२३ भाद्र २०८१, आईतवार

चन्द्र ग्रहण सकियाे

     काठमाडौँ — मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ । ग्रहण लागेर नै चन्द्रोदय भएको थियो । सूर्य पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्दा ग्रहण लाग्छ । चन्द्र ग्रहणका बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ । ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको थियो ।

चन्द्रमा अक्सर पृथ्वीको कक्षभन्दा केही तल वा माथि हुँदै परिक्रमा गर्छ । तर, कोणीय अन्तरका कारण सिधै छायाँ नपर्ने भएकाले ग्रहण हरेक पूर्णिमामा देखिँदैन । चन्द्र ग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी हुने र सूर्यबाट चन्द्रमामा जाने प्रकाश पृथ्वीले ढाकिदिँदा पृथ्वीको छाया चन्द्रमामा पुग्छ ।

चन्द्रग्रहणका बेला पृथ्वी सूर्य र चन्द्रमाको बीचमा हुन्छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी र सूर्यको बीचतिर हुँदा औंसीको समय हुन्छ भने पृथ्वीबीचमा हुँदा चाहिँ पूर्णिमाको समय । परिक्रमा गर्ने क्रममा कहिलेकाहीं एउटै सरल रेखामा पर्दा, छाया पृथ्वी र चन्द्रमामा पर्ने भएकाले ग्रहण देखिने गर्छ ।

प्रकारको पूर्ण चन्द्र ग्रहण सन् २०२५को मार्च १४ तारिखमा हुने अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)का सह-प्राज्ञ एवं खगोलविज्ञ विनोद अधिकारीका अनुसार मंगलबार देखिएको यो ग्रहण सन् २०२२को अन्तिम हो ।

अर्को ग्रहण २०२३को अप्रिलमा देखिने उनले बताए । ‘ सन् २०२३ को अप्रिल २० मा सूर्य ग्रहण र मे महिनामा चन्द्र ग्रहण हुने छ,’ उनले भने । यस्तै, सोही वर्षको अक्टोबर १४मा सूर्य र अन्तिम साता चन्द्र ग्रहण हुने उनले बताए ।