अध्यादेशबारे सांसदहरूलाई जानकारी दिँदै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई अध्यादेशबारे जानकारी दिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हालै पाँच वटा अध्यादेश जारी गरेका थिए। ती अध्यादेश संसद सुरू हुनेबित्तिकै प्रतिस्थापन विधेयक ल्याएर स्वीकृत गर्ने योजनामा सरकार छ।
कांग्रेसले आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दल बैठक गरेर सांसदहरूलाई सरकारले ल्याएका अध्यादेशका अन्तरवस्तुबारे जानकारी दिएको हो।
अध्यादेशमार्फत् ३० भन्दा बढी कानुनमा सुधार गर्न काम गरेका विज्ञहरूलाई बोलाएर कांग्रेसले आफ्ना सांसदहरूलाई अध्यादेशबारे जानकारी गराएको हो।
योजनाविद् प्रताप पौडेल, अधिवक्ताहरू सेमन्त दाहाल र अरूण पौडेलले सांसदहरूलाई अध्यादेशका अन्तरवस्तुबारे जानक...








