२ माघ २०८२, शुक्रबार

समाचार

गायक तथा सर्जक ढकालको नयाँ गीत “जागिर सरकारी” सार्बजनिक

गायक तथा सर्जक ढकालको नयाँ गीत “जागिर सरकारी” सार्बजनिक

समाचार
काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा संकलक बिनोद ढकालको अर्को नयाँ गीत “जागिर सरकारी” सार्वजनिक भएको छ । ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियो तर्फ लक्ष्मण श्रेष्ठको निर्देशनमा मदन राई छायांकन तथा सम्पादन रहेको छ। गीतमा गायक ढकालले भ्रष्टाचार नगर्ने , असल सरकारी कर्मचारीलाई बजारको महंगीको तुलनामा वर्तमानको तलबले दाल र भात खान पुग्ने तर मिठो तरकारी खान नपुग्ने अबस्था रहेको चित्रण गरेका छन। https://youtu.be/xF4qs6CVxNo?t=131...
अखिल क्रान्तिकारीद्वारा बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त

अखिल क्रान्तिकारीद्वारा बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : अखिल क्रान्तिकारीले बिद्यार्थी दिवसका अवसरमा शुभकामना ब्यक्त गरेकाे छ । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले ६१ ओैँ बिद्यार्थी दिवसका अवसरमा आज एक विज्ञप्ति मार्फत शुभकामना ब्यक्त गरेकाे हाे । संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ "सर्वप्रथम संघर्ष, बलिदान र विजयकाे ऐतिहासिक ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्पुर्ण बिद्यार्थीलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौं,राणा पन्चायत र राजतन्त्र विरुद्धको आन्दोलनमा बलशाली सावित विद्यार्थी शक्तिले नवओैपनिवेशिक पुजीवादी संसदीय ब्यवस्थाकाे अन्त्य र वैज्ञानिक समाजवादी ब्यवस्थाका खातिर नयाँ कार्यभार पूरा गर्न जरुरी छ। नवओैपनिवेशिक पुजिवादि संसदीय ब्यवस्थाद्वारा निर्देशित नव ओैपनिवेशिक शिक्षा प्रणालीको अ...
शिक्षा राष्ट्रकाे मेरुदण्ड हाे, स्टनबाजिले बिद्यार्थी आन्दोलन चल्दैन : सन्ध्या पुन

शिक्षा राष्ट्रकाे मेरुदण्ड हाे, स्टनबाजिले बिद्यार्थी आन्दोलन चल्दैन : सन्ध्या पुन

राष्ट्रिय, विचार, शिक्षा
शिक्षा राष्ट्रको मेरुदण्ड हो। जब यो संकटमा पर्छ, त्यसको कम्पन केवल कक्षाकोठाभित्र सीमित रहँदैन । समग्र समाजको चेतनामा असर पार्छ। हिजो हामी विद्यार्थीहरू विद्यालयदेखि विश्वविद्यालयसम्म, सडकदेखि संसदद्वारसम्म, निजीकरण र शैक्षिक माफियावादविरुद्ध उठेका थियौं। हाम्रो आन्दोलन शुल्क वृद्धिको विरोध मात्र थिएन, त्यो जनताका छोराछोरीहरूका लागि समान, सर्वसुलभ र न्यायपूर्ण शिक्षाको लडाइँ थियो। हामीले जनताको पक्षमा बोलेका थियौं, निजी शैक्षिक माफियाविरुद्ध संघर्ष गरेका थियौं। त्यही संघर्षले शिक्षा क्षेत्रमा केही चेतना पैदा गरेको थियो। तर आजको वास्तविकता कस्तो छ? आजको विद्यार्थी आन्दोलन नेतृत्वविहीन, दिशाहीन र जिम्मेवारीविहीन अवस्थामा पुगेको छ। नेतृत्वको यही अभावका कारण निजी विद्यालयहरू मनपरी शुल्क असुलिरहेका छन्, अभिभावकहरू आफ्नो जीवनको आम्दानी शुल्कको नाममा चुकाइरहेका छन्, तर विद्यार्थी नेताहरू चु...
बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने । नेकपा बहुमत निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी), केन्द्रीय समितिले २०८२ जेठ १ गते, बिहिवार, प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित लेखनाथ सभाकक्षमा ६१औं विद्यार्थी एकता दिवसको अवसरमा एक विशेष सम्मान कार्यक्रम आयोजना गर्न लागेको हाे। उक्त कार्यक्रममा क्रान्तिकारी विद्यार्थी आन्दोलनका इतिहासकारहरू र संघर्षका अगुवा नेताहरूलाई एकै मञ्चमा प्रस्तुत गर्ने संगठनका केन्द्रीय सचिव डिबि शाहिले बताय। कार्यक्रमको दौरान नेपाली विद्यार्थी आन्दोलनका चर्चित अगुवा नेता र इतिहासकारहरू, जसमा लेखनाथ न्यौपाने, सरद रसाइली, हिमाल शर्मा, पुर्णबहादुर सिंह,दिपेन्द्र चलाउने, चिरन्जीवी ढकाल, प्रकाश शाही, मिलन राई र राम बहादुर तिरुवा लगायतका नेताहरूलाई सम्मान पत्र वितरण गरिने छ। यी नेताहरूले आन्दोलनका ऐतिहासिक घटनाहरू र संघर्षका प्रमुख मोडहरूको बा...
कैलालीमा बच्चासहित एक महिला सम्पर्क विहीन

