२६ चैत्र २०८१, मंगलवार

मनाेरन्जन

तामाङ गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रम : मोडल रायमाझी,प्रमुख अतिथि भुजेल

तामाङ गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रम : मोडल रायमाझी,प्रमुख अतिथि भुजेल

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्र जगतका महानायक भनेर परिचय बनाएका डम्फु सुपरस्टार मिडियाका सन्चालक अमिर कुमार लामाले सन्चालन गरेको डम्फु सुपरस्टार मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको “बौद्ध नयाँबस्ति”बोलको म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा एउटा गजबको संयोग जुरेको देखिएको थियो । पुर्ण रुपमा तामाङ भाषामा रहेको गीतको म्युजिक भिडियोमा मोडलको रुपमा पछिल्लो समय अत्यन्तै व्यस्त रहेकी मोडल तथा डान्सर एलिना रायमाझी लाई देख्न सकिन्छ भने म्युजिक भिडियो सार्वजानिक कार्यक्रमको प्रमुख अतिथिमा चर्चित झाँक्री प्रकाश भुजेल रहेका थिए । अक्सर तामाङ समुदाय बाट निर्माण गरिएको गीतहरुमा गैह्र तामाङलाई अभिनय गराउने र कार्यक्रमहरुमा गैह्र तामाङलाई प्रमुख अतिथि बनाउने गरेको बिरलै पाईन्छ । तर आजको संयोगले भने यो परम्परालाई तोडेको देखिएको थियो । पुर्ण रुपमा मनोरन्जन दिने उदेश्यले मात्र निमार्ण गरिएको यो ...

सांगीतिक बजार तताउँदै प्रविन्स् मोक्तानको“ हेटौडा बजार ” बोलको गीत

मनाेरन्जन, समाचार
काठमाडौं । चलचित्र तथा गीत संगीतको क्षेत्रमा लामो समय संघर्ष गर्दै आएका गायक,संगीतकार तथा मोडल प्रविन्स् मोक्तानले यति बेला भने आम दर्शक श्रोतालाई मनोरन्जन दिने उदेश्यले “ हेटौडा बजार ” बोलको सेलो बजारमा ल्याएका छन् । कुमार स्याङ्तानको शब्द रहेको यो गीतमा श्वर र संगीत प्रविन्स् मोक्तानको रहेको छ भने एरेन्ज शुक्र दोङको रहेको छ । ल्हासो रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्स÷मास्टरिङ दिपेश प्रधानले गरेका हुन् । प्रविन्स् मोक्तान, जमुना घिसिङ र युवराज घिसिङको मुख्य अभिनय रहेको यस गीतको छायांकन तथा सम्पादन कृष्ण ब्लोन को रहेको छ भने नृत्य निर्देशन तथा कथा निर्देशन मिङ्मा योञ्जनले गरेका हुन् । गीतलाई कृष्ण ब्लोन अफिसियल युटुब बाट प्रशारण गरिएको छ । यस अघि पनि थुप्रै गीत तथा चलचित्रहरु बजारमा ल्याई सकेका प्रविन्स् मोक्तानले गीत संगीत लाई आफ्नो जीवन संग जोडेर अगाडी बढ्न सके अझ राम्रो ...
“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

“रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव” आज देखि संचालन हुदै

Breaking News, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको सुन्दर र रमाइलो ठाउँ रिम्नामा आज देखि "रिम्ना मेला तथा साँस्कृतिक महाेत्सव" संचालन हुदैछ ।आज,जेष्ठ ७ देखि २० गते सम्म संचालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने बताइयकाे छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो । जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा आयोजना हुने व्यापार मेला तथा साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्नुका साथै जिल्लाको पर्यटन र स्थानीय उत्पादनको बजारिकरणमा समेत सहयोग पुग्ने कला संस्कृति पर्यटन प्रबर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सह...

डाक्टर स्मृति शाक्यको मायाबी गीत विश्वव्यापी सार्वजनिक

मनाेरन्जन, संस्कृति
काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेका मैले माया लाएको धोका दिन होइन बोलको नयाँ गीत सार्वजनिक भएको हो । बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद समेत रहेका बौद्धिक राजनीतिज्ञ डाक्टर अजयक्रान्ति शाक्यको शव्द रचना तथा संगीत रहेको उक्त गीतको भिडियोमा युवा पुस्ताका ढुकढुकी नै बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बुलन्द अभिनय रहेको छ। साथमा गायिका डाक्टर शाक्यको समेत मनछुने गायनको साथमा अभिनय छ । निर्देशन नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देवकुमार श्रेष्ठले गरेका हुन् । डाक्टर शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्यन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर...
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले  जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो। अदालत स्रोतका अनुसार प्रमाण नपुगेको भन्दै लामिछानेलाई सफाइ दिएको हो। जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैदका साथै लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। त्यसपछि लामिछाने बलात्कार मुद्दामा आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बुधबार दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई सफाइ दिएको हो। बहसपछि न्यायाधी...
मोहन अधिकारीको निर्देशनमा ”सृष्टि” बोलको गीत सार्वजनिक

