४ श्रावण २०८२, आईतवार

पुर्वाधार

अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

अमेरिका बस्ने सिंहले भुकम्प पिडितलाई ८० हजार नगत सहयाेग

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार
जाजरकोट :  कुशे गाउपालिका वडा न.- २ निवासी (हाल अमेरिका बस्ने)  सुरेन्द्र बहादुर सिंहले आफ्नाे  वडाका भुकम्प पिडितहरुलाई नगत ८० हजार रुपैया सहयाेग गरेका  छन । आईतवार उक्त रकम साेहि वडाका हरिचन्द्र जैसि र दिनेश सिंहले वडाकाे बर्खाले टाेलका पिडितलाई प्रति ब्यक्ति २/२ हजारकाे  बितरण गरेका हुन ।गत कार्तिक १७ गते जाजरकाेट जिल्लाको बारेकाेट गाउपालिकाकाे रामीडाँडामा केन्द्र बिन्दु भयर गएको बिनाशकारी भुकम्पले कुशे गाउपालिकामा पनि  पनि त ठुलो धन जनकाे क्षति भयकाे थियाे ।उक्त वडाका सबै घरहरु चर्कियर हाल सबै वडा बासिहरु परम्परागत गाेठ र पाल मुनि बसिरहेकाे अवस्था छ ।  वडाकाे (साविक) टालेगाउँ- ५ नम्बर वडा बर्खाले टाेलमा जनजाति हरुकाे बसाेबास रहेकाे छ । साेहि  वडालाई लक्षित गरि मनकारी सिंहले सहयाेग गरेका हुन् । याे विपत्तकाे घडिमा सहयाेग गर्ने सिंह लाई सबैले हृदयदेखि धन्यवाद र आभार प्रकट गरेका छन्...
धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

धिताेपत्र बाेर्डले शेयर बजार प्रभावित पार्न खोज्नेहरूलाई कारबाही गर्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमा शेयर बजारलाई प्रभावित पार्ने गतिविधि बढ्न थालेकोभन्दै नेपाल धितोपत्र बोर्डले त्यस्ताे कार्यमा संलग्नमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ ।बोर्डका अनुसार कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेको छ । साथै त्यस्ता कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानिने समेत बोर्डले जनाएको छ । “सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरू खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रूपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न/नगराउन तथा त्यस्ता कार्यहरू अविलम्ब रोक्...
नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

नेपालमा “बिआरआई” परियाेजना छिटाे लागू गर्न माग

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।यस्तै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहनुपर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु छेङ सीले नेपाल र चीनबीच सदयौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए । उनले चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले उनीहरुलाई नेपाल भ्रमणका लागि सहज वातावरण नेपाल सरकारले बनाउन सके नेपालको आर्थिक विकासमा सहयोग पुग्न...
भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका  लागि सस्तो ब्याजमा ऋण पाईने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ  । यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, नेपाल राष्...
भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै: “दिपक”

भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै: “दिपक”

Breaking News, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने दिपकले "भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदल्नु पर्ने बतायका छन्। सामाजिक संजाल फेसवुक मार्फत दिपकले भनेका छन "जाजरकाेट र रूकुम विपदमा आफुलाई सम्हालिरहेकाे छ । समग्रमा, सिङ्गो देश विपदकाे संघारमा छ । बेलैमा साेचाैं"!भूकम्प पछिकाे पूननिर्माणलाई नवनिर्माणमा बदलाै!! उद्दार, राहत र पुननिर्माणकाे दाेस्राे चरण सम्पन्न भएकाे छ । जनताकाे माया, स्वयम्सेवक कमरेडहरूकाे अहाेरात्र खट्न स्मरणीय छ । भुकम्पले ६ जना परिवार लिय पछि एक्लाे जीवन पिडामा रहेका भेरि नगर पालिका वडा न १ काे काेल्चाैरमा पुगेर नेता दिपक भन्छन " प्रत्येक नवनिर्माणपूर्व एउटा असह्य वेदना, विपत्ति र चित्कार झेल्नु अनिवार्य छ, चाहे त्याे समाज, संगठन या व्यक्ति नै किन नहाेओस् । प्रकृति या प्राणि जगत नै किन...
कुशेमा पठायकाे राहत सामाग्री छेडागाडमा वितरण

