८ आश्विन २०८१, मंगलवार

राष्ट्रिय

कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत ।कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री  वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४र३८ प्रशितत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने आर्थिक मामिलामन...
२०७९काे एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

२०७९काे एसइई नतिजा असार तेस्रो साता सार्वजनिक हुने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । २०७९ सालकाे (एसइई)काे नतिजा आगामी असार तेस्रो सातामा सार्वजनिक हुने भयकाे छ । गत चैत्र १७ देखि २९ गते सम्म संचालन भयकाे परिक्षामा कुल १२ हजार ८३ बिद्यालयबाट ४ लाख ८५ हजार ३९६ जनाले एसइई परीक्षा दियका हुन । जसमा छात्र २लाख ४२ हजार ६७४ र छात्रा तर्फ २ लाख ४२ हजार ७१२ जना परिक्षार्थी सहभागी थिय । र नेपाल सहित जापानमा पनि एसइई परीक्षा भयकाे थियाे । बाेर्डकाअनुसार अहिले उत्तर पुस्तिका परिक्षण गरेर नतिजा ल्याउने काम भईरहेकाे छ जम्मा ५१ वटा पुस्तिका परिक्षण केन्द्र ताेकियकाे थियाे ।र सबै परिक्षण केन्द्र बाट केन्द्रमा पुस्तिका ल्याउने काम भईरहेकाे छ । सबै केन्द्रबाट पुस्तिका प्राप्त भईसकेपछि कम्प्युटरमा प्रविष्ट गराउने परीक्षा नियन्त्रकले बताय। यसपटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कन सम्बन्धि कुन निर्देशिका अपनाउने  भन्ने बिषय अझै निर्केउल भयकाे छैन । शिक्षा बिज्ञान तथा प्रबिधि ...
भेरि नगरपालिका जाजरकोटले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्याे

भेरि नगरपालिका जाजरकोटले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्याे

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट ।जाजरकोटको भेरी नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ  ।  जिल्लाका सात वटा स्थानीय तह मध्ये स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने भेरी नगरपालिका पहिलो स्थानीय तह बनेको छ।पालिकाको परिचय, साँस्कृतिक सम्पदा, पेशा व्यवसाय र प्रविधि, वातावरण, असल बानी व्यवहारहरु, दुर्घटना तथा विपद व्यवस्थापन, व्यक्ति र संस्थाको योगदानलाई समेटि आधारभुत तह ( कक्षा १—८) को “भेरी नगरपालिकाको परिचय” नामक पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय संस्कृति, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले जानकारी दिए । स्थानीय आवश्यकताका विषयवस्तु यहाँका नागरिकको अपनत्व हुने गरी परिवार, समाज, चाडपर्व, भेषभुषा लगायतका स्थानीय ज्ञान समेटेर स्थानीय पाठ्यक्रम निर्म...
नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १२ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा  कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले कालाे ब्यानर सहित अदालत परिसरमा नाराबाजी गरेका थिए। पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही ,उपाध्यक्ष नरेन्द्र, केन्द्रीय सचिव प्रकाश ,कार्यलय सदस्य अटल , केन्द्रीय सचिवालय -सदस्य लाेकेश जाेशी,अनिल, तारा,डि बि,केन्द्रीय सदस्य हष्त ,बजिर,समीर, आदेश र चेतन  सहितका  विद्यार्थी नेताहरू रहेका छन् । हाल उनिहरुलाई सिंहदरबार परिसर प्रहरी वृत्त अनामनगरमा राखियकाे छ ।...
सामुदायिक बिद्यालयमा प्र.अ.छनाैटमा, अब  प्रतिस्पर्धा हुने

सामुदायिक बिद्यालयमा प्र.अ.छनाैटमा, अब प्रतिस्पर्धा हुने

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं ।सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट  प्रधानाध्यापक छान्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारको योजना छ । भक्तपुरको सूर्य विनायक नगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३० वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरी कार्यान्वयनमा ल्याइसकेको छ । खस्किँदै गएको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेपछि शिक्षा मन्त्रालयले यही विधिलाई देशभर लागू गर्न खोजेको हो । शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाई ले प्रधानाध्यापक चयन गर...
सुशासनका निम्ति सरकार दृढतापुर्वक अगाडि बढ्नेछ : प्रधानमन्त्री  दाहाल

सुशासनका निम्ति सरकार दृढतापुर्वक अगाडि बढ्नेछ : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान आयोजित अर्को एक कार्यक्रमहरुमा प्रचण्डले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढ्ने बताए । पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’ त्यसअघि प्रेस सेन्टर नेपालको टोलीसँग बालुवारस्थित निवासमा भएको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार छाड्न परे पनि परोस् भ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछियका केशव दुलालकाे घरमा कालाे ब्यानर

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
ललितपुर ।नक्कलि भूटानी शरणार्थी प्रकरणका अभियुक्त केशव दुलालको ललितपुर स्थित हात्तीवनमा रहेको निर्माणाधीन घर जन-नियन्त्रणमा गएको छ। नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पहलमा स्थानीय र नेकपाका नेता कार्यकर्ता हरुको भिडले कालो ब्यानर र झण्डा सहित सोमवार नियन्त्रणमा लिएको हाे । जन- नियन्त्रणमा लिइएको सार्वजनिक सुचना भन्दै नक्कली भुटानी शरणार्थी काण्डमा मुख्य विचौलियाको निकृष्ट भूमिकामा रही ठगी, मानव तस्करी र राष्ट्रघात जस्तो अक्षम्य अपराध गरेको हुनाले अपराधिक कार्य मार्फत लुटेको धनबाट निर्मित अपराधी केशव दुलालको यो घर जनताको आग्रह, अपिल एवम् सहभागितामा जन – नियन्त्रणमा लिइएको छ । साथै अपराधिक व्यक्तिको कानुनी स्वामित्व सामाजिक रुपमा खारेज भइ सार्वजनिक स्वामित्व स्थापित भएको नेकपा ललितपुरले जनाएकोछ। ...
जाजरकोट कुशे वडा न.५ बाल मैत्रि वडा घाेषणा

जाजरकोट कुशे वडा न.५ बाल मैत्रि वडा घाेषणा

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट । जाजरकोट कुशे गाउपालिका अन्तर्गत वडा न ५ लाई बाल मैत्रि वडा घाेषणा गरियकाे छ । बालबालिकामा लगानी बढाओैं! बालमैत्रि अभियानमा सहभागी बनाै!! भन्ने मुल नाराका साथ वडालाई बाल मैत्रि वडा घाेषणा गरियकाे हाे । सेभ द चिल्ड्रेन , पहाडी क्षेत्र बिकास अभियान जाजरकोट ,युवा जागरण बिकाश केन्द्र (यार्सन) जाजरकोट र कारिताष नेपालकाे साझेदारी तथा वडा न. ५काे आयाेजनामा वडालाई बालबालिका मैत्रि वडाकाे रुपमा घाेषणा गरियकाे हाे।सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू तय गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । यसै अनुरुप...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले गर्याे ,सचिवालय बैंठकका निर्णय सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले गर्याे ,सचिवालय बैंठकका निर्णय सार्वजनिक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले प्रेस वक्तव्यमार्फत् हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकले लिएका निर्णयहरु सार्वजनिक गरेका छन। २८ जेठमा जारी प्रेस वक्तव्यमार्फत् २०८० जेठ २३ गतेदेखि २६ गतेसम्म क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सचिवालयको पहिलो बैठकमा लिइएका आवश्यक तथा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका हुन । सात बुँदामा सार्वजनिक गरिएको निर्णयहरुमा केन्द्रीय सचिवालयको बैठकमा प्रदेश तहमा संयुक्त अधिवेशनहरु गरी प्रदेश संगठन समितिहरुको निर्माण गर्ने, ती समितिहरुका बैठकहरुको आयोजना गर्ने र यो प्रक्रियालाई स्थानीय तहसम्म अगाडि बढाउने निर्णयदेखि कालापानी, सुस्तालगायतका नेपाली भूभागहरुमा हुँदैआएको सीमा अतिक्रमण, राष्ट्रघाती नागरिकता विधेयक, चरम रुपमा मौलाएको भ्रष्टाचार, मूल्यवृद्धि तथा अतिशय महंगी, मजदूर, किसान, सुकुम्बा...
जाजरकोटमा जीप दुर्घटना ६ जना घाइते

जाजरकोटमा जीप दुर्घटना ६ जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट नलगाड नगरपालिका वडा न.५ कालिमाटीमा जिप दुर्घटना  भयकाे छ। आईतवार ७:३० बजे नगरपालिकाकाे वडा न.५ र ७ काे बिचमा पर्ने  कालिमाटीमा रहेकाे बेलिब्रिज पुल नजिकै जिप दुर्घटना भयकाे हाे ।नलगाड नगरपालिका दल्लि बाट खलंगा सदरमुकाम जाँदै गरेकाे लु १ च ६०९७ नम्बरको जिपकाे ब्रेक फेल भयपछि  ओेरालाेमा दुर्घटना भयकाे र दुर्घटनामा परि नलगाड नगरपालिका वडा न ७ का अर्जुन बहादुर सिंह ,दिपा सिंह,लक्ष्मी सिंह , माेहन शाह,पुतलि सिंह , सुनिता सिंह, छक्क राज मल्ल घाइते भयका छन । घाइते २ जनालाई नलगाड हष्पिटल र ४ जनालाई नेपालगन्ज लिइयकाे छ , र जिप चालकलाई अनुसन्धानका लागि दल्लि प्रहरीले  नियन्त्रणमा लियकाे नलगाडबाट बिरेन्द्र पुनले जानकारी दिएका छन ।  ...