११ फाल्गुन २०८१, आईतवार

निर्वाचन

तीन कम्युनिस्ट पार्टीको चुनावी भण्डाफाेर सभा  आज कैलालीको  धनगढीमा ।

तीन कम्युनिस्ट पार्टीको चुनावी भण्डाफाेर सभा आज कैलालीको धनगढीमा ।

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
३० कार्तिक  धनगढी । चुनाव खारेज गर्ने देशव्यापी अभियान अन्तरगत मंगलबार तीन कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा आज धनगढीमा संसदीय चुनाव विरुद्ध  भण्डाफाेर सभा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषिराम शर्मा कट्टेल नेतृत्वको नेकपा सम्मीलित तीन कम्युनिस्ट पार्टीको संयुक्त भण्डाफाेर सभालाई सम्बाेधन गर्दै वैज्ञानिक समाजदी कम्युनिष्ट पार्टीका महासचिब विश्वभक्त दुलाल आहुतीले संसदवादी दलका नेताहरुका कारण नेपाल अमेरीकाको बन्धक बन्ने बताउनु भएको छ। देशव्यापी रुपमा सञ्चालन गरिएको अभियान अन्र्तगतको सातौ भण्डाफोर सभालाई सम्बोधन गर्दै महासचिब आहुतीले नेपालमा एमसीसी नामको अमेरीका आइसकेको बताउदै हजारौँ विगाह जमिन समेत नेपालमा किनी सकेको बताउनु भयो । नुवाकोटमा, पाल्पामा हजारौँ रोपनी जमिन किनेको बताउ...
एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
बुटवल : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै उनको निर्वाचन क्षेत्रका बजारहरूमा कालो ब्यानर प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ, रूपन्देही र अखिल नेपाल किसान महासङ्घ, रूपन्देहीले सार्वजनिक स्थलहरूमा पौडेलविरुद्ध कालो ब्यानर टाँगेका हुन् । विष्णु पौडेललाई अवज्ञा किन ? कथित मङ्सिर ४ को निर्वाचन अवज्ञा गरौँ ! भूमाफिया, ललिता निवास जग्गा विवाद प्रकरणका दोषी विष्णु पौडेललाई रूपन्देही क्षेत्र नं. २ मा प्रवेश निषेध गरौँ !’ भन्दै आज बुटवलका मिलनचोक, नयाँगाउँलगायत व्यस्त बजारका सार्वजनिक स्थलहरूमा कालो ब्यानर प्रदर्शन गरी चोकचोकमा टाँगिएको अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ रूपन्देहीले जनाएको छ ।यसअघि संसदीय चुनाव अवज्ञा गरौँ भन्दै नेकपा (बहुमत) रूपन्देहीलगायत पार्टी निकट मोर्चाहरूले कोणसभा, प्रच...
प्रधानमन्त्री बनेर काम गर्ने अवसर मिलेमा पाँच बर्षमा नेपाललाई नयाँ माेडमा पुर्याउछु : झलनाथ खनाल

प्रधानमन्त्री बनेर काम गर्ने अवसर मिलेमा पाँच बर्षमा नेपाललाई नयाँ माेडमा पुर्याउछु : झलनाथ खनाल

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन्। इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन।’ उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए। ‘अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु।’ खनालका अनुसार यो निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो। उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको उल्लेख गर्दै...
नेकपा ( बहुमत ) बांके द्वारा  चुनाव अवज्ञा अभियान तिब्र बन्दै ।

नेकपा ( बहुमत ) बांके द्वारा चुनाव अवज्ञा अभियान तिब्र बन्दै ।

चुनाव, निर्वाचन, राजनीति, समाचार
नेकपा (बहुमत) बांकेले  चुनाव अवज्ञा कार्यक्रम तीव्र पारेको छ । नेकपा (बहुमत) को केन्द्रीय समितिले गरेको पूर्वघोषित कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन अन्तर्गत  प्रदेशसभा र प्रतिनिधिसभा चुनाव खारेज/अवज्ञा गर्ने अभियान चलाएको बांके जिल्लाले बताएको छ । चुनाव अवज्ञा कार्यक्रमअनुसार ‘संसदीय निर्वाचन अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !!’ नारासहितको रङ्गीन पोस्टर टाँस्ने काेणसभा, काेठेसभा गर्ने   र पर्चाहरू घरघरमा वितरण गर्ने गरिएको छ । उक्त कार्यक्रमहरू बांके  जिल्लाका  विभिन्न   टाेलहरुमा ब्यानर जुलुस सहित कार्यक्रम भएकाहरु   छ ।...
निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

