१ माघ २०८२, बिहीबार

समाचार

बितु सिंह – बिन्दसरा स्मृति छात्रवृत्ति २०८१- पुरस्कार जेहेन्दार छात्र मिलन सिंह र बिरेन्द्र सिंहले प्राप्त गरेका छन

बितु सिंह – बिन्दसरा स्मृति छात्रवृत्ति २०८१- पुरस्कार जेहेन्दार छात्र मिलन सिंह र बिरेन्द्र सिंहले प्राप्त गरेका छन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
जाजरकोट : प्रत्येक बर्षमा "बितु सिंह -बिन्दसरा सिंह स्मृति प्रतिष्ठान" द्वारा प्रदान गरिने छात्रवृत्ति पुरस्कार यस पटक पनि बितरण गरियकाे छ ।यश बर्षकाे प्रदान गरिएको छात्रवृत्ति जनकल्याण आधारभूत विद्यालय कुशे-२ टालेगाउँ-गुमथले जाजरकोटमा अध्ययनरत अपाङ्ग छात्र- कक्षा ४ का मिलन सिंह, र विद्यालय प्रथमतर्फ कक्षा - ६ मा अध्ययनरत छात्र बिरेन्द्र बहादुर सिंहले प्राप्त गरेका छन् । बिद्यालय मा संचालन गरियकाे उक्त कार्यक्रममा बिद्यालयका शिक्षक , अभिभावक र सम्पूर्ण बिद्यार्थीहरुकाे उपस्थितिमा उक्त कार्यक्रम गरियकाे बिद्यालयका प्रध्यानध्यापक तिलक बहादुर सिहंले बताउनु भयाे । स्वर्गीय बुवा बितु सिंह र आमा बिन्दासरा सिंहकाे स्मृतिमा २०७८ साल मा उक्त प्रतिष्ठान स्थापना गरि प्रत्येक बर्ष जेहन्दार बिद्यार्थीलाई नगत र केही शैक्षिक सामाग्री बितरण गर्ने गरियकाे प्रतिष्ठानका संयाेजक पुर्ण बहादुर सिंहले जानकारी...
बैतडी केन्द्र बिन्दु भयर लगातार दुई पटक भुकम्प गयाे

बैतडी केन्द्र बिन्दु भयर लगातार दुई पटक भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
बैतडी: बैतडी सदरमुकाम केन्द्र बिन्दु भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ । ...
नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको भेला सम्पन्न

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको भेला सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको प्रारम्भिक भेला सम्पन्न भयकाे छ । गोरखा,लमजुङ ,स्याङ्जा ,कास्की ,तनहुँ ,मनाङ ,मुस्ताङ ,म्याग्दी ,पर्वत ,बागलुङ ,नवलपरासी (ब.सु.पु)मा रहेका प्रशोधित पानी उद्योग तथा प्याकेजिङ उद्योगका प्रतीनिधी हरु को सहभागितामा साईमन पार्टी प्यालेस,सृजना चोक कास्की पोखरामा नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको प्रारम्भिक भेला सम्पन्न भएको हाे । नेपाल बोटल वाटर उद्योग संघका केन्द्रिय अध्यक्ष ध्रुव गौतम को प्रमुख आतिथ्यता तथा कमल अधिकारी ,केशव घिमिरे ,मिना दाहाल तथा रुपचन्द्र थापाको बिशेष आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता नवलपुर का ब्यवसायी सोम प्रसाद काप्री ले गरेका थिय। भेलाले गण्डकी प्रदेश बाेटल वाटर उधाेग संघ तदर्थ कार्यसमिति गठन गरि आफ्नो प्रशासनिक कार्यलाई अगाडी बढाएको छ । तदर्थ समितिमा; अध्यक्ष- साेम प्रसाद काप्री ( नबलपुर) बरिस...
नेकपा बहुमत निकट युवा संगठनले बन अधिकृतलाई दल्याे कालाेमाेसाे

नेकपा बहुमत निकट युवा संगठनले बन अधिकृतलाई दल्याे कालाेमाेसाे

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
कन्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काे युवा संगठन कम्युनिस्ट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति र अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालोमसो दलेर जनकारबाही गरेको छ। संगठनका अनुसार ठाकुरले लामो समयदेखि वनसम्पदाको दोहन, गैरकानुनी र मिलेमतोमा हुँदै आएको काठ तस्करी तथा सार्वजनिक सम्पत्तिमा अनियमितता गर्दै आएको प्रमाणसहित जनकारबाही गरिएको हो। संगठनले भनेको छ, “राष्ट्रिय सम्पत्ति र वनजंगल लुट्नेहरूलाई अब जनताको प्रतिरोध सामना गर्न तयार हुनुपर्छ।” यसअघि, सोही पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली प्रमाणपत्र बनाउने र बेच्ने कार्यमा संलग्न भएको आरोपमा सिटिइभिटीका सहायक निर्देशक तथा हाल जनकपुरस्थित पीपी स्मृति प्राविधिक शिक्षालयका प्राचार्य गोबिन्द पौडेलमाथि पनि कालोमसो दलेर जनकारबाही गरेको थियो। नेकपा (बहुमत) निकट...
भाकपा माओवादीका महासचिव बसवराजकाे हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा खेद प्रकट

भाकपा माओवादीका महासचिव बसवराजकाे हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालद्वारा खेद प्रकट

