काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा जन्मिएर काठमाडौ.लाई कर्मथलो बनाउँदै बिभिन्न समाजिक कार्यहरुमा कृयाशिल ज्ञानेन्द्र गौतम “युवा व्यवसायी तथा समाजसेवी सम्मान २०२५” बाट सम्मानित हुनु भएको छ ।
एक्टिभ म्युजिक प्रा.लि.ले आयोजना गरेको “दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५”फाईनल कार्यक्रममा “युवा व्यवसायी तथा समाजसेवी गौतमलाई “युवा व्यवसायी तथा समाजसेवी सम्मान २०२५” प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व उपराष्ट्रपति ,नेकपा(माओवादी केन्द्रका) उपाध्यक्ष एवं माओवादीले २०५२ साल देखि २०६३ साल सम्म गरेको जनयुद्धका चर्चित सैन्य कमाण्डर नन्द बहादुर पुन (पासाङ)को हातबाट गौतम सम्मानित हुनु भएको हो ।
कार्यक्रममा गौतम संगै समाजसेवी दुर्गा लम्माल, सुशीला कट्टेल गैरे, राम कुवँर, अभिचन्द्र कार्की, रमिता बस्नेत,महिला उद्यमी सम्मानबाट हिमा कुमारी मल्ल, उमा मिश्र,स्वयंसेविका सम्मानबाट दुर्गा न्यौपाने र अमृता नौबागे कार्यक्रम सञ्चालक दिपेन्द्र शाहीले उद्घोषक सम्मान हात पारे ।
चलचित्र बिकासबोर्ड चाबहिलमा पुर्व उपराष्ट्रपति ,नेकपा(माओवादी केन्द्रका) उपाध्यक्ष एवं माओवादीले २०५२ साल देखि २०६३ साल सम्म गरेको जनयुद्धका चर्चित सैन्य कमाण्डर नन्द बहादुर पुन (पासाङ) को प्रमुख आतिथ्यतामा तथा एक्टिभ म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम पछिल्लो समय आम दर्शकहरुको मन मुटुमा बस्न सफल मोडल, साहित्यकार तथा कुशल कार्यक्रम सन्चालक दिपेन्द्र शाहीले सन्चालन गर्नुभएको थियो ,।
कार्यक्रममा बिशेष अतिथिको रुपमा चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ निर्देशक तथा कलाकार शुभाष प्रसाद गजुरेल,जन आकाश साप्ताहिकका सम्पादक तथा अध्यक्ष मोहन कार्की,पपुलर ग्रुप प्रा.लि.का अध्यक्ष गणेश बहादुर थापा,सुन्दर पकिल्पना सक्षम समाजकी अध्यक्ष कुमारी बाँठा मगर (मनु),वरिष्ठ निर्देशक तथा कलाकार राम काजि घिमिरे,वरिष्ठ अधिवक्ता तथा कलाकार कृष्ण प्रसाद ढुंगाना,भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका अध्यक्ष अर्जुन केसी.,महासचिव कृष्ण हरी के.सी.वरिष्ठ कलाकार यादव बैरागी,लगायत सामाजिक तथा कलाकारीता क्षेत्रमा योगदान पुर्याउनुहुने बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिभिन्न क्षेत्र मार्फत समाजिक रुपान्तरण र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने ३१ जनालाई प्रमुख अतिथि पासाङबाट सम्मानपत्र प्रदान समेत गरिएको थियो ।
