११ श्रावण २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

ललितपुर ।नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको ललितपुर स्थित हात्तीवनमा रहेको निर्माणाधीन घर जन-नियन्त्रणमा गएको छ। नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पहलमा स्थानीय र नेकपाका नेता कार्यकर्ता हरुको भिडले कालो ब्यानर र झण्डा सहित सोमवार नियन्त्रणमा लिएको हाे ।

जन- नियन्त्रणमा लिइएको सार्वजनिक सुचना भन्दै नक्कली भुटानी शरणार्थी काण्डमा मुख्य विचौलियाको निकृष्ट भूमिकामा रही ठगी, मानव तस्करी र राष्ट्रघात जस्तो अक्षम्य अपराध गरेको हुनाले अपराधिक कार्य मार्फत लुटेको धनबाट निर्मित अपराधी केशव दुलालको यो घर जनताको आग्रह, अपिल एवम् सहभागितामा जन – नियन्त्रणमा लिइएको छ । साथै अपराधिक व्यक्तिको कानुनी स्वामित्व सामाजिक रुपमा खारेज भइ सार्वजनिक स्वामित्व स्थापित भएको नेकपा ललितपुरले जनाएकोछ।