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसवराजको हालै भारतको छत्तिसगढमा भएको हत्याप्रति समाजवादी कम्युनिष्ट पार्टी नेपालले खेद प्रकट गरेको छ । समरजंग नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी नेपालका विदेश विभाग प्रमुख विप्लवले आज एक विज्ञप्तिमार्फत् महासचिव बसवराजको हत्याप्रति आक्रोश व्यक्त गरेका छन् । प्रेस विज्ञप्तिमा प्रमुख विप्लवले अतिहिन्दुवादी मोदी सरकारले भारतीय माओवादीमाथि कायरतापूर्ण र बर्बर दमन गरेको भन्दै निन्दा गरेका छन् । विज्ञप्तिमा विप्लवले भारतीय हिन्दू अतिवादी पुरातनपन्थी शासकहरूले भारतमा लामो समयदेखि सञ्चालित माओवादी जनयुद्धमाथि ‘अपरेसन ब्लाक फरेस्ट’ र ‘अपरेसन कागर’ नामको कुख्यात, बर्बर दमन र हत्या अभियान सञ्चालन गरेर शीर्षस्थ नेता भाकपा (माओवादी) का महासचिव क. बसवराजको हत्या गरेको दुःखद् समाचारले संसारभरिका मालेमावादी क्रान्तिकारीहरूलाई दुःखी र आक्रोशित बन...
राष्ट्रिय युवा समाज नेपाल र सुन्दर परिकल्पना सक्षम समाजको आयोजनामा पशुपतिमा महायज्ञ गरिदै

राष्ट्रिय युवा समाज नेपाल र सुन्दर परिकल्पना सक्षम समाजको आयोजनामा पशुपतिमा महायज्ञ गरिदै

समाचार
काठमाडौं । सडकमा बेवारिसे अवस्थामा छोडिएको गाई संरक्षण गर्दै आएको संस्था राष्ट्रिय युवा समाज नेपाल र सुन्दर परिकल्पना सक्षम समाजको संयुक्त आयोजनामा यहि २०८२ श्रावण १ गते बाट श्रावण ३० गते सम्म बेवारिसे गाई संरक्षण तथा गौशाला निर्माणको सहयोगार्थ पशुपतिमा महायज्ञ हुने भएको छ । आज रिपोटर्स क्लबमा एक पत्रकार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा बेवारिसे मानव व्यवस्थापनमा लागेका सामाजिक अभियन्ता बिनय जंग बस्नेत, सामाजिक अभियन्ता पुण्य गौतम तथा सनातन हिन्दु धर्मका अभियन्ता राजानाथ माण्डव्यको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय युवा समाजका अध्यक्ष राम बहादुर तामाङ र सुन्दर परिकल्पना सक्षमसमाजकी अध्यक्ष कुमारी बाँठा मगर (मनु) लगायतका वक्ताहरुले संस्था र महायज्ञको लक्ष्य र उदेश्य बारे बोल्नु भएको थियो भने सामाजिक अभियन्ताहरुले यो कार्यक्रममा आफ्नो सकृय सहभागिता र सक्दो ...
प्रेस काउन्सिलद्वारा गम्भीर ध्यानाकर्षण

प्रेस काउन्सिलद्वारा गम्भीर ध्यानाकर्षण

Breaking News, राष्ट्रिय, विचार, समाचार, सुचना संचार
काठमाडौं : प्रेस काउन्सिल नेपालले पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायत जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । मिडियाको आवरणमा आफू पत्रकार भएको परिचय दिइ गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा विज्ञापनका नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत रुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउनेलगायत गुनासाका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले पेसागत आचरणविपरीत यस्ता गैरकानुनी कार्य नगर्न र नगराउन सम्बद्ध सबैलाई अनु...
जाजरकोटमा नक्कली छाप र रसिद प्रयाेगमा संलग्न दुई जना पक्राउ

जाजरकोटमा नक्कली छाप र रसिद प्रयाेगमा संलग्न दुई जना पक्राउ

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ६, रादेउमा नक्कली सरकारी छाप र रसिदसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका–२ का २३ वर्षीय पारश शाही र वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर शाही रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनीहरूले जुनिचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र रसिद प्रयोग गरी खनिज तथा जडिबुटी बोकेका गाडीलाई रोकी अवैध राजस्व असुलेका थिए। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावन र प्रहरी चौकी जुनिचाँदेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई रादेउ सडक खण्डमा नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट नक्कली छाप, अनुसूची १०१ अनुसारको आम्दानी रसिद, चेकजाँच सिफारिस पत्र र कर संकलन रसिद बरामद गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ भने जाजरकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि उनीहरूलाई हिरासतमा...
चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ

समाचार
काठमाडौं । स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ बस्ने ओखलढुङ्गा घर भएका १९ वर्षीय अबिन श्रेष्ठ, सोही नगरपालिका-९ बस्ने मकवानपुर घर भएका १९ वर्षीय पेम्बा मोक्तान, सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय आयुष गोले तथा अन्य ६ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।   भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बाट बा.५७ प ९९५७ नम्बरको स्कुटर शुक्रबार र सोही नगरपालिका-८ बोडेबाट बा.७७ प ३३५९ नम्बरको स्कुटर आइतबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई मध्यपुर थिमी नगरपालिका-९ बाट चोरी भएको स्कुटरहरू सहित फेला पारी पक्राउ गरेको हो ।   उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरील...

प्रहरी परिसर काठमाडौंबाट भागे थुनुवा

समाचार
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन्।   स्वयम्भू वृत्तबाट म्याद थपका लागि ल्याइएका थुनुवा फरार भएका हुन् । उनी अभद्र व्यवहारको आरोपमा पक्राउ परेका थिए ।   उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।