कुशेमा पठायकाे राहत सामाग्री छेडागाडमा वितरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्ला बिपत्त ब्यवस्थापन समिति जाजरकोटले कुशे गाउँपालिकामा सिफारिस गरि पठायकाे भुकम्प पिडितकाे राहत सामाग्रि छेडागाड नगरपालिकामा बितरण गरियकाे छ । ललितपुरको “संरक्षण तथा बिकाश नामक संस्था”ले पठायकाे सामान-  (एक सय वाट बत्ति बाल्न मिल्ने सोलार -एक सय सेट, स्वच्छ खानेपानीका लागि फिल्टर- एक सय थान ,फाईबर सिरक -पचास थान,जकेट -एक सय थान ,सल- एक सय थान कुशे गाउपालिका जाजरकोटका जेष्ठ नागरिक , सुत्केरी र गर्भवती महिला ,अपांगता भयका ब्यक्ति र  बालबालिका लाई लक्ष्यित गरि पठायकाे थियाे । उक्त राहात सामाग्री   कुशे गाउपालिका मा पठायकाे रेकर्डिङ जिल्ला प्रशासन कार्यलयमा रहेता पनि उक्त सामाग्रीहरु छेडागाड नगरमामै बितरण गरे पछि कुशे गाउपालिकाका समुदाय हरुले आपत्ति गरेका छन्। भुकम्प पिडितकाे नाममा पठायकाे राहत माथि नेताहरुले राजनीति गरेकाे र कुशेमा गाडी जादैन भनेर संस्थाका मान्छेलाई भ्रम सृ...
कुशे गाउँपालिकामा पठायकाे  राहत सामाग्री छेडागाड नगरपालिकामा बितरण

कुशे गाउँपालिकामा पठायकाे राहत सामाग्री छेडागाड नगरपालिकामा बितरण

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : जिल्ला बिपत्त ब्यवस्थापन समिति जाजरकोटले कुशे गाउँपालिकामा सिफारिस गरि पठायकाे भुकम्प पिडितकाे राहत सामाग्रि छेडागाड नगरपालिकामा बितरण गरियकाे छ ।ललितपुरको “संरक्षण तथा बिकाश नामक संस्था”ले पठायकाे सामान-  (एक सय वाट बत्ति बाल्न मिल्ने सोलार -एक सय सेट, स्वच्छ खानेपानीका लागि फिल्टर- एक सय थान ,फाईबर सिरक -पचास थान,जकेट -एक सय थान ,सल- एक सय थान कुशे गाउपालिका जाजरकोटका जेष्ठ नागरिक , सुत्केरी र गर्भवती महिला ,अपांगता भयका ब्यक्ति र  बालबालिका लाई लक्ष्यित गरि पठायकाे थियाे । उक्त राहात सामाग्री   कुशे गाउपालिका मा पठायकाे रेकर्डिङ जिल्ला प्रशासन कार्यलयमा रहेता पनि उक्त सामाग्रीहरु छेडागाड नगरमामै बितरण गरे पछि कुशे गाउपालिकाका समुदाय हरुले आपत्ति गरेका छन्। भुकम्प पिडितकाे नाममा पठायकाे राहत माथि नेताहरुले राजनीति गरेकाे र कुशेमा गाडी जादैन भनेर संस्थाका मान्छेलाई भ्रम सृजना गर...
क्रान्तिकारीहरु नै वास्तविक जन्ताका सेवक हुन : दिनेश शर्मा

