
रुकुम पश्चिममा जनार्दन शर्मा : चौथो जितका दावेदार
२०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए ।
शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे ।
तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् ।
यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक ...