काठमाडौं / काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना गर्ने भन्दै सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले आगामी पुस १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
सन् २०१२ देखि शुरुगरिएको अवार्ड कार्यक्रम कोभिड—१९ को कारण सन् २०१९ बाट रोकिएको कार्यक्रममा जानकारी गराईएको थियो भने यो भन्दा अगाडीका अवार्ड कार्यक्रमहरु बिवादित भएका बिषयहरु समेत पत्रकार सम्मेलनमा उठेको थियो ।
पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिदै संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बिगत पाँच बर्ष देखि रोकिएको यो अवार्ड पुन अगाडी बढाउने अहिलेको कार्यसमितिले निर्णय गरेकोले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शि बनाउने कुरामा यो कार्य समिति नचुक्ने जानकारी गराउँदै सचेत खवरदारी संगै साथ,सहयोग र समर्थन गर्न सबैलाई आग्रह समेत गरे ।
अध्यक्ष हरि प्रसाद घिमिरेका अनुसार अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम दुई वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्ने तथा विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्ने छन् ।फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पउबधभममष्लनउजयतयबधबचम२नmबष्।िअयm मा पठाइसक्नु पर्नेछ ।
संघका सचिव रेशम राज पण्डितद्वारा सञ्चालित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले नेपालभन्दा बाहिर बसोबास गर्ने नेपाली फोटोग्राफरहरुले समेत यो अवार्डमा सहभागिता जनाउन सक्ने बताए । अवार्डसँग प्रतिस्पर्धामा प्रथम घोषितलाई फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।
घिमिरेले फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उदेश्यका साथका अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
यो अवार्डको मुख्य प्रायोजकको रुपमा फोटो कन्सर्न रहेको छ भने अन्य थुप्रै व्यवसायीक कम्पनीहरुले सहयोगी हातको रुपमा कार्य गर्ने घोषणा गरेका छन् ।