता कार्यकर्ता एमालेतिर फर्केको फक्र्यै छन् !

मैले पनि सुनें, घनश्याम भूसाल एमालेबाट यता फर्किनुभयो । सुन्दैछु, भीम रावललाई टिकट दिइएन । त्यसो हुनाले को को फर्किंदैछन् भन्ने लिष्ट सुनाइदिन सक्छु ।

>सत्ता गठबन्धनका दलहरूबीच चुनावपछिको भागबण्डा पनि भइसक्यो, राष्ट्रपति एकीकृत समाजवादीलाई दिने भन्ने चर्चा यदाकदा सुनिन्छ, हो ?

त्यो भइसकेको छ र ? मलाई त थाहा छैन ! म रौतहट गएको बेला भएछ कि ? मैले त पहिलोचोटि पो सुन्दैछु त !

चुनावपछि वामपन्थीहरू एकठाउँमा आउने र एमालेसँग पनि मिल्ने संभावना छ कि छैन ?

राजनीतिमा केही पनि असम्भव छैन । तर सम्भव कहिले हुनसक्छ भने जब परिस्थितिले त्यसतर्फ डोर्‍याउँछ, मान्छेको मति सप्रिन्छ, बुद्धि आउँछ । मति बिग्रियो भने के हुन्छ त ? मति सप्रिनेहरू न मिल्छन् । बिग्रिनेहरूसँग अलग हुन्छन् । त्यसैले भोलि के हुन्छ भनेर नभनौं, अहिलेको परिस्थितिमा भन्नुहुन्छ भने यो गठबन्धन कायम रहन्छ ।

यो चुनावपछि माओवादी र समाजवादी चाहिं एक हुन्छन् ?

वाम शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ, विचार मिल्ने जति एक हुनुपर्छ ।
>यो भनेको एमाले बाहेकको कुरा हो ?

अब एमालेको गीत नगाऔं ।
>अन्तिममा फेरि तपाईंकै प्रश्न, जीवनमा सातौं पटक संसद्मा जाने तयारीमा हुनुहुन्छ । यसलाई तपाईंको जीवनको अन्तिम चुनाव हो भनेर हामीले बुझ्दा हुन्छ ।

चुनावको हिसाबले म पाँचौं पटक र संसद्मा प्रतिनिधित्वको हिसाबले अब सातौंपटक हुँदैछ । मलाई पनि ७० वर्ष नाघिसकेपछि कति बसिराख्नु, जिम्मेवारी अरूलाई सुम्पिनुपर्छ कि भन्ने सोच मनमा आएको छ । मैले कमरेड प्रचण्डलाई पनि भनेको छु । ८० नपुग्दै हामी बिदा होऔं । ७० पनि अलि छिटो भयो, ७५ भन्दा पनि पर जाने कुरा नसोच्नु बेस भन्ने मलाई लागेको छ । कहिलेकाहीं त कति कुद्नु यो उमेरमा, अहिले नै दिऊँ जस्तो पनि लाग्छ । तर मान्छेहरूले त्यसरी नभन्नुस् है ! तपाईंले हट्छु भनेर पनि भएन, त्यो अनुसारको जिम्मा लिने मान्छे पनि चाहियो भनिरहेका छन् ।

यहाँहरूले नेतृत्व लिन सक्ने नेताहरू त जति पनि बनाइसक्नुभएको छ नि, होइन र ?

कार्यकर्ताको त संख्याको कुनै समस्या छैन, तर नेतृत्वमा केही क्वालिटी चाहिन्छ । स्वीकार्यता हुनुपर्‍यो । सबैलाई समेटेर लैजान सक्ने हुनुपर्‍यो, संगठनलाई व्यवस्थित गरेर लैजान सक्ने हुुनुपर्‍यो । त्यसैले जिम्मेवारी लिने नयाँ पुस्ता खोजिरहेको छु ।
तपाईंकै चुनावी भिडियो हेरेका थियौं, जनताको जीवनस्तर सुधार्ने, गरिबी निवारण गर्ने जस्ता नारा दिनुभएको रहेछ । यस्ता नारा २०४८ सालमा पनि थिए, अहिले पनि छन् । कहिलेसम्म यस्तै नारा दिएर चुनाव लडिरहने ?

जनताका चाहना अनन्त हुन्छन् । तर हामीले त्यसको प्राथमिकता क्रम छुट्याउनुपर्छ । प्राथमिकता छुट्याउँदा पहिला आउँछ— भोकमरीबाट मुक्ति । अन्तरिम संविधान २०६३ मा खाद्य संप्रभुताको विषय प्रवेश गराउने म नै हुँ ।

२०५१ सालमा म सरकारमा थिएँ । त्यतिखेर केके गर्‍यौ भनेर सोध्न सक्नुहुन्छ । सरकारको प्रधानमन्त्री भएर

के–के जिम्मेवारी पूरा गर्नुभयो भनेर मलाई सोध्न सक्नुहुन्छ । दुनियाँले सम्झिने वृद्धभत्ता नेपालमा प्रवेश गराउने पार्टीको नेता म आफैं थिएँ । सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गरेको मात्रै होइन, ६९ हजार मानिसलाई जग्गा वितरण गर्ने काम हामीले गरेका थियौं । हामीले नै अपाङ्गता भएका र एकल महिलालाई भत्ता सुरु गरेका थियौं । आफ्नो गाउँ आफैं बनाऊँ भन्ने अभियान सुरु गरेका थियौं ।

२०६६ सालमा प्रधानमन्त्री भएपछि शान्ति प्रक्रिया, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माणमा मैले गरेको काम सोध्न सक्नुहुन्छ । निजगढ विमानस्थल बनाउनुपर्छ भनेर निर्णय गर्ने प्रधानमन्त्री म नै हुँ । काठमाडौंबाट तराईसम्म फाष्ट ट्रयाक रोड शिलान्यास भएको मेरै समयमा हो । लुम्बिनी र पोखरामा विमानस्थल निर्माण अघि बढाउने काम मेरै बेलामा भएको हो । त्यसैले हामीले यसै समय विताएर बसेका थिएनौं, घुस खाएर बसेका होइनौं । जे गरेका छौं; देश र जनताका लागि गरेका छौं ।