
लोमश वाङमय प्रतिष्ठानमा अक्षयकोष स्थापनार्थ “आधा शताब्दी” का लेखक राम प्रसाद सापकोटा बाट एक लाख सहयोग गर्ने घोषणा
काठमाडौं । लोमश वाङमय प्रतिष्ठानमा अक्षयकोष स्थापनार्थ “आधा शताब्दी” का लेखक, पर्यटन व्यवसायी राम प्रसाद सापकोटाले एक लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
उहाँको आत्म बृतान्त “ आधा शताब्दी” माथि चर्चा परिचर्चा कार्यक्रममा उहाँले यो घोषणा गर्नु भएको हो ।
आफ्नो पुस्तकबारे बोल्दै लेखक रामप्रसाद सापकोटाले आफु कुनै साहित्यकार वा प्रवाभशालि लेखक नभएर एक सामान्य मान्छे भएकोले यसमा कुनै ढाँट छल नगरिकन आफ्नो जीवन यात्राका भोगाई तथा अनुभवहरुलाई शब्दको माध्यमबाटआम पाठक वर्गलाई पस्कने जमर्को मात्र गरेको भन्दै कतै शब्द वा वाक्य नमिलेको भए मिलाएर बुझिदिनुहुन आग्रह समेत गर्नु भएको थियो ।
यहि कार्यक्रम मार्फत भर्खरै मात्र दर्ता भएर ताते ताते मै हिडिरहेको संस्था लोमश वाङ्मय प्रतिष्ठानलाई अझै व्यवस्थित बनाएर अगाडी बढाउन लेखक तथा पर्यटन व्यवसायी राम प्रसाद सापकोटाले रु १ लाख बराबरको अक्षयकोष स्थापना गरिदि...