२६०९ विन्दुमा नेप्से, साढे ८ अर्बको सेयर किनबेच
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ।
गत बिहीबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
नप्से २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने बढेको छ।
बिहीबार सात अर्ब आठ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार आठ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४२ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०९ वटा धितोपत्रको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ। यस्तै, एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९९ रूपैयाँ ८० पैसा पुगेको...