कैलालीमा बच्चासहित एक महिला सम्पर्क विहीन

Breaking News, राष्ट्रिय, समाचार
धनगढी:कैलाली जिल्लाको भजनी नगरपालिका १ गौनहिया बस्ने डिल्ली बहादुर बोहराकी ३२ वर्षीया श्रीमती सचिता रोकाय एक डेढ वर्षको बच्चा लगेर वैशाख १३ गते बिहानबाट माइत जाने भन्दै सम्पर्कविहीन भएकी छिन्।                                                घरका परिवार सदस्यले भने वैशाख १८ गते बच्चासहित सचिता रोकाया सम्पर्कविहीन भएको भन्दै नजिकैको भजनी इलाका प्रहरी कार्यालयमा खोजिदिन भन्दै निवेदन दिएका थिय। उता उनका श्रीमान भने भारतको पुणेमा भन्ने ठाउँमा केही दिनदेखि काम गर्दै आएका थिए। अहिले उनी बच्चासहित श्रीमती हराएको खबर पाएपछि घर फर्किएका छन् तर श्रीमती र छोराको अहिलेसम्म भने कुनै अत्ताेपत्तो छैन। घरका आफन्तहरूले भने अर्कै केटासँग भागेर भारत गएको हुन सक्ने आशंका गरेका छन्।बैतडी जिल्लाको डिलासैन नगरपालिका वडा नम्बर १ पहाडी गाउँमा बस्ने हरिश बोहरा पनि वैशाख १४ गतेबाट सम्पर्कविहीन भएका उनका आफन्तले जना...
‘कर्णाली छोरी सम्मेलन’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

‘कर्णाली छोरी सम्मेलन’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
सुर्खेत ;कर्णालीमा पहिलो पटक आयोजित ‘कर्णाली छोरी सम्मेलन’ सम्पन्न भएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालित सम्मेलनले १० बुँदे प्रतिबद्धता जारी गरेको छ ।श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको उक्त सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका दुई–दुई जना छोरीहरु सहभागी रहेका थिए । सहभागी छोरीहरुले आ–आफ्ना समस्या राखेका थिए । छोरी सशक्तिकरण अभियानको माध्यमबाट सचेत सबल, सक्षम, तथा आत्मनिर्भर कर्णालीका छोरीहरुको निर्माण र विकासमा सघाउ पुर्‍याउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो । प्रतिबद्धतापत्रमा कर्णालीका छोरीहरुको उज्वल भविष्य निर्माणका लागि बाधक बनेको बालविवाह तथा विवेद अन्त्यका लागि प्रादेशिक तथा स्थानीय तहमा बाल विवाह अन्त्यका लागि रणानीतिक कार्य योजना निर्माण गरि बालिका तथा किशोरी केन्द्रित कार्यक्रम कार्यान्वन गर्ने, विभेदविरु...
ललितपुरको एमएसआर सहकारी लथालिंग, १० करोड निक्षेप डुब्ने खतरा

