१ माघ २०८२, बिहीबार

समाचार

हुम्लाकाे नाम्खामा पुग्याे राहत सामग्री

समाचार
काठमाडौं । हिमताल फुटेर आएकाे बाढी/ पहिरोबाट प्रभावित हुम्लाकाे नाम्खा गाउँपालिका-६, तिलगाउँमा राहत सामग्री पठाइएकाे छ। ‎ हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरू पठाइएकाे जानकारी दिए। ‎उनका अनुसार १० क्विन्टल चामल, १०० लिटर तिल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, १/१ क्विन्टल भुजा, चिउरा, १० पाेकेट चिया पठाइएकाे छ। ‎ यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरू पठाइएको उनले बताए। ‎‎चारवटा त्रिपाल र १० बाेरा सिमेन्ट पनि पठाइएको छ।   'सिमीकाेटबाट हामीले गाडीमा सामान पठाएकाे हाे, सामान पुगिसकेकाे छ,' उनले भने। ‎तिलगाउँमा बाढी/ पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। ‎गाउँ नजिक पहिराे पुग्दा बस्ती नै जाेखिममा परेकाले तिलगाउँबासी खाेलापारी फाँटमा बसिरहेका छन्।...
दुर्गा प्रसाईंलाई ज्यान सम्बन्धीसहित पाँच कसुरमा मुद्दा चलाउनुपर्ने राय दिँदै प्रहरी

दुर्गा प्रसाईंलाई ज्यान सम्बन्धीसहित पाँच कसुरमा मुद्दा चलाउनुपर्ने राय दिँदै प्रहरी

समाचार
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गर्न संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई पाँच वटा मुद्दा चलाउने गरी प्रहरीले राय दिने तयारी गरेको छ। नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' प्रसाईंले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डाका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा राखेका थिए।   तर सभा हुनुअघि नै प्रदर्शन हिंसात्मक बनेको थियो। प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाएका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो। प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र र पार्टी कार्यालयमा आगजनी गरेका थिए भने भाटभटेनी सुपरमार्केट लुटपाट गरेका थिए। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो। घटनापछि फरार रहेका प्रसाई...
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृत्यु, २ घाइते

सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृत्यु, २ घाइते

समाचार
काठमाडौं । सर्लाहीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै जना चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार दुई जना घाइते भएका छन्।   इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मंगलबार ४ बजे बागमती नगरपालिका-४ जिरायत बजार स्थित भित्री सडक खण्डमा पुतली चोकबाट सोल्टी बजार तर्फ जाँदै गरेको प्र.३-०२-००६प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।   दुर्घटनामा बा५६प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्र.३-०२-००६प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका -२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको छ ।   दुवै जनालाई उपचारका लागि चन्द्रनिगाहपुरअस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।   यस्तै प्र.३-०२...
झापामा मृत फेला परे एक वृद्ध

झापामा मृत फेला परे एक वृद्ध

समाचार
काठमाडौं । झापामा एक जना वृद्ध मृत फेला परेका छन्।   भद्रपुर नगरपालिका–१० मा एक वृद्ध घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।   मृतक सोही ठाउँका अन्दाजी ६५ वर्षीय निगे राई हुन्। उनी मंगलबार बिहान करिब ८ बजेतिर घरबाट निस्केका थिए।   राई डाँगीबारीस्थित भित्री सडकखण्डको कल्भर्टबाट करिब ८–१० फिट तल लडेको र अवस्थामा घोप्टो परेर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।   ...
काठमाडौंमा एक पुरूषको हत्या आरोपमा ५ जना पक्राउ

काठमाडौंमा एक पुरूषको हत्या आरोपमा ५ जना पक्राउ

समाचार
काठमाडौं । काठमाडौंमा एक जना पुरूषको हत्या गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।   गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।   जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार वैशाख ३१ गते एक किराना पसलमा बसिरहँदा एक समूहले राईलाई गम्भीर घाइते बनाएर फरार भएको थियो।   राईको उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप घर भई गोकर्णेश्वर बस्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाही बस्ने २३ वर्षीय समिर वाइबा तामाङ, २६ वर्षीय अभिसेक वाइबा तामाङ, सिन्धुपाल्चोकका २९ वर्षीय दिपेन्द्र भुजेल रकाभ्रेका २८ पर्षीय अनुराज तामाङ छन्।   ...
यस्तो छ नयाँ नोटमा छापिएर आउने नयाँ गभर्नरको दस्तखत

