३० असार २०८२, सोमबार

माैसम

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

Breaking News, माैसम
कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले अपराह्न ४:५२ बजे स्पर्श गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्ने छ। शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ। ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौत...
नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

Breaking News, मनाेरन्जन, माैसम, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
  नवलपुर :देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा नेकपा (बहुमत) नवलपुरका नेता कार्यकर्ताहरू एक बिघा खेतमा रोपेको धान बाली काटेर श्रमदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दना, संयोजक बिशालको विशेष उपस्थितिमा युवा, विद्यार्थी र जिल्लाका सबै नेताकार्यकर्ताहरू धान काटेर श्रमदान गरेका छन् । उत्पादनको नीतिअनुसार नवलपुरले एक बिघा खेतमा धान रोपाइँ गरेको थियो । नेकपा (बहुमत) ले पछिल्लो समय उत्पादन कार्यमा देशभर तीब्र बनाइरहेको बेला मङ्गलबार नवलपुर जिल्लामा एक बिघा खेतमा धान काटेर श्रमदान गरेको जिल्ला इन्चार्ज बन्दनाले जानकारी दिए । ...
पश्चिमी वायु काे प्रभाव सक्रिय रहेसंगै चिसाे बढेको छ ।

पश्चिमी वायु काे प्रभाव सक्रिय रहेसंगै चिसाे बढेको छ ।

Breaking News, माैसम, समाचार
१ कात्तिक, काठमाडौँ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए । उनले भने, ‘मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।’ पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस...