२ कार्तिक २०८१, शुक्रबार

समाचार

नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय स्कुलिङ कार्यक्रम (७-११ कात्तिक, २०७९) भर्खरै सम्पन्न भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा स्कुलिङ परम्परामा यो पृथक विशेषतायुक्त र ऐतिहासिक रहेको छ । विज्ञानसम्मत तरिकाले नवीनताको खोज गर्नु यसको मूल विशेषता हो । स्कुलिङ विभागका हामी एकाध सदस्यबाहेक पार्टीका अन्य सबै केन्द्रीय सचिवालय सदस्यहरूको सक्रिय सहभागिता रहेको यो कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कमरेड कञ्चन, प्रवक्ता तथा स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज कमरेड सुदर्शन, कार्यालय सदस्यद्वय क. प्रविर र क. दिपक आ–आफ्नो विषयको प्रस्तोता हुनुहुन्थ्यो । यो स्कुलिङ कार्यक्रमले सत्यको अन्वेषणमा महत्त्वपूर्ण योगदान पुरयाउने विश्वास लिइएको छ । स्कुलिङका सन्दर्भमा एउटा सन्दर्भ बेला-बेलामा चर्चामा आइरहन्छ । एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एकजना ठुला विद्वान्...
खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ: चितवन

खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ: चितवन

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
चितवनको माडीमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ। आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको हो। हत्यामा संलग्न आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको छ भने घटनास्थलमा खुकुरी भेटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।...
चिनी निर्यातमा एक बर्ष  प्रतिबन्ध : भारत

चिनी निर्यातमा एक बर्ष प्रतिबन्ध : भारत

Breaking News, अन्तर्राष्ट्रिय, कृषि, विगन्यूज, सुचना संचार
भारतले चिनी निर्यातमा पछिल्लो चार महिनादेखि लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि लम्ब्याउने निर्णय गरेको छ। शुक्रबार अबेर एक सूचना जारी गर्दै भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो। गत मे महिनामा निर्यात अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र घरेलु बजारमा चिनीको भाउ बढेको भन्दै भारतले चिनी निर्यातमा प्रतिबन्धको निर्णय गरेको थियो। यसअघि भारतीय सरकारी अधिकारीहरुले यस वर्ष भारतको उखु उत्पादन अहिलेसम्मकै उच्च हुने बताएका थिए। उनीहरुले यस वर्ष उत्पादन भएको उखु उत्पादनको आधारमा सरकारले ८० लाख टन चिनी निर्यात गर्न सक्ने बताएका थिए। विशेषगरी भारतले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि चिनी नर्यातमा रोक लगाएको थियो। भारतले प्रतिबन्ध लगाउनुअघि नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार ...
गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

Breaking News, चुनाव, पुर्वाधार, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गोरखामा छन्। शुक्रबार बेलुकी गोरखाको आरुघाट पुगेका प्रचण्डले आफू ४६ वर्ष अघि शिक्षक भई अध्यापन गराउँदाको स्मरण गरेका छन्। प्रचण्ड युद्धकालमा खाना खाने घर प्रचण्ड सचिवालयका अनुसार चुनावी प्रचार प्रसारको कार्यक्रममा उनी दुई दिन गोरखामै रहनेछन्। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका प्रचण्डले आरुघाटबाटै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने प्रेरणा प्राप्त गरेको उल्लेख गरे। दुई बर्ष बसेकाे घर शनिबार बिहान गोरखामा प्रचण्डले आफू बसेको घर, नुहाने धारा र खाना खाने घरसम्मको अवलोकन गरेका छन्। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै भनेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड भन्नुहुन्छ–४६ वर्ष पहिलेको फ्ल्यास ब्याक भयो।’ सँगै पढाएका दौतरी शिक्षक, किसान, दाजुभाइ दिदीबहिनीसंग शुक्...
भीरबाट लडेर कालिकोटमा एकको मृत्यु

भीरबाट लडेर कालिकोटमा एकको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार, स्वास्थ
सुर्खेत , कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।...
सत्यमोहन जोशी सच्चा देशभक्त : प्रधानमन्त्री देउवा

सत्यमोहन जोशी सच्चा देशभक्त : प्रधानमन्त्री देउवा

Breaking News, पर्यटन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्। प्रधानमन्त्री देउवाले उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान र लेखेको कीर्ति संरक्षण र सम्वर्द्धन गर्दै मुलुकको विकास गर्न सके साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे । स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए। प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए। जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैका...

रानी पोखरीमा छठ मनाउन नपाइने

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
११ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ । पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकाले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए । ‘३ चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा भएको काम महानगरलाई हस्तान्तरण भइसकेको छैन,’ मानन्धरले भने, ‘छठ मनाउने क्रममा ती पूर्वाधार भत्किएमा वा बिग्रिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा उठेकाले रानी पोखरी छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको छ ।’ उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन । मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटीकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्...
कांग्रेस महामन्त्री थापा भन्छन् : गठबन्धनले त जित्यो, जित्यो

कांग्रेस महामन्त्री थापा भन्छन् : गठबन्धनले त जित्यो, जित्यो

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
९  कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सात वटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । गठबन्धनमा आवद्ध दलहरुले सँगै उभिएर मत मागपछि मतादेशलाई धोका दिन पाइन्न भन्नेमा आफूहरु प्रष्ट रहेको उनले बताए । ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले बुधबार काठमाडौं क्षेत्र नम्बर ४ मा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘सँगै उभिएर ५ वर्षका लागि मत मागेपछि मतको आदेशलाई धोका दिन पाइँदैन ।’ आग्रह पूर्वाग्रह, सनक वा महत्वकाक्षा कारण कसैलाई पनि दाहिने देब्रे फर्किने छुट नभएको उनले बताए । ‘गठबन्धन त जित्यो, जित्यो अब । ७ वटै प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो, संघमा पनि बन्ने हो,’ महामन्त्री थापाले भने, ‘म निर्वाचन जित्न गाह्रो देखिरहेको छैन, तर निर्वाचन पछिको दिनका निम्ति संकल्प गरेका छौं, त्यो गाह्रो देखिरहेका छन् ।  ...
पिकनिक खान गएका एक जना युवा भेरीमा डुबेर मृत्यु, एक बेपत्ता, एक जनाको जीवितै उद्धार

पिकनिक खान गएका एक जना युवा भेरीमा डुबेर मृत्यु, एक बेपत्ता, एक जनाको जीवितै उद्धार

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने भेरी डुबेका एक जनालाई जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका ४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका विरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । उनका साथीहरुले उद्धार गरेका हुन् । रोशन र विरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारि रहेको डेथबडी निकाल्ने कार्य र बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए । तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मट...
हिमआरोहणका लागि १२ सय ३८ लाई अनुमति, सबैभन्दा बढी अमेरिकी

हिमआरोहणका लागि १२ सय ३८ लाई अनुमति, सबैभन्दा बढी अमेरिकी

Breaking News, पर्यटन, माैसम, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार, सुचना संचार
शरद ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १२ सय ३८ जनालाई अनुमति दिएको छ। विभागले देशका ४१ हिमाल आरोहण गर्न ७७ देशका आरोहीहरुलाई अनुमति दिएको हो। हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन्। कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन्। दोस्रोमा अमादब्लाम हिमाल रहेको छ। उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ। त्यस्तै १०० भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ। जसमा १५६ जनाले अनुमति पाएका छन्। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन्। बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायातका १०३, जर्मनीका ७७, स्पेन ७५ले आरोहण अनुमति पाएका छन्। ...