क्रान्तिकारीहरु नै वास्तविक जन्ताका सेवक हुन : दिनेश शर्मा

Breaking News, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्माले क्रान्तिकारीहरु मात्रै जनताको वास्तविक सेवक भएको बतायका छन्।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेको उद्दार, राहत तथा पुननिर्माण अभियान अन्तरगत पश्चिम(रुकुम) को सानीभेरी गाउँपालिका -१, पक्रिया स्थिति शितल माविको अस्थायी विद्यालय भवन/टहरा हस्तान्तरण एवं विद्यालयद्वारा आयोजित स्वयंसेवकहरुको बिदाई कार्यक्रममा शर्माले उक्त उद्घोष गरेका हुन्। संयोजक शर्माले भने“क्रान्तिकारीहरु नै वास्तविक जनसेवक हुन, हामी यहाँ जनसेवाका निम्ति काम गर्न आएका हौं, त्यसबाहेक हाम्रो कुनै स्वार्थ छैन । क्रान्ति भनेकै जनसेवा हो । तर यहाँ तुच्छ स्वार्थ बोक्नेहरु पनि छन, तिनीहरुको भ्रमबाट जनतालाई मुक्त गर्न पनि उतिकै जरुरी छ । त्यसमध्ये कतिपय नाङ्गिएका छन, कतिपय छिटै नाङ्गिने...
भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जाजरकोटको नलगाड नगरपालिकाकाे चिउरी गाउँमा  पुगेर अभिभावक विहिन प्रेमकला विकलाई भेटी राहत हस्तान्तरण गरेका छन्।भुकम्पमा अभिभावक गुमाएकी ९ वर्षीया प्रेमकला विकको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो । तिनै प्रेमकला विकको लागि काठमाडाैँ दशरथ रंगशालाका खेलाडिहरुले पठाएको राहत स्वरुपको नगद रकम नेता सुदर्शनले प्रेमकलालाई मंगलबार हस्तान्तरण गरेका हुन् ।"दिलिप स्मृति प्रतिष्ठान"का अध्यक्ष एवम् प्रशिक्षक राजेन्द्र खत्रीका स्वर्गीय छोरा दिलिप खत्रीको सम्झनामा स्थापना गरिएको आवद्ध ३८ जना खेलाडिहरुले उठाएको रकम प्रेमकलालाई हस्तान्तरण गरिएको हो । स्वर्गीय दिलिप खत्रीका बुवा राजेन्द्रले क्रान्तिकारी कम्युनिस्ट पार्टीका ३ नम्बर प्रदेश कार्यालयका सहायक सचिव झनक श्रेष्ठ ‘प्रज्वल’लाई हस्तान्तरण गरेको उक्त...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भुकम्प पिडितका लागि १ कराेड ३० लाखकाे राहत सामाग्री हस्तान्तरण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भुकम्प पिडितका लागि १ कराेड ३० लाखकाे राहत सामाग्री हस्तान्तरण

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
जाजरकोट : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी  कम्युनिस्ट पार्टी,नेपालले १ कराेड ३० लाखकाे राहात सामाग्रीहरु हस्तान्तरण गरेकाे छ ।केन्द्रीय कार्यलय सदस्य हेमन्त प्रकाश ओलि "सुदर्शन", केन्द्रीय कार्यलय सदस्य दिपक र दिनेश शर्मा लगायतकाे केन्द्रीय "जनसेवा अभियान" टिमले जाजरकोटमा पुगि  उक्त राहतका सामाग्री जिल्लालाई हस्तान्तरण गरेका हुन । पार्टी र पार्टीका भातृ संगठनकाे विशेष पहलमा संकलीत टेन्ट, त्रिपाल, कम्मल ,कार्पेट , सिरक डस्ना ,जकेट स्विटर, लगायत बिभिन्न ओैषधिहरु सहित १ कराेड ३० लाख बराबरको राहत सामाग्रीहरु जिल्ला राहात उद्धार तथा दैवीप्रकोप काेषमा हस्तान्तरण गरेका छन।भुकम्प गय लगत्तै पार्टीकाे निर्देशनमा पहिलाे चरणमा जिल्ला ईन्चार्ज अनन्त र संयोजक हिमालकाे नेतृत्वमा उद्धार कार्यमा खटिरहेका थिए। दाेश्राे चरणमा पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज उदय बहादुर ...