ललितपुरको एमएसआर सहकारी लथालिंग, १० करोड निक्षेप डुब्ने खतरा

समाचार
नन्दलाल खरेल काठमाण्डौ । ललितपुरको ढोलाहिटीमा केन्द्रिय कार्यालय राखी जिल्लाका विभिन्न स्थानहरुमा शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम संचालन गर्दै आएको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले विगत २ बर्षदेखि निक्षेप फिर्ता गर्न सकेको छैन । सहकारीमा संकट गहिरिँदै जाँदा सबै सञ्चालकहरुले पनि अध्यक्ष समक्ष राजिनामा बुझाएको सम्बद्ध स्रोतले बतायो । उनीहरुको राजिनामा नोटिस बोडर्मा टाँसिएको छ । त्यसैगरी संस्थाका सिइओ तथा अन्य कर्मचारीहरु पनि कार्यालय आउन छाडेका छन् । स्रोतका अनुसार संस्थाका अध्यक्ष स्वयम्भुराम जोशीको निरन्तरको मनोमानीले संस्था डुबेको हो । हाल संस्थासँग अलिकति पनि तरलता नभएको र बचतकर्ताहरुको बचत फिर्तागर्नुपर्ने रकम करिव १० करोड हाराहारी रहेको स्रोतले बतायो । सो रकम संस्थाको चलअचल सम्पत्ति विक्रि नगरी तिर्नै सक्ने अवस्था पनि रहेको छैन । ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लु...
भारत-पाकिस्तानलाई युद्ध विरामका लागी जुट्न नेपालका दुई कम्युनिस्ट पार्टीको सुझाव

भारत-पाकिस्तानलाई युद्ध विरामका लागी जुट्न नेपालका दुई कम्युनिस्ट पार्टीको सुझाव

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : भारत र पाकिस्तान युद्धलाई वार्ता र संवादकाे माध्यमबाट समाधान गर्न नेपालका दुई कम्युनिस्ट पार्टीले सुझाव दिएका छन । समाजवादी कम्युनिस्ट पार्टी नेपाल र अखिल नेपाल कम्युनिस्ट पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै भारत पाकिस्तान युद्ध बारे “अहंकार, उन्माद र आवेगमा आधारित अन्यायपूर्ण युद्ध गर्ने पक्षको नै अन्त्यमा पराजय भएको छ, हुन्छ र हुनेछ भनि बताएका छन् । महासचिव समरजंग र अध्यक्ष नारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा थप भनिएको छ “वास्तविक कारण र जड कारकहरूको खोजी गरी तिनको समाधान गर्नका लागि पूर्ण स्वविवेक, स्वाधीनता र स्वाभिमानका लागि असाध्यै गम्भीर र संवेदनशील भएर सोचविचार गरी लाग्न भारत र पाकिस्तान दुवै देशका शासकहरूलाई अखिल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल जोडदार अपिल गर्दछौं ।” विज्ञप्ति जस्ताको त्यस्तै :“भारत-पाकिस्तान युद्धबारे हाम...
दोस्रो ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता शुरु

दोस्रो ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता शुरु

समाचार
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं, पूर्वी क्षेत्रको आयोजनामा ग्रील तथा स्टील व्यवसायीहरुको फुटबल महासंग्राम आजबाट शुरु भएको छ । “दोस्रो ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता — २०८२” को नाम बाट शुरु भएको सो प्रतियोगिता कपन बालुवाखानी स्थित कपन स्पोर्टस्को फुटसल ग्राउण्डमा भई रहेको छ । प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठले प्रतियोगिता औपचारिक रुपमा शुरु गर्नुभयो । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं, पूर्वी क्षेत्रका अध्यक्ष बिष्णु कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम पुर्वी क्षेत्रका सचिव दिलराम श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, वरिष्ठ सल्लाहकार निरन्जन कुमार श्रेष्ठ, उद्यमी महिला समिति संयोजक बिष्णु माया उचही लगायत उपाध्यक्षहरु तथा पदाधिका...
भारतले खुलायो पाकिस्तानसँग तनावका कारण बन्द गरेको ३२ विमानस्थल

भारतले खुलायो पाकिस्तानसँग तनावका कारण बन्द गरेको ३२ विमानस्थल

समाचार
काठमाडौं। भारतले  पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ।   सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जनाएको छ।   भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार बन्द गरिएको ३२ वटै विमानस्थल सोमबारदेखि नै पूर्ण रूपमा सञ्चालनमा आएको छ।   शनिबार युद्धविराम घोषणा भएपछि पनि केही विमानस्थल सञ्चालनमा आएको थियो। सञ्चालनमा बाँकी रहेका विमानस्थलहरू सोमबारदेखि नै सञ्चालनमा आएको हिन्दुस्तान टाइम्सले जनाएको छ।   ...