११ श्रावण २०८१, शनिबार

हामिले सुरक्षा ब्यवस्था कडा बनायका छाै : गृह सचिव सिंह

४ मंसिर, काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् ।

आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताए ।
उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सञ्चालन गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरु भइसकेको पनि बताए । गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए ।
मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि उनले जानकारी दिए ।
हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौं । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ’ उनले भने ।
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गरेको छ ।