जाजरकोट :बारेकोट गाउँपालिका–०३ का वडाध्यक्ष रामबहादुर सिंह “उत्कृष्ट वडाध्यक्ष“ को रूपमा सम्मानित भएका छन् । बारेकोट गाउँपालिकाको २१औं गाउँसभामा सिंह सम्मानित भएका हुन् ।
जनताको सेवा, पारदर्शिता, विकास र समर्पणमा उल्लेखनीय योगदान दिएको भन्दै गाउँपालिकाले उनलाई विशेष सम्मान प्रदान गरेको हो । उनी सहित गोबिन्द बहादुर सिंह (जैविक बिबिधता तथा बन्यजन्तु र पंक्षी संरक्षण अभियानता, राज बहादुर सिंह (उत्कृष्ट कर्मचारी ),कौशी बहादुर बुढा र काली बहादुर नेपालीलाई सम्मान गरिएको छ ।