सर्वोच्चले संशोधन गर्यो रवि लामिछानेको मुद्दाको आदेश
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा भएको त्रुटि सच्याएको छ।
शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो। त्यहाँ 'आदेश' उल्लेख गर्नुपर्ने भएपछि सर्वोच्चले आइतबार पेसी राखेको थियो।
आइतबार सुवेदी र ढकालको इजलासले 'आदेश' कायम गरेको हो।
‘अदालतबाट जेठ ९ मा भएको आदेशको शिर खण्डको चौथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश 'फैसला' हुन गएकोले न्याय प्रशासन ऐन, २०७३ दफा १८ (३) बमोजिम संशोधन गरी पाऊँ भनी प्रतिवेदन प्राप्त भएको देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।
इजलास अधिकृत आफैले त्रुटि सच्याइ पाऊँ भन्दै प्रतिवेदन पेस गरेका थिए।
उक्त माग बमोजिम आइतबार सर्वोच्चले आदेश दिँदै भनेको छ, ‘यसमा, सम्बन्धित मिस...









