११ श्रावण २०८१, शनिबार

चिसाेले हुम्लाका चार केन्द्रमा मतदान हुन सकेन ।

४ मंसिर, हुम्ला । अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

नाम्खा गाउँपालिका- ६ का तीन मतदान केन्द र वडा- ५ काे मुचुमा चिसाेका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अत्याधिक चिसोका कारण लिमीकाे हल्जी गाउँकाे सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ गाउँकाे भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र ,तिल गाउँकाे हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुकाे खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान सुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेकाे जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए ।

मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाकाे भनाइ छ ।