११ श्रावण २०८१, शनिबार

राेल्पामा शान्तिपूर्ण ढंगले मतदान :

४ मंसिर, रोल्पा । रोल्पामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार केही ठाउामा शंकास्पद वस्तु भेटिएको बताए पनि गोबरको थुप्रो भएको पुष्टि भएको छ ।

जिल्लामा सुरक्षा अवस्था सन्तोषजनक रहेको र १ : ३० बजेसम्म करिब ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कारागारका कैदी बन्दीहरुको मतदान सम्पन्न भइसकेको छ । समानुपातिक पद्धतिको मतदानका लागि ६३ मध्ये ६२ कैदीले मतदान गरेका छन् ।

थवाङमा न्यून मतदान :

रोल्पाको थवाङ मतदान केन्द्रमा २: ३० बजेसम्म न्यून मतदान भएको छ ।

स्थानीय अमित घर्ती का  अनुसार वडा नं. १ मा रहेको विवाङ मतदान केन्द्रमा २०५ मत खसेको छ । सो मतदान केन्द्रमा एक हजार ३१४ मतदाता रहेका छन ।

वडा नं. २ थवाङ मतदान केन्द्रमा ३७४ मत खसेको छ । उक्त मतदान केन्द्रमा एक हजार ५७७ मतदाता रहेका छन् ।

विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता कार्यकर्ता मतदानस्थल पुगी आफूहरुले भौतिकभन्दा वैचारिक वहिष्कार गरेको बताएका थिए ।

वास्ताविक हतियारभन्दा, वैचारिक हतियार बलियो हुने नेकपा रोल्पाका पूर्वजिल्ला इन्चार्ज जय प्रकाश रोकाले बताएका छन् ।