२ कार्तिक २०८१, शुक्रबार

समाचार

युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
८ कात्तिक, काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् । जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको छ । तर, रुस–युक्रेन युद्ध नरोकिएपछि लिबरल डेमोक््रयाटहरुले रणनीति बदल्नुपर्नेमा जोड दिएका हुन् । २५ जना भन्दा बढी सांसदले राष्ट्रपति जो बाइडेनलाई युक्रेनप्रतिको रणनीति परिवर्तन गर्न आग्रह गरेका छन् । साथै रुससँग प्रत्यक्ष कुटनीतिक पहल गर्न पनि भनेका छन् । डेमोक्र्याट सांसदहरुले सोमबार जो बाइडेनलाई पठाएको पत्रमा युक्रेनलाई समर्थन गर्ने नीतिको प्रशंसा गरेका छन् । रुसले युक्रेनलाई अपमानजनक र गैरकानूनी आक्रमण गरेर आफूमा विलय गर्न खोजेकोमा कुनै भ्रम नरहेको भन्दै सांसदहरुले लेखेका छन्, ‘यदि स्वतन्त्र युक्रेनलाई बचाएर युद्ध अन्त्य गर्ने उपाय छ भने युक्रेनका जनतालाई स्वीकार्य हुने त...
भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, चुनाव, राजनीति, विगन्यूज, समाचार
७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् । को हुन् ऋषि ? भारतीय मूलका ऋषि प्रधानमन्त्री पदमा पुगेसँगै धेरैवटा रेकर्ड राखेका छन् । भारतीय मूलका मात्र हैन, एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री हुन् ऋषि त्यतिमात्र हैन, बेलायतको उच्च पदमा पुग्ने पहिलो हिन्दु पनि ऋषि नै हुन् । उनका अभिभावक अफ्रिका हुँदै बेलायत आएका भारतीय मूलका आप्रवासी हुन् । सन् १९८० मे १२ मा इंल्याण्डको साउथह्याम्टनमा जन्मेका ऋषिले अक...
नेकपाद्वारा १० बुँदे समसामयिक प्रस्तावहरु पारित, समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनताको कार्यनीति पारित

नेकपाद्वारा १० बुँदे समसामयिक प्रस्तावहरु पारित, समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनताको कार्यनीति पारित

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीति प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । नवौँ महाधिवेशनमा पारित नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरी लुटेराको सट्टा अर्का लुटेराहरु अगाडि सार्ने, पुराना सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धहरु निर्माण गर्ने, श्रमिक जनतालाई पुँजीवादबाट पुँजीवादमै, चुनावबाट चुनावमै, संसद्बाट संसद्कै गोलचक्करमा घुमाउने अल्झाउने खेल भएको उल्लेख गर्दै देशमा संसदीय व्यवस्थाको दलालीकरण, बदनामी, टाटपल्टाई र असफल भएको ठोकुवा गरिएको छ । यसैगरी, दलाल पुँजीवादी सत्ताको संसदीय व्यवस्थाको संघ र प्रदेशका चुनाव उपयोग, प्रयोग गर्नु उचित र सम्भव नभएको भन्दै जनत...
९ बज्जेसम्मा देउसी भैली खेल्न पाईने जाजरकोट जिल्ला प्रशासन काे अनुराेध।

९ बज्जेसम्मा देउसी भैली खेल्न पाईने जाजरकोट जिल्ला प्रशासन काे अनुराेध।

Breaking News, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
खलंगा । जाजरकोटमा राती ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । रातीको ९ बजेपछि देउसी, भैलो नखेल्न भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्देशन जारी गरेको छ । आज एक सुचना जारी गर्दै प्रशासनले रातीको ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न भनेको हो । यस्तै, आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरी जिल्ला भित्र लाग्ने मेला तथा पर्वहरु बेलुका ८ बजे सम्म मात्र सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । आईतबार जिल्ला स्थित सुरक्षा समितिको वैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए ।  ...
माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
६ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ । इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले  भने ।...
जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्छ : डा. भट्टराई

जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्छ : डा. भट्टराई

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले राइट टु रिकलको व्यवस्था गर्नुपर्ने बताएका हुन । राइट टु रिकल गर्नु पनि पर्छ । वास्तवमा हामी यति गैरजिमेवार हुँदै गएका छौं । ढाँट छल पैसा किनबेच अनेक गरेर चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने, फेरि अर्को जालजेल षड्यन्त्र पैसा किनबेच गरेर जाने जुन प्रवृत्ति छ’, भट्टराईले भने, ‘यदि जनप्रतिनिधिले ठीक ढंगले काम गरेन भने मतदाताको निश्चित प्रतिशत २५ प्रतिशत (वा कति राख्न सकिन्छ) ले मागे भने फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्छ, यो सम्भव छ, असम्भव छैन ।’  ...
निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घन्टा सिल गरिने

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घन्टा सिल गरिने

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार, सुचना संचार
महेन्द्रनगर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घन्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरूबीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ । “बैठकमा निर्वाचन हुनुभन्दा ७२ घन्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ”, उनले भने, “निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।” उहाँले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमा...
सकियो चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन : सीलाई तेस्रो कार्यकाल, प्रधानमन्त्री लीलाई

सकियो चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन : सीलाई तेस्रो कार्यकाल, प्रधानमन्त्री लीलाई

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
काठमाडौँ — राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको नेतृत्वलाई अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २० औं महाधिवेशन बेइजिङमा सम्पन्न भएको छ । महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा दिएको छ । वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् । पार्टीभित्र तेस्रो वरियतामा रहेका लीले भदौको अन्तिम साता नेपालको भ्रमण गरेका थिए । प्रधानमन्त्री ली दोस्रो वरियतामा रहेका थिए। ६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । २ सय ५ सदस्य...
उम्मेदवारलाई खुल्ला पत्र

उम्मेदवारलाई खुल्ला पत्र

Breaking News, राजनीति, विगन्यूज, शिक्षा, समाचार
आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र कर्णाली प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा जाजरकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंवर १ तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई खुला पत्र मार्फत ठोस प्रतिवद्धताका लागि नागरिकका सवालहरु, अपेक्षाहरु, अनुभूतिहरु र आग्रहहरु राजेन्द्र विक्रम शाह नागरिक समाज अगुवा जाजरकोट  सीमित मानिसहरु धनी वन्ने, सुरक्षित रहने, श्रोतमा नियन्त्रण गर्ने र वहुसंख्यक नागरिक विपन्नतामा वांच्ने, असुरक्षित रहने र श्रोत, सुविधा र अवसरवाट वन्चित रहने परिपाटी वदल्ने योजना ।  नागरिकको मौलिक मानव अधिकार शिक्षा र स्वास्थ््य सर्वसुलभ, गुणस्तरीय र नियमितताको योजना ।  राजनीतिक दलहरु जनता, न्याय र सुशासनका पक्षमा काम गर्दैनन् भन्ने आम महसूसिकरण र अविश्वासलाई अव विश्वासमा वदल्ने योजना ।  कर्मचारीहरु वास्तविक राष्ट्रसेवक वन्न सकेका छैनन् भन्ने आम मह...
नेपालीको दाेश्राे ठुलो  चाँड यमपन्चक ,तिहार आज देखी सुरु

नेपालीको दाेश्राे ठुलो चाँड यमपन्चक ,तिहार आज देखी सुरु

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, सुचना संचार
५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि (कात्तिक ६ गते) परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । आइतबार बेलुकी ५ः०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ प्राध्यापक अधिकारीले भने । यमदीपदान परि...