मोहन अधिकारीको निर्देशनमा ”सृष्टि” बोलको गीत सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौँ। गायक गोबिन्द ईम्सङ्ग र गायिका टीका पुनको स्वरमा सृष्टि बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। मोहन अधिकारीको निर्देशन रहेको सो नयाँ म्यूजिक भिडियोमा गरिवीका कारण श्रीमान श्रीमतीको सम्बन्ध र बिदेशीनुपर्ने पिडालाई कलात्मक रुपमा र्दसाइएको छ । करिव २० बर्ष मल्टिमिडिया जगतमा राम्रो छबी बनाउदै आएका निर्देशक मोहन अधिकारीले गीतको भाव जस्तै निर्देशन गरेका छन भने रामेश्वर ढकाल र श्रेया दुलालको जोडीलाई जमाउन सफल भएका छन्। भिडियोमा टिकटकका भाइरल एवं कलाकार भोला ढुंगाना , प्रकाश तिमलसिना र राजेश रम्तेललको बेजोड अभिनय रहेको छ । मिस्टर आर.डी भनेर चिनिने कलाकार एवं संचारकर्मी रामेश्वर ढकालले यस अघि कान्तिपुर टेलिभिजन मार्फत प्रसारण भैरहेको चर्चित हास्य टेलिश्रृंखला हर्के हवल्दारमा अभिनय गरेका थिए भने आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा जोडदार अभिनय गरिसकेका छन । मोडल श्रेया द...
मुस्ताङको संस्कृति र कथा बोकेको गीत “पिर नगर निरमाया”

मुस्ताङको संस्कृति र कथा बोकेको गीत “पिर नगर निरमाया”

मनाेरन्जन, समाचार
काठमाडौं । मायाप्रेमको शव्दलाई संस्कार र प्रकृति संग संयोजन गरिएको तिलक बस्नेतको “ पिर नगर निरमाया ” बोलको गीत सार्वजानिक भएको छ । तिलक बस्नेत अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको यो गीतको भिडियो मुस्ताङमा छायांकन गरिएको हो । गायक तिलक बस्नेत र गायीका मेलिना राईको आवाजमा रहेको यो गितमा शव्दहरु माया पिरतिमा आधारित भए पनि कथालाई भने संस्कार र प्रकृति संग जोडेर मनोरन्जन दिन खोजिएको छ । ज्ञानेन्द्र क्षेत्रीको शब्द तिलक बस्नेतको संगीत रहेको यो गीतमा सुदिप सागरको एरेन्ज,कमल थापा र गोविन्द अनेकको रेकर्ड, श्याम श्वेत रसाईली र किरण बिकको मिक्सिङ रहेको छ भने प्रिज्म स्टुडीयोमा रेकर्ड गरिएको हो । क्रिस गुरुङ, निशा मगर र कुङ्गा गुरुङको अभिनय रहेको भिडियोको निर्देशन विशाल घिमिरेले गरेका हुन् । शन्देस बिकको नृत्य र बुद्ध थापाको टिमले छायांकन गरेको भिडियो मिलन बिश्वकर्माले सम्पादन र कलरिङ...
राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते  हुने

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते हुने

मनाेरन्जन, समाचार
काठमाडौं/ राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो । संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन बैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ । संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिब खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ बैशाखमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए । संघका कार्यबाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईरहेक...
प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितमा शुस्मा धमला र बिष्णु श्रेष्ठको जोडी जम्यो

प्रकाश पौडेलको “ राँको बालि बालि ” बोलको रोईला गितमा शुस्मा धमला र बिष्णु श्रेष्ठको जोडी जम्यो

मनाेरन्जन, समाचार
काठमाडौं । युवा ब्यवसायी तथा समाजसेवी प्रकाश पौडेल र गायीका राधिका हमालको आवाजमा रहेको “राँको बालि बालि ,म त आएँ रोधिमा मायालुको खोजिमा ”बोलको रोईला गितमा शुस्मा धमला र बिष्णु श्रेष्ठको जोडी जमेको छ । काठमाडौं को चिसापानिमा हास्य कलाकार उत्तम कोदेले सन्चालन गरेको सुटिङ घरमा भिडियोको छायांकन कार्य सम्पन्न गरिएको हो । भिडियो छायांकनमा नृत्य निर्देशक सुरेश पाण्डे तथा क्यामेरामा रामेश्वर हुमागाईको टिमले कार्य गरेको छ भने निर्देशन मिलन आले मगरको रहेको छ त्यस्तै श्रृंगारमा रवि के.सी र ब्यवस्थापनमा डि.बि.पराजुली रहेका थिए । धनेश्वर फिल्मस्को ब्यानरमा बनेको यो भिडियो धनेश्वर फिल्मस्कै अफिसियल युट्युब च्यानलबाट केहि दिनमा सार्वजानिक गरिने भएको छ । भिडियोमा मुख्य भुमिकामा बिष्णु श्रेष्ठ र शुस्मा धमला देखिएका छन् भने सरोज वली , सिर्जना गजमेर , हरिशरण थपलिया , दुर्गा ओझा न्यौपाने, रुम्बा सोल्टी लग...
सिन्धु माओवादीको बनभोज भव्यताकोसाथ सम्पन्न

सिन्धु माओवादीको बनभोज भव्यताकोसाथ सम्पन्न

मनाेरन्जन, समाचार
काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौंमा आई बिभिन्न पेशा ब्यवसाय तथा अध्ययन गर्दै अस्थायी रुपमा बसोबार गर्दे आएका नेकपा(माओवादी केन्द्र)का पार्टी सदस्य ,नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुको मिलन गराउने उदेश्यले नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको बृहत वनभोज कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीको गणेश मन्दिर क्षेत्रमा रहेको पिकनिक स्थलमा आयोजना गरिएको कार्यक्रममा सिन्धुपाल्चोकका प्रभावशालि माओवादी नेताहरु प्रतिनिधि सभा सदस्य माधव सापकोटा(सुबोध),बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद),बागमती प्रदेश अध्यक्ष तथा बागमती प्रदेश सांसद सरल सहयात्री ,बागमती प्रदेश सांसद अमृता नेपाल,सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज केशव नेपाल,सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी बिवेक, वाईसिएल...