Breaking News, चुनाव, निर्वाचन, पुर्वाधार, समाचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहका भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ। आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिरहेको छ। ...
कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

कर्णालीमा १४ हजार सुरक्षाकर्मि खटाईयाे ।

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार आठ सय सात जना सुरक्षाकर्मी खटाइएको हो । प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुने छ । प्रवक्ता श्रेष्ठले भने, ‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।’ प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतक...
म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

म जाजरकोटी जनताको साझा उम्मेदवार हो: नर बहादुर कार्की

Breaking News, चुनाव, निर्वाचन, राजनीति, शिक्षा, स्वास्थ
कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी अफ्रिकी मुलुक सेयरालियोनबाट जाजरकोट फर्किएका छन् । उनको वर्तमान सपना हो, सांसद बन्ने । ‘म सपना बोकेर फर्किएँ, सांसद बन्ने’, उनी भन्छन्, ‘सपना मेरो होइन, जाजरकोटी जनताको सपना, जसले मलाई आफ्नो प्रतिनिधि भएको हेर्न चाहेका छन् ।’ भदौ पहिलो साता फर्किएका कार्कीले जाजरकोटबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जिल्लालाई रुपान्तरण गर्न र अर्थहीन राष्ट्रिय नीति र कानुन खारेज गरी समयानुकुल र दीर्घकालीन महत्व राख्ने नीति निर्माण गर्न सांसद बन्न चाहेको उनको भनाई छ । अहिले दलहरूले गलत तरिकाले स्वार्थपूर्तिका लागि राजनीतिक खेल खेलिरहेको बताउँदै उनले जिल्ला र राज्यभित्र बढ्दै गएको अराज...
स्थानीय तहलाई निर्वाचन आयाेगकाे  पत्राचार: भाैतिक संरचनाको उपलब्ध  गराउने बारे ।

स्थानीय तहलाई निर्वाचन आयाेगकाे पत्राचार: भाैतिक संरचनाको उपलब्ध गराउने बारे ।

निर्वाचन, राष्ट्रिय, समाचार
२७ कात्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो । सोही परिपत्र अनुसार निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचनाहरुको व्यवस्थापन गरिदिन स्थानीय तहहरुलाई पत्राचार गरिएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।</p निर्वाचनका लागि सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक स्थान आवश्यक परेको खण्डामा व्यवस्थापन गर्न आयोगले मन्त्रालयसँग आग्रह गरेको थियो । २-४ मंसिरसम्म भवन तथा परिसर उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको नेपालले बताए । हेर्नुहोस्...
नेकपा (बहुमत) काे चुनावी अवज्ञाबारे प्रचार- प्रसार तिब्र बन्दै

नेकपा (बहुमत) काे चुनावी अवज्ञाबारे प्रचार- प्रसार तिब्र बन्दै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौँ : नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरहरूले पर्वत र म्याग्दीका सरकारी कार्यालयहरूसमेत रङ्गिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अधिकांश सरकारी कार्यालयका प्रवेशद्वारहरूमा ‘संसदीय चुनावको अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !’ भन्ने नाराहरू लेखिएका रङ्गीन पोस्टरहरू व्यापक रूपमा टाँसेको हो । नेकपा (बहुमत) ले यही मङ्सिर ४ गते हुने भनिएको प्रदेश र सङ्घका संसदीय निर्वाचनलाई फेरि देश बेच्ने लाइसेन्स सुदृढ गर्ने संसद्वादीहरूको प्रयास भन्दै सर्वसाधारण जनतालाई यो व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध हुन आह्वान गरेको छ । यो व्यवस्थाले देश र जनतालाई कङ्गाल बनाएको र राजनीतिक अस्थिरता कायम गरेको हँुदा यो निर्वाचन अवज्ञा गरी स्थायित्व कायम गर्न स्वाधीन संयुक्त सरकार निर्माण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमु...
रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार

रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
 २०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए । शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे । तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् । यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक ...