७ बैशाख २०८३, सोमबार

मनाेरन्जन

मिन प्रकाश ओली र नविना खुइलीको स्वरमा तीज गीत “मायाका डल्ला” (भिडियो सहित)

मिन प्रकाश ओली र नविना खुइलीको स्वरमा तीज गीत “मायाका डल्ला” (भिडियो सहित)

मनाेरन्जन, समाचार
काठमाडौं ।  गायक मिन प्रकाश ओली र गायिका , नविना सिलुवालको स्वरमा नयाँ तीज गीत ‘मायाका डल्ला’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। सो गीत जानकी म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । सुमन ढकाल र मिन प्रकाश ओलीको शब्द रहेको गीतमा गायक ओलीकै संगीत रहेको छ । भिडियोमा सन्चिता बोलाखे बावुराम सुनार भुपेन्द्र डागी र रितु वस्नेतको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन मुकेश नेपालीले गरेका हुन् । दिपक गिरीको छायाँकन रहेको भिडियोमा मिन रावल को सम्पादन रहेको छ । गीतले आफ्ना प्रेमीप्रति गहिरो माया र आत्मीय भावना प्रस्तुत गरेको दाबी गायक ओलीले गरेका छन्। साथै लिप्त शब्दहरु बनि वल्ला र पल्ला भनि माया दिएको सर्जक बताउछन्। पछिल्ला समय दर्शकले अलि मनोरन्जनात्कको रुपमा गीतलाइ नियालिरहेका छन्। https://youtu.be/M_BfJ9hpcuQ    ...
लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित वनभोज कार्यक्रममा साहित्यकार दिल पौडेलको मेरो देशको सेल्फी माथि परिचर्चा सम्पन्न

लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित वनभोज कार्यक्रममा साहित्यकार दिल पौडेलको मेरो देशको सेल्फी माथि परिचर्चा सम्पन्न

मनाेरन्जन, समाचार
-जयराम बिडारी जेठ २४ ,काठमाण्डौ भाषा कला साहित्यको उन्नयनका लागि स्थापनाको छोटो समयमै उल्लेखनीय योगदान दिन सफल लोमश वाङ्मय प्रतिष्ठानद्वारा आयोजित वनभोज कार्यक्रममा कवि साहित्यकार दिल पौडेलको कविता सङ्ग्रह ‘मेरो देशको सेल्फी’ उपर विशद परिचर्चा गरिएको छ । प्रतिष्ठानद्वारा हरेक महिनाको चौंथो शनिवार नियमित रुपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम अन्तर्गतको नवौं श्रृङ्खला तीन पिप्ले स्थित वर्डहिल फार्मस्टेमा साहित्यिक वनभोजको आयोजना गरी पाँच दर्जनजति साहित्यानुरागी हरुका बीच सुरम्य वातावरणमा सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा आसिन प्रशिद्ध समालोचक ईश्वरचन्द्र ज्ञवालीले निजामती कर्मचारीका रुपमा क्रियाशील रहेका दिल पौडेलले कर्मचारीतन्त्र भन्दा माथी उठेर साहित्यिक क्षेत्रबाट प्रशासनिक जटिलता, भ्रष्टाचार तथा बेथितिका बिरुद्धमा सशक्त रुपमा कलम चलाएको बताएका छन् । ...
नवौँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन सम्पन्न

नवौँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन सम्पन्न

मनाेरन्जन, समाचार
- माधव घिमिरे 'अटल' 'पथप्रदर्शकहरूको सम्मान र पहिचान, दिगो र गुणस्तरीय पर्यटनमा हाम्रो योगदान' मूल नाराका साथ टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को नवौँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन राजधानी काठमाडौँमा सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे हुनुहुन्थ्यो भने विशिष्ट अतिथि हुनुहुन्थ्यो- पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा । त्यसैगरी मध्यपुर थिमी नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ अर्का विशिष्ट हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथिहरूमा टानका अध्यक्ष सागर पाण्डे, भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला पाण्डे देवकोटा, नाथमका विभागीय प्रमुख डा. अजय ढकाल, नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रकुमार देव भट्ट लगायतका व्यक्तित्वहरू अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि माननीय मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बृहत क्षेत्र भएकाले यस...
शिवालयमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न

शिवालयमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : शिवालय गाउपालिका जाजरकोटमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न भयकाे छ । मधुरिमा कला केन्द्र जाजरकोटले आयाेजना गरेकाे उक्ति सडक नाटक कार्यक्रमका लागि महिला तथा बालबालिका शाखा शिवालय गाउपालिका जाजरकोटले आर्थिक सहयाेग गरेकाे थियाे । शिवालय गाउपालिका वडा न.४ सरस्वती मा.बि टाटा, वडा न.६ इन्द्रज्योती मा.बि थालारैकर, वडा न.६ खडगदेबि मा. बि.टुनिबगर, वडा न. ३ सरस्वती मा.बि सिमा,वडा न. ३ ने.रा मा बि सिस्ने, र ऐरेरी बजार शिवालय - ३  गरि जम्मा ६ वटा स्थानमा कार्यक्रम कार्यक्रम सम्पन्न भयको कार्यक्रमका संयाेजक रेशम बहादुर शाहीले बताय । उक्त कार्यक्रमका लागि ८ जना कलाकारहरुले बालबिवाह सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्दै आफ्नाे कला प्रस्तुति गरेका थिय ।बाल बिबाहका कारणले भोग्नु परेको घरेलु हिंसा को दृश्य अवलोकन गर्दै गर्दा बिद्यार्थीहरु भावुक भइरहेका थिय भने बा...
पुरानो गीत ‘जत्तुकु मुबा आङीला जामे’ नयां स्वाद सहित पुनःताजकिकरण

पुरानो गीत ‘जत्तुकु मुबा आङीला जामे’ नयां स्वाद सहित पुनःताजकिकरण

मनाेरन्जन, समाचार
काठमाडौं । पुरानो निक्कै नै हिट गीत जत्तुकु मुबा आङीला जामे बोलको गीत नयां स्वाद सहित पुनः बजारमा ल्याएको छ ।एनालग जमानामा स्थापना गरेर संचालमा रहेको पुरानो म्युजिक कम्पनि Shree Music ले पुरानो गीतलाई रि-रेकर्ड गरेर डिजिटल बजारमा भिडियो सहित सार्वजनिक गरेका हुन् । २०५४ सालमा ‘सेम’ एल्बममा समाबेश गरिएको यो गीत तामाङ गीतसंगीतको ईतिहांसमा निक्कै नै हिट गीत रहेका थिए । एनालगको जमाना मै हिट रहेको यो गीकलाई नयां प्रविधिको प्रयोग सहित पुनः डिजिचल बजारमा ल्याएको हो । लाल बहादुर योञ्जनको शब्द रहेको उक्त गीतमा वरिष्ठ संगितकार भरत योञ्जनको संगीत रहेको थियो भने आवाज शब्द रचनाकार लाल बहादुर योन्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो । शुक्रबार Shree Music बाट सार्बजनिक गरिएको उक्त गीतको नयां भर्जनमा भने वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ र The Voice of Nepal Season 5 का फर्स्ट रनर-...
श्यामलाल योन्जनको प्रेम गीत बिगतको कुरा भिडियो सहित सार्वजनिक

श्यामलाल योन्जनको प्रेम गीत बिगतको कुरा भिडियो सहित सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौ । युवा नेता तथा व्यवसायी श्यामलाल योन्जनको नेपाली प्रेम गीत विगतको कुरा भिडियो सहित सार्वजनिक भएको छ। शुक्रवार भक्तुर सुर्यविनाय स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । उत्प्रेरक वक्ता , वरिष्ठ प्रशिक्षक विकाशदेव योन्जनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । प्रेम र विछोडको समिश्रणमा आधारित उक्त गीतले प्रेमको सकरात्मक पक्षलाई उजागर गरेको पाईन्छ । भिडियोको निर्देशक विकाश देव योन्जनले गीतको भिडियोमा ग्ल्यामरस दृश्य थोरै समेट्ने जमर्को गरे पनि भल्गाराटिलाई प्रोत्साहन नदिएको कुरा प्रष्ट पारेका छन् । निक्कै मिहनतका साथ गरेको यो प्रयासलाई आम दर्शकले आलोचित ढंगले नभएर सिक्ने अवसरको रुपमा हेर्न अनुरोध गरेका छन् । गीतको भिडियो अभिनय गरेका नव मोडल श्यामलाल योन्जनको शब्द रचनामा बनेको उक्ता गीत...
पाँच मिनेटको भिडियोमा पूरै चलचित्रको कथा

