११ श्रावण २०८१, शनिबार

जाजरकोट कुशे वडा न.५ बाल मैत्रि वडा घाेषणा

जाजरकोट । जाजरकोट कुशे गाउपालिका अन्तर्गत वडा न ५ लाई बाल मैत्रि वडा घाेषणा गरियकाे छ ।

बालबालिकामा लगानी बढाओैं! बालमैत्रि अभियानमा सहभागी बनाै!! भन्ने मुल नाराका साथ वडालाई बाल मैत्रि वडा घाेषणा गरियकाे हाे । सेभ द चिल्ड्रेन , पहाडी क्षेत्र बिकास अभियान जाजरकोट ,युवा जागरण बिकाश केन्द्र (यार्सन) जाजरकोट र कारिताष नेपालकाे साझेदारी तथा वडा न. ५काे आयाेजनामा वडालाई बालबालिका मैत्रि वडाकाे रुपमा घाेषणा गरियकाे हाे।सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू तय गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । यसै अनुरुप बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।

बालबालिका हरुमा रहेका असिमित समस्याहरुकाे समाधान गर्नका लागि कुशे गाउपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानि गर्दै आईरहेकाे र  आगामी वर्षहरूमा पनि हर्दम लागि पर्ने र कसरी बाल मैत्रि बिद्यालय र बाल मैत्रि समाज निर्माण र बाल श्रम मुक्त नमुना वडा र पालिका बनाउन सकिन्छ यसकाे बिषयमा  सबैले साेच्नु पर्ने र सबैले बाल मैत्रि पालिका निर्माणका लागि हातेमालो गर्नु पर्ने गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताय ।

अध्यक्ष बस्नेतले थप भने – विशेष गरि बालबालिकाकाे क्षेत्रमा लगानी बढाउदै आयकाे सेभ द चिल्ड्रेन, कारिताष नेपाल र पहाडी क्षेत्र बिकाश अभियान जाजरकोट यार्सन जाजरकोट लाई हाम्रो पहलमा पालिकाका अरु वडाहरुमा पनि कार्यक्रम बिस्तार गरिरहेकाे र पालिकाबाट पनि विशेष पहल गरि बाल मैत्रि वडा घाेषणा गर्न सफल भयका छाै । कार्यक्रम थर्पु मा.बि ढिमे काे प्राङ्गणमा भयकाे थियाे । पाैराणिक लाेक नाँच खाँडाे नाच प्रदर्शन र विभिन्न साँस्कृतिक प्रस्तुति भईरहेकाे थियाे । बालमैत्रि वडा घाेषणाका लागि विभिन्न क्षेत्रबाट सहयाेग गर्ने  सबैलाई सम्माान, मायाकाे चिनाे र प्रमाणपत्र प्रदान गरियकाे थियाे । यस भन्दा पहिले वडा न १र ९ लाई घाेषणा गरिसके पछि याे तेस्रो  बाल मैत्रि घाेषणा वडाकाे रुपमा लिईयकाे छ ।