१ माघ २०८२, बिहीबार

समाचार

प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

समाचार
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा हुनुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । ‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरी...
कुमारी फाउन्डेसनले ३ करोडको स्वास्थ्य उपकरण नगर अस्पताललाई हस्तान्तरण गरेकाे छ

कुमारी फाउन्डेसनले ३ करोडको स्वास्थ्य उपकरण नगर अस्पताललाई हस्तान्तरण गरेकाे छ

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :काठमाडौंको कुमारी फाउन्डेसनले  छेडागाड नगरपालिकाको नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका फाउन्डेसनका अध्यक्ष राजीवबिक्रम शाहले पालिकाका अध्यक्ष रत्नबहादुर खड्कालाई उपकरणहरु हस्तान्तरण गरेका हुन् । रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लब अफ मुम्बई कप परेडको सहयोगमा कुमारी फाउन्डेसनले पालिकालाई उपकरणहरु उपलब्ध गराएको हो । ‘दुर्गमका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने एउटा सानो सपना पूरा भएको मन्त्री शाहकाे भनाइ छ, मन्त्री शाह भन्छन्, ‘स्वास्थ्य चौकीमा आौषधी र अति आवश्यक उपकरण अभावले नागरिकले अकालमा ज्यान गुमाउनु परेको र दर्दनाक अवस्था देखेरै अस्पताल संचालन गर्ने सोच बनाएको हुँ ।’ मन्त्री शाहकै लगानीमा १५ शैयाकाे अस्पताल निर्माण भएको छ । फाउन्डेसनले डेन्टल, आँखा, गाइनो, बालरोग विभाग...
बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित आर्मेनियाका नागरिक पक्राउ

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित आर्मेनियाका नागरिक पक्राउ

समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २० हजार सहित आर्मेनियाका नागरिक ४० वर्षीय USHAKOV ANDRII लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । ...
रोशनी शाही मृत फेला

रोशनी शाही मृत फेला

समाचार
काठमाडौं ।  रोशनी शाही मृत फेला परेकी छन्। रोशनी भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा मृत फेला परेकी हुन् ।   कोठाको ढोका नखुलेपछि प्रहरीले ढोका फोडेर हेर्दा उनी कोठाभित्रै घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। उनको शारीरमा बहिरी कुनै चोट नदेखिएको प्रहरीले जानकारी दिएको छ । उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ । फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।   रोशनीले माओवादी नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महराविरूद्व बलात्कार मुद्दा दायर गरेकी थिइन् ।   महरा बहालवाला सभामुख रहेकै बेलामा शाहीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको थियो । महराविरुद्ध उजुरी परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो । महरा पुर्पक्षका लागि कारागार चलान भई पाँच महिनापछि उच्च अदालतको आदेशमा रिहा भएका थ...
एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल

समाचार
काठमाडौं ।  सत्ताधारी दल नेकपा (एमाले) र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।   प्रधानमन्त्रीसहित दुई दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।   छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल सहभागी भएका छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी छन्।   शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । ...
सर्वोच्चले संशोधन गर्‍यो रवि लामिछानेको मुद्दाको आदेश

सर्वोच्चले संशोधन गर्‍यो रवि लामिछानेको मुद्दाको आदेश

समाचार
काठमाडौं ।  सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा भएको त्रुटि सच्याएको छ।   शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो। त्यहाँ 'आदेश' उल्लेख गर्नुपर्ने भएपछि सर्वोच्चले आइतबार पेसी राखेको थियो। आइतबार सुवेदी र ढकालको इजलासले 'आदेश' कायम गरेको हो।   ‘अदालतबाट जेठ ९ मा भएको आदेशको शिर खण्डको चौथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश 'फैसला' हुन गएकोले न्याय प्रशासन ऐन, २०७३ दफा १८ (३) बमोजिम संशोधन गरी पाऊँ भनी प्रतिवेदन प्राप्त भएको देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ। इजलास अधिकृत आफैले त्रुटि सच्याइ पाऊँ भन्दै प्रतिवेदन पेस गरेका थिए।   उक्त माग बमोजिम आइतबार सर्वोच्चले आदेश दिँदै भनेको छ, ‘यसमा, सम्बन्धित मिस...
प्रहरीको सम्पर्कमा छैनन् हाजिरी जमानीमा छुटेका रवीन्द्र र धवलशम्शेर

