६ बैशाख २०८२, शनिबार

अर्थवाणिज्य

वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

वेलिब्रिज पुल भाँचिदा २ जनाकाे ज्यान गयाे ७ जना घाइते

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट  । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका ९ जनामध्ये दुईजनाको मृत्यु भएको छ ।जाजरकोट-डोल्पा सडकअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई श्रमिकको ज्यान गएको हो । ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत बहराइच घर भएका अन्दाजी ४० वर्षीय कामदार पुरोस्लिम चमारको घटनास्थलमै र बहराइचकै अर्का कामदार धर्मेन्द्र गौतम भन्ने हर्जन चमार छन् । घाइते हर्जनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते सातजनामध्ये क्रेनका २५ वर्षीय चालक नीरजकुमार चौधरी सामान्य घाइते भएका छन् । नवलपरासी घर भएका चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ...
नेकपाकाे जनपत्रिका लाेकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेकपाकाे जनपत्रिका लाेकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।बुधबार नेपाल बार एसाेसियसनकाे सभाहल रामशाह पथ काठमाडौंमा  नेकपाकाे  प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व तथा जनपत्रिका विमोचन कार्यक्रम सम्पन्न भयकाे हाे ।कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपाका महासचिव बिप्लवले नेपालको परनिर्भर उत्पादन प्रणाली, प्रशासनिक पलायन, विभिन्न बहानामा पुँजी पलायन, बेरोजगारी र राजनीतिक अस्थिरताले नेपाल आर्थिक संकटतिर जान लागेको बताए। उनले भने, ‘लघुवित्त, बैंक र मिटर ब्याजीहरुले जनताबाट विभिन्न बहानामा अकुत लुटेका छन्। देशको पुँजीलाई विभिन्न गैरकानुनी तवरले पलायन गराएका छन्। कृतिम बेरोजगारी सिर्जना गरेर देशका दक्ष जनसक्तिहरुलाई विदेश पलायन हुनुपर्ने बाध्यता  बनाएको छ। याे आजको ज्वलन्त संकट यहि हो ।’ आर्थिक संकट समाधानको एउटामात्र विकल्प आफूसँग भएको भन्दै अवसर पाए गरेर देखाउन...
मन्त्रालयले बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका’२०७९ परिमार्जन गर्ने

मन्त्रालयले बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका’२०७९ परिमार्जन गर्ने

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी भएको बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ परिमार्जन गर्ने तयारी गरेको छ ।   मन्त्रालयमा मंगलबार बसेको बैठकले निर्देशिका परिमार्जनका गर्ने तयारी गरेको हो । मन्त्रालय स्रोत अनुसार दैनिक प्रचालनमा र अभ्यासमा रहेको कुरालई निर्देशिकाले बाधा नपार्ने बुँदा थपेर निर्देशिकालाई परिमार्जन गर्न लागिएको तूफान न्यूजलाई जानकारी दिएको छ । बैठकले निर्देशिका परीमार्जन गर्ने शिक्षा मन्त्रीलाई प्रस्ताव राख्ने र शिक्षा मन्त्रीको निर्देशन अनुसार अगाडी बढ्ने तयारीमा रहेको स्रोतको भनाई छ । तर ठ्याक्कै के परिमार्जन गर्ने भन्ने विषयमा अझै छलफलमा रहेको स्रोतले बतायो । शिक्षा मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख बासुदेव ओस्तीले यसबारे आफुलाई कुनै जानकारी नभएको बताय।...
बालबालिका लाई भिटामिन ए र जुकाकाे ओैँषधि खुवाउदै

बालबालिका लाई भिटामिन ए र जुकाकाे ओैँषधि खुवाउदै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं ।सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिट...
कर्णाली प्रदेशको अर्थमन्त्रीमा जाजरकोटका वेदराज सिंह

कर्णाली प्रदेशको अर्थमन्त्रीमा जाजरकोटका वेदराज सिंह

Breaking News, अर्थवाणिज्य, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत । कर्णाली प्रदेश सरकारको अर्थमन्त्रीमा जाजरकोट क्षेत्र न १ बाट निर्वाचित संसद तथा नेपाली कांग्रेसका सभापति बेदराज सिंह चयन भयका छन । सिंह जाजरकोटका प्रखर वक्ता र प्रष्ट भिजन भयका युवा नेताकाे रुपमा प्रचित छन। उनले जाजरकोट क्षेत्र न १ बाट प्रदेश सभाकाे चुनावमा माओवादी केन्द्र संग गठबन्धन गरि बिजय भयका थिय । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत ‘क’बाट निर्वाचित सांसद खड्ग बहादुर पोखरेल, जाजरकोट प्रदेशसभा १ बाट निर्वाचित वेदराज सिंह र दैलेख–१‘ख’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरे पछि जाजरकोटका सिंह आर्थिक मामिला तथा अर्थमन्त्री बन्ने पक्का भयका हुन । पोखरेल सामाजिक विकासमन्त्री,  बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन् । कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, २०७८ वैशाखम...
महानगरले राेकेकाे सिंहदरबार भित्रकाे फाेहर ब्यवस्थापन गर्न  विकल्प थालियाे

