शैक्षिक चलचित्र कार्तिक ३० गते कालोपाटी सिडि नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिने
काठमाण्डौं । आवाज आर्र्ट क्रिएशन प्रा लिले निर्माण गरेको शैक्षिक चलचित्र कालोपाटी निर्माण गरिएको सात बर्ष पछि युटुब मार्फत सार्वजनिक गरिने भएको छ ।
उक्त शैक्षिक कथानक चलचित्र कालोपाटि कार्तिक ३० गते शुक्रबार सिडि नेपाल युटुब च्यानलबाट बजारमा आउने निर्माण पक्षले जनाएको हो । यस चलचित्रको समुदाय, विद्यालयहरुमा प्रदर्शनिले शिक्षक, अभिभावक विद्यार्थीहरुमा सकरात्मक उर्जा जाने र शैक्षिक प्रणाली सुधारमा कोशेढुङा सावित हुने आशा लेखक नवराज गजुरेलको रहेको छ ।
सात बर्ष अगाडि निर्माण गर्दा फिल्ममा केही समस्याहरु रहेको स्विकार्दै विषयबस्तुको उठान राम्रो भएको निर्माण पक्षको दावी छ चलचित्रको मुख्य भुमिकामा रोजिना ढकाल, जनक घिमिरे प्रज्ञान वजगाँई, नवराज गजुरेल ,रोहित कार्की, गिता थापा लगायत कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशन दिपक घिमिरेले गरेका छन ।
कालोपाटीको कथावस्तु हरेक मानिसहरुम...