प्रहरीको सम्पर्कमा छैनन् हाजिरी जमानीमा छुटेका रवीन्द्र र धवलशम्शेर

समाचार
काठमाडौं । काठमाडौंको तीनकुने घटनामा हाजिर जमानीमा रहेका राप्रपाका दुई नेताहरू सम्पर्कमा नरहेको प्रहरीले बताएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसदसमेत रहेका महामन्त्री धवलशम्शेर राणा प्रहरीको सम्पर्कमा नरहेका हुन्।   जिल्ला प्रहरी परिसर काठमाडौंले गत बिहीबार तीनकुने घटनामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६१ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। राप्रपाका नेता मिश्र र राणासहित ५० जनाविरूद्ध राजद्रोह, आपराधिक उपद्रव,  संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको छ। ११ जनाविरूद्ध आपराधिक उपद्रव र संगठपत अपराधमा मुद्दा दर्ता भएको हो।   मुद्दा लैजाँदा प्रहरीले हाजिर जमानीमा राखेका अभियुक्तहरूलाई पनि उपस्थित गराउने गर्छ। तर हाजिर जमानीमा रहेका राप्रपाक...
पुर्व सभामुख महरालाई बलत्कार आराेपमा जेल पुर्‍याउने,राेषनी शाही मृत मेटिएकि छिन

पुर्व सभामुख महरालाई बलत्कार आराेपमा जेल पुर्‍याउने,राेषनी शाही मृत मेटिएकि छिन

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौ :तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्याैपानेले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ । तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। २०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो ।  घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लग...
पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

पहिराेमा पुरिय ९ वटा घर, २ वटा माेटरसाईकल

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :अविरल बर्षासंगै पहिरोमा पुरिएर छेडागाड  नगरपालिका–१ खारा र ४ जेवातरामा ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकल पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । शुक्रबार मध्यराति अबिरल बर्षासंगै माथिबाट आएको पहिरोमा पुरिएर ४ वटा घर, ५ वटा अस्थायी आबास र २ वटा मोटर साइकाल पूर्णरुपमा क्षेतिग्रष्त भएका हुन् ।१४ वटा घर र एक वटा अस्थायी आबास उक्त पहिरोको उच्च जोखिममा रहेका छन् ।छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट आएको पहिरोले खारा बजारमा रहेको सव–डिभिजन वन कार्यालय भवन पूर्णरुपमा क्षेतिग्रष्त भएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा “अपिल” ले जानकारी दिएका छन् । उप–प्रमुख थापाले दिएको जानकारी अनुसार छेडागाड–१ निबासी करे बस्नेतको घर पूर्णरुपमा क्षेतिग्रष्त भएको छ । त्यसैगरी जनता आबास कार्यक्रमबाट बनेका कर्ण बहादुर बादी र दीपा बादीका एक–एक वटा घर पूर्णरुपमा क्षेतिग्रष्त भएका छन् । छेड...
एमाले निकट युवा संघकाे केन्द्रीय महासचिवमा जाजरकोटका राजन थापाकाे उम्मेदवारी

एमाले निकट युवा संघकाे केन्द्रीय महासचिवमा जाजरकोटका राजन थापाकाे उम्मेदवारी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
पाेखरा :नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनमा जाजरकोटका राजन थापाले महासचिवमा उम्मेदवारीद घोषणा गरेका छन् । सानै उमेरदेखि राजनितिमा होमिएका थापा बुटवल महाधिबेशनबाट देशकै कान्छा केन्द्रिय सदस्यका रुपमा निर्वाचित भएका थिए । युवा संघको संगठानीक जिवनमा थापा चर्चाका पात्र हुन । युवा संघ जाजरकोट जिल्लाको उपाध्यक्षको जिम्मेवारीबाट संगठनमा प्रवेश गरेका थापा २०६९ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुँदै राष्ट्रिय तहमा स्थापित भएका थिए। त्यस यता युवा संघको सचिवालय सदस्य, कोषाध्यक्ष, सचिव हुँदै हाल उपमहासचिवको जिम्मेवारी सम्हालिरहेका छन्। थापाले विभिन्न जिम्मेवारीमा रहँदा देखाएको बैचारिक परिपक्वता, संगठनप्रतिको निष्ठा, र नेतृत्व क्षमताले उनलाई संगठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको छ। विशेषतः संगठन...