यस्तो छ नयाँ नोटमा छापिएर आउने नयाँ गभर्नरको दस्तखत

समाचार
काठमाडौं ।  नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएका छन्। एक आम मान्छेका लागि गभर्नरले गर्ने आर्थिक र मौद्रिक कामभन्दा एउटा अर्कै पक्षले चासो राख्छ। त्यो हो — गभर्नरको दस्तखत।   हरेक नयाँ गभर्नरसँगै नयाँ नोटमा कस्तो दस्तखत आउला भन्ने आम कौतुहल रहन्छ।   त्यही भएर हामीले मन्त्रिपरिषदको निर्णय हुनेबित्तिकै नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग उनको हस्ताक्षर दिन आग्रह गर्दै भन्यौं, 'अब नयाँ नोटमा छापिएर तपाईंको दस्तखत हामीले अहिले नै हेर्न मिल्छ?' उनले सहमति जनाउँदै हामीलाई आफ्नो डिजिटल दस्तखत पठाइदिए। तर यो दस्तखत तत्काल भने नोटमा छापिएर आउँदैन। गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ। सामान्यतया दुई/तीन वर्षपछिका नयाँ नोटमा मात्र नयाँ गभर्नरको हस्ताक्षर भएका पैसा बजारमा देखिन्छन्।   पैसा भनेको जति बेला भन्यो, त्यति बेला छापिने होइन। चलनचल्...
द—च्याम्पियन्स् तेक्वान्दो डोजाङको ग्रेडीङ तथा सम्मान कार्यक्रम — २०८२ सम्पन्न

द—च्याम्पियन्स् तेक्वान्दो डोजाङको ग्रेडीङ तथा सम्मान कार्यक्रम — २०८२ सम्पन्न

खेल, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको द—च्याम्पियन्स् तेक्वान्दो डोजाङको ग्रेडीङ तथा सम्मान कार्यक्रम — २०८२ सम्पन्न भएको छ । डोजाङका अध्यक्षप्रदिप आलेमगरको सभापतित्वमा भएको कार्यक्रममा प्रहरी वृत बालाजुका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना टोल सुधार समितिका अध्यक्ष दाशु गिरी तथा अतिथि हरुमा मुक्तिनाथ बिकास बैंकका संचालक समिति तथा सानो भर्याङ हाउजिङका अध्यक्ष नारायण श्रेष्ठ ,तारकेश्वर नगर खेलकुद समितिका उपाध्यक्ष एवं गुहेश्वरी तेक्वान्दो डोजाङ प्रमुख फिरोज श्रेष्ठको उपस्थिति रहेको थियो । ग्रेडिङको एक्जामाईनरको रुपमा तेक्वान्दो तर्फका १३ साफ च्याम्पियन ( स्वर्ण पदक बिजेता ) तथा पुम्से तर्फका राष्ट्रिय प्रशिक्षक सन्जिव ओझा रहनु भएको थियो भने कार्यक्रम द—च्याम्पियन्स् तेक्वान्दो डोजाङका सचिव सुमन श्र...
सीटीईभीटीका सहायक निर्देशकलाई अखिल क्रान्तिकारीद्वारा कालोमोसो

सीटीईभीटीका सहायक निर्देशकलाई अखिल क्रान्तिकारीद्वारा कालोमोसो

Breaking News, राजनीति, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं :प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरूले कालोमोसो दलेका हुन ।अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन्। कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई पक्राउ गरेको छ। क्रान्तिकारीका कार्यकर्ताहरूले फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको आरोप लगाएका छन्। त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफ...
जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

समाचार
काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका–२ को झुलेनीमा ठाउँमा चट्याङ लागेर २१ वटा भेडा बाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा भेडाबाख्रा मरेका हुन् ।   गुठी गाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठीचौर–२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए । घरमा ल्याउन रुख मुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो । हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडा बाख्रा छन् । उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ ।   चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू दुःखी भएका छन् । गुठीगाउँमा रहेका १७५ घरधुरीमध्ये एकसय भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन् । गाउँमा करिब ३,५०० भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटा भेडाबाख्राको मूल्य कम्तीमा१० हजारदेखि अधिकतम २५ हजा...
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे आदेश

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे आदेश

समाचार
काठमाडौं ।  गत चैत १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईँलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।