महानगरले राेकेकाे सिंहदरबार भित्रकाे फाेहर ब्यवस्थापन गर्न विकल्प थालियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।फोहोर साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। सिंहदरबार भित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गरेको हो । प्रालिका सञ्चालक मित्र घिमिरेका अनुसार सिंहदरबारबाट निस्किने फोहोर वर्गीकरण गरेर व्यवस्थान गरिरहेको हो । ‘कुहिने फोहोर र पशुका चारा हुने फोहोर छ्ट्याएर फोहोर व्यवस्थापन सुरु गरेका छौं । कुहिनेलाई खाल्डोमा र पशुका चारा हुने फोहोर किसानलाई पठाइरहेका छौं,’ घिमिरेले भने, ‘नकुहिने फोहोरमा पुनः प्रयोग हुनेलाई छुट्याएर व्यवस्थापन गरिरहेका छौं भने पुनः प्रयोग नहुनेलाई सिंहदरबारका केन्द्रीय उद्यानमा डम्प गरिरहेका छौं । ’ सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको घिमिरे बताउँछन् । ५ टन मध्ये फोहोर वर्ग...
शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान ५:१५ बजे राधादेवीको निधन भएको हो । केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेकाे थियो । सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भयकाे थियाे ।...
सहकारी प्रवर्द्धन कोषको रकम परिचालन गर्न सरकारलाई महालेखाको निर्देशन

सहकारी प्रवर्द्धन कोषको रकम परिचालन गर्न सरकारलाई महालेखाको निर्देशन

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, समाचार
काठमाडौं ।महालेखापरीक्षकको कार्यालयले सहकारी प्रवर्द्धन कोषमा जम्मा भएको रकम प्रभावकारी तवरले परिचालन गर्न निर्देशन दिएको छ । कोषमा गत वर्ष ४ करोड ७७ लाख ६९ हजार र यो वर्ष १ करोड ८१ लाख ६४ हजार रुपैया गरी ६ करोड ५९ लाख ३३ हजार रुपैयाँ जम्मा छ। सहकारी ऐन, २०७४ मा सहकारी प्रवर्द्धन कोषमा सहकारी संस्थाहरूको जगेडा कोषमा रहेको रकमको ०ं५ प्रतिशतले हुने रकम साधारण सभाबाट लेखापरीक्षण प्रतिवेदन अनुमोदन भएको १५ दिनभित्र सहकारी संस्थाले कोष खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। कोषमा अधिकांश सहकारी संस्थाले रकम जम्मा नगरेको समेत महालेखाले जनाएको छ । कोषमा रकम जम्मा नगर्ने सहकारीको लगत खडा गरी आवश्यक कारबाहीको लागि विभागमा लेखी पठाउने व्यवस्था भए पनि नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कोष सचिवालयले सहकारीहरूबाट विवरण सङ्कलन नगरी बैङ्क स्टेटमेन्टको आधारमा कोषमा एकमुष्ट आम्दानी जनाउने गरेको...
नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका हुन् । नयाँ नेतृत्वले सपथग्रहण गरिसकेको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः चुनाव हुने तयारी हुँदै थियो । तर, दुई उम्मेदवारलाई राखेर अध्यक्ष, पूर्व अध्यक्षहरूले छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उमेशलालकै समर्थनमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएका हुन् । अञ्जन तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने छन् । महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा ...
विभिन्न मन्त्रालयको वेरुज सार्वजनिक सबै भन्दा अर्थमा बढि वेरुज

विभिन्न मन्त्रालयको वेरुज सार्वजनिक सबै भन्दा अर्थमा बढि वेरुज

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो । त्यसो त अर्थ मन्त्रालय मातहतका निकायको लेखा परीक्षणको अंक समेत ठूलो छ । यस वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यस मन्त्रालयको ८ अर्ब ७९ करोड रुपैयाँ थप भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २ अर्ब ७० करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २ अर्ब ५३ करोड, गृहको १ खर्ब ५७ करोड, भूमि व्यवस्थाको १ अर्ब ३४ करोड, उर्जा, जलस्रोत तथा सिञ्चाईको १ अर्ब २९ करोड, शहरी विकासको १ अर्ब ९ करो...