काठमाडौं । केहिबर्ष देखि बिभिन्न मेला महोत्सवमा स्टेज तताउने उर्जावान गायकको रुपमा स्थापित बन्दै गएका तामाङ समुदायका नायक एवं गायक प्रबिन्स् मोक्तानले “ हेलम्बु बजार ”बोलको गीत सार्वजानिक गरेका छन् ।
डि.बि.तामाङ बलको शब्द , प्रबिन्स् मोक्तानको संगीत , शुक्र तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा प्रबिन्स् मोक्तान र पुर्णिमा ब्लोनले स्वर दिएका छन् ।
सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रको रुपमा रहेको हेलम्बु बजार आसपासको क्षेत्रलाई वर्णन गरेर भावनात्मक र प्रेमिल संयोगहरुको परिकल्पना गर्दै तयार गरिएको यो गीतको अडियो मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।
ल्हास्सो म्युजिक स्टुडियोमा रेकर्डिङ गरिएको यो गीत प्रबिन्स् मोक्तान अफिसियल युटुब च्यानल मार्फत श्रोताहरुको लागि बजारमा ल्याईएको छ ।
हालको लागि अडियो मात्र सार्वजानिक गरिएको भएपनि दर्शक श्रोताको माग बमोजिम निकट भबिश्यमानै यसको भिडियो बनाउने गायक प्रबिन्स् मोक्तानले बताएका छन् ।
धर्म संस्कार , पर्यटन र माया पिरतिको संयोजन गरेर बनाइएको यो गीत श्रोताहरुको रोजाईमा पर्ने बिस्वास लिएको गायक मोक्तान बताए ।