नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव समेत ४ जना विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट सम्बन्धि मुद्धा दायर
बुटवल । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव समेत ४ जना विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट सम्बन्धि मुद्दा दायर गरेको छ ।
नवलपरासी जिल्ला (ब.सु.प.), रामग्राम नगरपालिका, वडा नं ०८ स्थित बिक्रेता नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा उक्त बिक्रेताले रु.५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मू.अ.करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले निज करदाताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनबमोजिम कसुर गरेकोले ...








