१ माघ २०८२, बिहीबार

समाचार

बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

समाचार
काठमाडौं । बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ।   मंगलबार बिहान साढे ९ बजेतिर मार्तडीबाट टेलिकमको टावर बनाउन जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका-२ मा दुर्घटनामा परेको हो। उक्त गाडीमा ५ जना सवार रहेको र त्यसमध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकवाल हवारीले जानकारी दिए। मृत्यु हुनेमा कैलाली धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने ४८ वर्षीय लोकबहादुर खड्का, बाजुरा बडिमालिका नगरपालिका-७ का ३५ वर्षीय रविन्द्र धामी र कंचनपुर कृष्णपुर नगरपालिका-२ बस्ने ५७ वर्षीय करनसिंह महतरा हुन्।   खड्का नेपाल टेलिकम मार्तडीमा प्राविधिक सहायक अधिकृत कार्यरत थिए भने धामी नेपाल टेलिकमकै कालाजाग्रा बाजुरमा सुरक्षागार्ड रहेको डिएसपी हवारीले बताए। त्यस्तै मह...
गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन

समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरूले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै मंगलबार प्रदर्शन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। ...

पुटिनलाई ‘पागल’ भनेपछि ट्रम्पलाई रूसको जबाफ- उत्तेजनामा आएर बोले

समाचार
काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनलाई पागल भनेपछि रूसी राष्ट्रपति कार्यालय क्रिमलिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तेजनामा आएर बोलेको बताएको छ।   बिबिसीले रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभलाई उदृत गर्दै समाचार लेखेको छ। डिमित्रीले ट्रम्पको नाम उल्लेख नगरीकन, ‘घटनासँग सम्बन्धित सबै जना उत्तेजित हुने गरेका छन्।’ भनेर प्रतिक्रिया दिएका हुन्।   युक्रेनी सहरहरूमा रूसले मिसाइल र ड्रोन हमलालाई निरन्तरता दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिएका थिए। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले पुटिन युक्रेनको केही टुक्रा नभएर पूरै युक्रेन चाहन्छन् भनेर आफूले पहिल्यै बोलिसकेको पनि बताए।   'मलाई लाग्छ त्यो प्रमाणित हुँदै गएको छ। पुटिनले त्यसो गर्नु रूसको पतन निम्...
कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी टालेगाउँको आयोजनामा आयोजित औपचारिक कार्यक्रममा वडाका कार्यवाहक वडाध्यक्ष तप्त बहादुर सिंहको उपस्थितिमा उक्त घोषणा गरिएको हो। स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष ०८१/८२ मा वडाका ० देखि १६ महिनासम्मका ४५ जना र १६ देखि २३ महिनासम्मका ५२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। उनका अनुसार वडामा कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिइएको छ। प्रमुख बस्नेतले बाल्य अवस्थाबाटै प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको नियमितता कायम गर्न स्वास्थ्य चौकीले निरन्तर पहल गर्दै आएको जानकारी दिए। उनले खोप अभियानलाई अझ प्रभावकारी बनाउने प्रयास निरन्तर जारी रहेको बताए। कार्यक्रममा कार्यवाहक वडाध्यक्ष सिंहले खोप अभियानले वडामा बालबालिकाको सुरक्षा तथा स्वास्थ्यमा महत्वपूर...
नेकपाका महासचिव विप्लवले दुई लाख किलाे आलु विनाेद चाैधरीलाई वेचेकाे बतायका छन

नेकपाका महासचिव विप्लवले दुई लाख किलाे आलु विनाेद चाैधरीलाई वेचेकाे बतायका छन

Breaking News, कृषि, राजनीति, राष्ट्रिय, विचार, समाचार
दाङ :नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफूहरूले दुई लाख किलो आलु विनोद चौधरीलाई बेचेको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालकै धनी उद्योगी विनोद चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताए। ‘आलु त हामीले विनोद चौधरीलाई नै दियौं र अस्ति उहाँसँग काठमाडौंमा भेट पनि भएको थियो,’ उनले भने, ‘उहाँले मेरो लागि त त्यो एउटा मिरेकल जस्तै हो भन्नु भएको थियो।’ सोचे भन्दा धेरै आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परेको उनले बताए। उहाँलाई लागेको हुँदो हो यिनीहरूले बढीमा बिस-तिस हजार किलो आलु उत्पादन गर्ने भनेर,’ उनले भने, ‘तर हामीले भनेको टार्गेट भन्दा बढी उहाँलाई उपलब्ध गराएका थियौं, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौं।’ चौधरीले हालसम्म आफूलाई आलु सप...
मार्क्सवादबारे सही मार्क्सवादी बुझाई : एक टिप्पणी 

मार्क्सवादबारे सही मार्क्सवादी बुझाई : एक टिप्पणी 

राजनीति, राष्ट्रिय, विचार
✍️मार्क्सवादबारे सही  मार्क्सवादी बुझाइ : एक टिप्पणी✍️ १. मार्क्सवाद स्वयं मार्क्स र एङ्गेल्सको दृष्टिमा कुनै जडसूत्र होइन, बरु कामकाजको लागि गाइड (पथप्रदर्शन) मात्र हो । एङ्गेल्सले स्पष्ट भन्नुभएको छ : "Our doctrine is not a dogma, but a guide to action." यसरी नै लेनिनको दृष्टिमा पनि "मार्क्दवाद कुनै निर्जीव जडसूत्र होइन न त यो पूर्णतया बनिबनाउ र अपरिवर्तनीय सिद्धान्त नै हो बरु यो त कामकार्वाहीका लागि जीवन्त निर्देश हो ।" ( Marxism is not a lifeless dogma, not a completed, ready-made, immutable doctrine, but a living guide to action." हो, मार्क्सवाद कुनै अपरिवर्तनीय  सिद्धान्त जरुर होइन । त्यसैले यस्लाई आलोचनात्मक रुपले हेर्ने र सिर्जनात्मक रुपले विकास गर्ने गर्न सकिन्छ र गर्न सक्नुपर्छ । तर यसो गर्दा सिर्जनात्मक विकासको नाममा यसको मूल स्पिरिट अर्थात् क्रान्ति...
जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ;सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
शिवालयमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न

शिवालयमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : शिवालय गाउपालिका जाजरकोटमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक कार्यक्रम सम्पन्न भयकाे छ । मधुरिमा कला केन्द्र जाजरकोटले आयाेजना गरेकाे उक्ति सडक नाटक कार्यक्रमका लागि महिला तथा बालबालिका शाखा शिवालय गाउपालिका जाजरकोटले आर्थिक सहयाेग गरेकाे थियाे । शिवालय गाउपालिका वडा न.४ सरस्वती मा.बि टाटा, वडा न.६ इन्द्रज्योती मा.बि थालारैकर, वडा न.६ खडगदेबि मा. बि.टुनिबगर, वडा न. ३ सरस्वती मा.बि सिमा,वडा न. ३ ने.रा मा बि सिस्ने, र ऐरेरी बजार शिवालय - ३  गरि जम्मा ६ वटा स्थानमा कार्यक्रम कार्यक्रम सम्पन्न भयको कार्यक्रमका संयाेजक रेशम बहादुर शाहीले बताय । उक्त कार्यक्रमका लागि ८ जना कलाकारहरुले बालबिवाह सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्दै आफ्नाे कला प्रस्तुति गरेका थिय ।बाल बिबाहका कारणले भोग्नु परेको घरेलु हिंसा को दृश्य अवलोकन गर्दै गर्दा बिद्यार्थीहरु भावुक भइरहेका थिय भने बा...
२८ औं एमिरेट्स सैलुन कलिनेरमा नेपाली टिमले जित्यो कांस्य पदक

२८ औं एमिरेट्स सैलुन कलिनेरमा नेपाली टिमले जित्यो कांस्य पदक

अन्तर्राष्ट्रिय, अर्थवाणिज्य
युएई — शारजाहमा मे २१-२३, २०२५ सम्म, नेपाली सेफ सोसाइटी युएई च्याप्टरले एमिरेट्स अन्तर्राष्ट्रिय सैलुन कलिनेरद्वारा आयोजित प्रतिष्ठित २८ औं एमिरेट्स अन्तर्राष्ट्रिय सैलुन कलिनेरमा तेस्रो स्थान (कांस्य पदक) प्राप्त गरेको छ । मध्यपूर्वको सबैभन्दा ठूलो खाद्य प्रदर्शनी, एक्स्पो कुलिनेरको रूपमा आयोजना भएको यस कार्यक्रममा ११ देशका व्यक्तिहरूले प्रत्यक्ष खाना पकाउने प्रतियोगितामा भाग लिएका थिए, जसमा १३० भन्दा बढी अन्तर्राष्ट्रिय स्टलहरूमा विश्वव्यापी पाककला उत्कृष्टता प्रदर्शन गरेका थिए। नेपाली सेफ सोसाइटी युएई च्याप्टरका अध्यक्ष र प्रसिद्ध पेस्ट्री र बेकरी विशेषज्ञ शेफ ह्युमन प्रसाद लिम्बुको नेतृत्वमा रहेको टोलीमा INCS का अध्यक्ष सेफ कोच अरुण अधिकारी, साथै सेफहरू कर्ण बुढाथोकी, श्याम लामगाडे, राजन श्रेष्ठ र सुलोचना श्रेष्ठ रहनुभएको थियोे। साथै अतिम सुयतिमि, खुम मगर, संजय साउद, रनिता लामाको...
खादामाला लगाएर भाषणगर्न जान्दैमा नेतृत्व भईदैन : ठुलोबाबु श्रेष्ठ

खादामाला लगाएर भाषणगर्न जान्दैमा नेतृत्व भईदैन : ठुलोबाबु श्रेष्ठ

समाचार
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्र अन्तरगत रहेको जोरपाटी इकाईले यहि २०८२ साल बैशाख २९ र ३० गते पुर्वी क्षेत्रको आयोजनामा भएको मैत्रीपुर्ण ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई आरुबारी बौद्धमा रहेको ह्याप्पि आवर रेष्टुरेन्टमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले “खादामाला लगाएर भाषणगर्न जान्दैमा नेतृत्व भईदैन नेतृत्व बन्नको लागि त आफ्नो संगठनको हितमा काम गर्न सक्नुपर्छ” भन्नु भयो । श्रेष्ठले महासंघमा आफु नेतृत्वमा आए पछि नीतिगत तहमा निकै काम भएको चर्चा गर्दै दर्जनौ मिडियाहरुले यसलाई देश बिदेशमा समेत पुर्याएकोमा खुसी व्यक्त गर्नु भयो । ग्रील तथा स्टील व्यवसायमा नयाँ पुस्ता र युवा पुस्ताको सहभागिता बढाउन बिभिन्न इकाई समितिहरुले खेलेको भुमिका प्रसंस...