पाँच मिनेटको भिडियोमा पूरै चलचित्रको कथा

मनाेरन्जन
ललितपुर । नेपाली सांगीतिक आकाशमा बेग्लै रोमाण्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। पाँच मिनेको भिडियोमा पूरै तीनघण्टा चलचित्रको कथा बोकेको गजबको म्युजिक भिडियो सार्वजनिक भएको हो। उक्त म्युजिक भिडियोको बोल नै "डुली डुली रहुँ" हो। यस गीतको पाँच मिनेटको म्युजिक भिडियोमा पूरै चलचित्रको कथा रहेको छ। आँट, साहस र धैर्यको प्रतिक मानिएका बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको निर्माणमा निर्मित यस म्युजिक भिडियो निर्देशन जितेन्द्र राजोपाध्यायले गरेका हुन्। अन द स्पट राइटरको रुपमा नामी गीतकार दिपक विवश आँशुको शव्द रचना तथा मञ्जु नकर्मीको संगीत तथा योगेन्द्र पौडेल र ऋतु श्रेष्ठको गायन रहेको छ। भिडियोमा रोबिन पोखरेल र मीरा डंगोलको मुख्य भूमिका रहेको छ । साथमा साजन शाही, बिक्रम खड्गी र आशिष क्षेत्रीको पनि विशेष भूमिका रहेको छ। छायाङ्कन मोहन कुमार झिल्लुको रहेको छ भने दृश्य सम्पाद...
मधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’

मधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’

मनाेरन्जन, समाचार
काठमाडौं। कलाकार मधु केसी र सागर बिसीको स्वरमा रहेको गीत ‘सनाई ढोलाकी’ सार्वजनिक भएको छ । सागर बिसी युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । विवाहको मौसमको छेको पारेर ल्याइएको गीतमा वैवाहिक माहोलको चर्चा परिचर्चालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा अरूको बिहे भइरहँदा आफ्नो बिहे विभिन्न कारणले हुन नसकेको विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा भिडियो पनि बिहेको माहौलमा आफ्नो बिहे हुन नसकेको गुनासो पोखिए पनि दोहोरी बाजामार्फत रमाइलोपन वातावरण झल्काइएको छ । शिव हमालको शब्द रहेको गीतमा सीमा थापाको संगीत रहेको छ । यस्तै सुनिल परियार म्युजिक एरेन्जर, विमल छिनाल रेकडिस्ट रहेको गीतको भिडियो दीप गुरुङले निर्देशन गरेका हुन् । यस्तै गीतमा मनोज गुरुङ, सञ्चिता बोलाखो लुइँटेल, सीमा थापा र उमिश उपरकोटीको अभिनय रहेको छ । https://youtu.be/Jfnvj10e8nE...
लाक्पा तेन्जि शेर्पाको नयां गीत क्या राम्रो हांस्यो सार्बजनिक (भिडियो सहित)

लाक्पा तेन्जि शेर्पाको नयां गीत क्या राम्रो हांस्यो सार्बजनिक (भिडियो सहित)

मनाेरन्जन
काठमाडौ । चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ । पछिल्ला समय नेपाली गीतसंगीतको क्षेत्रमा फरक फरक विधाका नयाँ नयां गीतहरु एक पछि अर्को गर्दै सार्बजनिक हुने क्रम रहेको छ । यसै क्रममा चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक गरिएको हो । उत्तम पौडेलको शब्द रचना रहेको उक्त गीतमा संगीत लाक्पा तेन्जि शेर्पाको संगीत रहेको छ भने गीतमा आवाज लाक्पा तेन्जि शेर्पा र चर्चित गायीका सुमिना लोको रहेको छ । गीतमा कोरस आवाज राजकुमारी कार्की, रोशनि रसाईली र बिन्दु बिसीको रहेको छ । गीतको भिडियो तर्फ भने कृष्ण ब्लोनको निर्देनमा पाल्देन लामा र अस्मिता तामाङलाई मुख्य अभिनयमा देख्न सकिनेछ । भिडियोमा कोरस नृत्य भने छाम्जी शेर्पा, ङिमी शेर्पा, याङ्जुम शेर्पा, लाक्पा छिरीङ शेर्पा, सुस्...
जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तरगत जाजरकोट जिल्लामा सुरु भएको सहिद विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न भएको छ । यही चैत्र २४ गते देखि जिल्लाको त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गण थाप्लेमा सुरु भएको भलिबल खेल चार दिन सञ्चालन भएको थियो । जनयुद्धका सहिद कर्ण बहादुर विक (विदुर) को स्मृतिमा सञ्चालन भयकाे उक्त प्रतियोगिता यस वर्ष पनि सञ्चालन गरिएको हो । खेलमा १९ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता हुन पाउने व्यवस्था गरिएको थियो । उक्त प्रतियोगिताको आयोजना सहिद स्मृति युवा क्लवले गरेको थियो भने, भेरी नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक थियो । ज्योति विकास बैंकको सह प्रायोजन र अन्य विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भएको थियो । भेरी नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको कार्यक्रमले खेलाडी उत्पादन गर्नुका साथै लाग...