७ पुष २०८१, आईतवार

बिजेन्द्र नौबागेको स्वदेश गान “ काँधमा छ राईफल ” भिडियो सहित सार्वजाजिक

काठमाडौं । मोडल ,कलाकार,सर्जक बिजेन्द्र नौबागेको शब्द संकलनमा रहेको स्वदेश गान “ काँधमा छ राईफल ” भिडियो सहित सार्वजाजिक भएको छ ।
दोश्रो एक्टिभ फेस्टिवल अवार्ड — २०८१ को फाईनल कार्यक्रमको अवस पारेर सो गीत सार्वजानिक गरिएको हो ।
गोल्डेनपिक हाईस्कुल कपनमा नेपाल सरकारका पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रबिच सार्वजानिक भएको गीतमा ईवेस तिरुवाको स्वर , बिजेन्द्र नौबागेको संगीत, डिका गुरुङको संगीत संयोजन रहेको छ भने यो गीत काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
देशभक्तिले ओतप्रोत भएर देशको रक्षमा लाग्न प्रेरणा दिने भावको यो गीतको भिडियोमा दिपेश एसके र अस्मिता पुरीले मुख्य पात्रको रुपमा अभिनय गरेका छन् भने मन्जली तामाङ र आदित्य लम्सालले बालकलाकारको भुमिका निर्वाह गरेको छन् ।
रोजिना श्रेष्ठको श्रृंगार,केशव अधिकारीको छायांकन, ओम प्रसाद प्रसाईको कलरिङ,प्रेम शर्मा पौडेलको सम्पादन रहेको यो भिडियोमा नृत्य निर्देशन तथा निर्देशन दिपेश एसकेले गरेका हुन् ।
एक्टिभ ईन्टरटेनमेन्ट अफिसियल युटुबबाट प्रशारण भएको यो भिडियो सम्पादन कोचे मल्टिमिडियामा भएको हो भने यसको निर्माण एक्टिभ म्युजिक प्रा.लि. ले गरेको हो ।
देश भक्तिपुर्ण गीत भएकोले आम दर्शक श्रोताको रोजाईमा पर्न सक्ने निर्माण पक्षले दावी गरेको छ ।